2025-08-04

‘इन्जिनियरिङ कलेज सकसमा छन्’

 

ई. रामेश्वर रिजाल अध्यक्ष, एशोसियन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन)
ई. रामेश्वर रिजाल
अध्यक्ष, एशोसियन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन)

 

इन्जिनियरिङ कलेजलाई एउटै निकायले नियमन गर्नुपर्छ । यसका लागि विश्वविद्यालय, शिक्षा मन्त्रालय, इन्जिनियरिङ परिषद्को एउटा उच्स्तरीय टिम बन्नुपर्छ । अहिले केवल विधि पु¥याउने खालको निगरानी छ । यसका लागि ‘क्वालिटी अडिट’ प्रक्रियामा जानुपर्छ । 

 

 

अहिले इन्जिनियरिङ कलेजका मुख्य चुनौती के–के छन् ?

–इन्जिनियरिङ पढाउने विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधि नेपाल भित्रिइसकेका छन् । उनीहरुले आस देखाएर हाम्रा विद्यार्थीलाई विदेश लगिराखेका छन् । त्यसले गर्दा नेपालको ठूलो धनराशि विदेश गइरहेको छ ।

नेपालमै इन्जिनियरिङ शिक्षाको पर्याप्त सम्भावना भए पनि हामीले यसलाई समाजमा पु¥याउन सकिराखेका छैनौं । नेपालको इन्जिनियरिङ शिक्षा सस्तो र गुणस्तरीय छ । अहिलेसम्म नेपालको इन्जिनियरिङ शिक्षालाई कसैले नराम्रो भनेर औंल्याएको छैन । यति हुँदाहुँदै पनि यहाँका इन्जिनियरिङ कलेजले उपयुक्त वातावरण पाउन सकेका छैनन् ।

यसो हुनुको कारण चाहिँ के होला ?

एकातिर, इन्जिनियरिङ कलेज सुरुआतको इतिहास लामो छैन । अर्कोतिर, हामी विश्व परिवेश सुहाँउदो किसिमले अगाडि बढ्न सकेका छैनौं ।

अहिले इन्जियिरिङ कलेजले कस्ता समस्या भोग्नुपरेको छ ?

–कुनै इन्जिनियरिङ कलेजले विश्वस्तरीय शिक्षा दिन्छु भन्दा पनि आर्थिक कारणले सम्भव हुँदैन । अहिले विद्यार्थीबाट लिइरहेको शिक्षण शुल्कले त्यसलाई धान्न सक्दैन । सञ्चालकहरुले आफ्नोतर्फबाट जिम्मेवारीवहन गरिरहेका हुन्छन् । शिक्षण पद्धतिलाई समयसापेक्ष स्तरीय बनाउनका लागि शुल्क बढाउनुपर्ने हुन्छ तर, त्यो हुन सकिरहेको छैन । कलेजले शिक्षकलाई त्यति राम्रो सेवा सुविधा दिन सकिराखेका छैनन् । यसका साथै प्रयोगशाला, फिल्ड अध्ययन र सेमिनारलाई प्रभावकारी रुपले अगाडि बढाउनुपर्ने देखिन्छ ।

त्यसो भए अहिले लिँदै आएको शुल्कमा कति प्रतिशत वृद्धि गर्नुपर्ला ?

– नेपालमा बिबिए र बिबिएसको अध्ययन पूरा गर्न करिब ७ लाख हाराहारी शुल्क लिन थालिएको छ । त्यसमा प्रयोगशाला र फिल्डवर्क हुँदैन । इन्जिनियरिङमा त फिल्डवर्क तथा प्रयोगात्मक कक्षा धेरै हुन्छ । अहिले इन्जिनियरिङ कलेजले अधिकतम साढे नौं लाखसम्म लिन्छन् । विद्यार्थीलाई अझै राम्रो सुविधा दिने हो भने करिब ११ लाख हाराहारी लिन आवश्यक छ । तर, विद्यार्थीबाट शुल्क लिए पनि त्यसअनुसार सुविधा नदिने कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । कलेजको संस्थागत विकासका लागि शुल्कलाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक हुन्छ ।

सरकारी कलेजको तुलनामा निजीले प्रयोगात्मक तथा गुणस्तरीय शिक्षा दिन नसकेको भन्ने गुनासो पनि सुनिन्छ नि ?

–अहिले हामीले इन्जिनियरिङ शिक्षाका लागि सम्पूर्ण कुरा न्युनतम रुपमा विकास गरेका छौं । त्यही भएर शैक्षिक गुणस्तर उकास्न थप शुल्क लिने कुरा गरिरहेका छौं । त्यसबाहेक नियम र कानुनका विरोधाभाष पनि छन् । पहिले, सरकारले कलेजलाई पसलझैं कम्पनी ऐनमा दर्ता गर्न लगायो । फेरि, कम्पनीबाट गुठीतिर आऊ भन्दैछ ।

हामीले सम्पत्ति बैंकमा राखेर ऋण लिएका छौं । कतिपय लगानीकर्ताले जग्गा बेचेर ऋण तिर्दैछन् । यी कुराको जवाफदेहिता कसले लिने ? सुरुमा सरकारले कलेजलाई कम्पनीमा दर्ता गराएर नाफा खाऊ भनेर दिएको थियो, त्यो आफैंमा ठिक थिएन । तर, कम्पनीमा दर्ता भइसकेका कलेजलाई फेरि गुठीमा जाऊ भन्ने कुरा न्यायसंगत हो जस्तो लाग्दैन ।

अहिले इन्जिनियरिङ कलेजलाई निगरानी गर्नका लागि विभिन्न निकाय छन् । शिक्षा मन्त्रालय,  विश्वविद्यालय, नेपाल इन्जिनियरिङ काउन्सिलले निगरानी गर्छ । कलेजका लागि तय गरिएका मापदण्ड पनि फरक–फरक छन् । कुन मापदण्ड लागू गर्ने, १० मिटरको कोठा बनाउने कि १२ मिटरको कोठा बनाउने ? यस्ता अनेक समस्या छन् ।

 इन्जिनियरिङ शिक्षामा देखिएका समस्या समाधान गर्न के गर्नुपर्छ ?

–इन्जिनियरिङ कलेजलाई एउटै निकायले नियमन गर्नुपर्छ । यसका लागि विश्वविद्यालय, शिक्षा मन्त्रालय, इन्जिनियरिङ परिषद्को एउटा उच्स्तरीय टिम बन्नुपर्छ । अहिले केवल विधि पु¥याउने खालको निगरानी छ । यसका लागि ‘क्वालिटी अडिट’ प्रक्रियामा जानुपर्छ ।  केही समय लगाएर कलेजको निरीक्षण गरी कमीकमजोरी सच्याउनुपर्छ ।

सम्बन्धित निकायले निगरानी गर्ने एउटा पाटो त छँदैछ, तर, इन्जिनियरिङ कलेजले पनि  नीति–नियमबाहिर जानु भएन नि ?

–त्यस्तो हुँदो रहेनछ । सबैभन्दा पहिले पद्धतिको विकास गर्नु प¥यो । त्यसपछि त्यसलाई लागू गर्नुप¥यो । त्यसअनुसार काम भएको छ वा छैन भनेर नियमन गर्नुपर्छ ।

 यहाँका कलेजबाट उत्पादन भएका इन्जिनियर स्वदेशमै खपत हुने नीति बनाउनका लागि तपाईंहरुले के–कस्ता काम गर्नुभएको छ ?

–त्यो सरकारको नीतिभित्र पर्ने कुरा हो । हामीले उत्पादन गरेका विद्यार्थी स्वदेश तथा विदेशमा खपत भएका छन् । जहाँ बसेर काम गरे पनि उनीहरुले राम्रो गरिरहेका छन् । 

तपाईंले अघि भनेजस्तो इन्जिनियरिङमा शुल्क बढाएपछि विद्यार्थीलाई मर्का पर्ने भयो हैन र ?

–विद्यार्थीले बिबिएमा पूरा कोर्सको ७ लाख रुपैयाँ तिरेर पढिरहेका छन् । त्यही भएर इन्जिनियरिङमा १२–१४ लाख तिरेर पढ्न गाह्रो मान्दैनन् । तर, शुल्क तिरेअनुसार कलेजले सुविधा दिनुपर्छ, त्यति मात्र कुरा हो । अहिले कतिपय विद्यार्थीले विदेश गएर महँगो शुल्कमा अध्ययन गरिरहेका छन् ।

अहिले इन्जिनियरिङ कलेज सञ्चालन गर्न गाह्रो भइरहेको अवस्था हो ?

–धेरै इन्जिनियरिङ कलेज अहिले अप्ठ्यारो अवस्थामा छन् । पहिलो कुरा, कतिपय कलेजले सिट क्षमता हुँदाहुँदै पनि विद्यार्थी पाउन सकेका छैनन् । कलेजको मुख्य स्रोत विद्यार्थी हुन् । विदेशी विश्वविद्यालयले यहाँका विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउन ल्याएका छन् । त्यसैले धेरै विद्यार्थी उनीहरुप्रति आकर्षित भएका छन् । 

तसर्थ, हाम्रा इन्जिनियरिङ कलेजले शैक्षिक गुणस्तर विकास नगर्ने हो भने भविष्यमा झनै समस्या हुन्छ । यी समस्या समाधान गर्दै अगाडि बढ्न सक्यो भने यहाँ इन्जिनियरिङ शिक्षाको भविष्य उज्ज्वल छ ।

 तपाईहरुका मागलाई सरकारले कसरी लिएको छ  ?

–एक त यहाँ बारम्बार सरकार परिवर्तन भइरहन्छ । एउटा मन्त्रीले गरेको निर्णय अर्को मन्त्री आएपछि फेरिन्छ । यति हुँदाहुँदै पनि हाम्रा केही कुरा सुनुवाइको चरणमा छन् । कतिपय कुरामा सरकारको ध्यान जान नसकेको यथार्थ हो ।

 

 

मा अद्यावधिक गरिएको

समाचार

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

×