प्रविधिबिना नेपालको कृषिक्षेत्र चौपटः नोबेल वैज्ञानिक

dan

काठमाडौं– सन् २०११ रसायनशास्त्रतर्फको नोबल पुरस्कार विजेता प्राध्यापक डान सेख्मेनले प्राविधिक उद्यमशीलता (टेक्नोलोजीकल इन्टरप्रेनरसिप) बिना देशको विकास हुन नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित ‘टेक्नोलोजीकल इन्टरप्रेनरसिपः कि टु वल्र्ड पिस एन्ड प्रोस्परिटी’ विषयक प्रवचन कार्यक्रममा उनले भने, ‘गुणस्तरीय शिक्षाबिना प्राविधिक शिक्षामा पहुँच बढाउन सम्भव हुँदैन । नेपालमा ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर भए पनि यहाँको उत्पादनले धान्न सक्दैन । तर, इजरेलमा २ प्रतिशत मानिस कृषिमा संलग्न भए पनि प्रविधिको उच्च विकासले कृषि उत्पादन उच्च छ ।’

‘इजरेलमा २ प्रतिशत मानिस कृषिमा संलग्न भए पनि प्रविधिको उच्च विकासले कृषि उत्पादन उच्च छ’

१३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलन (आइसीक्यू–१३) मा सहभागी हुन नेपाल आएका उनले नेपाली वैज्ञानिक,प्राध्यापक, विद्यार्थी, कर्मचारी र पत्रकारका बीच आफ्नो वैज्ञानिक यात्राको अनुभव बाँडेका हुन् । ‘उद्यमशीलताको थालनीसँगै राम्रो इन्जिनियरिङ तथा विज्ञान शिक्षा दिनुपर्छ‚ त्यस सपना साकार पार्न स्पष्ट सरकारी नीति तथा सहयोग आवश्यक पर्छ,’ उनले भने । विभिन्न मुलुकले प्राविधिक उद्यमशीलतालाई उच्च प्राथमिकतामा राखेकाले तिनीहरूले फड्को मारेको उनको भनाइ छ ।

‘नेपालमा प्राविधिक उद्यमशीलता विकास गर्न त्यही खालको सोच, उद्यम र उचित शिक्षा चाहिन्छ । तर, उद्यमशीलताबिनै उद्यमको कुरा गर्दा उपलब्धि हासिल हुन सक्दैन,’ उनले भने , ‘शिक्षाको विकाससँगै उच्चमाध्यमिक तहका विद्यार्थी‚ इन्जिनियर वैज्ञानिक तथा विश्वविद्यालय र प्राविधिक जनशक्तिलाई सीप सिकाउनु पर्छ‚ त्यो हामीले गर्न सकेका छैनौं ।’ कुनै पनि कामको सुरुआत शून्यबाट थालनी गर्नुपर्ने उनको भनाइ छ । उद्यमलाई सफल पार्न रकम, वैज्ञानिक सोच र सरकारी नीति उत्तिकै जिम्मेवार हुने उनको विचार छ । ‘जसले शून्यबाट काम थालनी गर्छ, सुरुमा ऊ असफल भए पनि एक दिन अवश्य सफल हुन्छ । सफल भएपछि बिग विजनेस (ठूलो व्यापार) अर्थात् ‘बिग बी’ ले ठूलो रकम आर्जन गर्न सकिन्छ ।’ उद्यमशील सोच स्थापित गर्न प्रत्येक मन्त्रालयमा एकजना वरिष्ठ वैज्ञानिक हुनुपर्छ र अनुसन्धान तथा विकासका लागि ४ प्रतिशतभन्दा बढी बजेट छुट्याउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा आइसिक्यु १३ का चेअर तथा लिभरपुल युनिभर्सिटीका प्राध्यापक डा. हेमराज शर्माले सहभागीलाई स्वागत गरेका थिए । डानले ‘क्वाजीक्रिस्टल’ अर्थात विशेष किसिमको ठोस पदार्थ पत्ता लगाएबापत नोबल पुरस्कार पाएका थिए । प्रवचन कार्यक्रमका लागि नेपालस्थित इजरेली दूतावास, एनआरएनए, नेपाल साइन्स फाउन्डेसनले प्रायोजन गरेका थिए भने एसियन साइन्स क्याम्प एलुम्नाई एशोसिएसन र नेपाल फोरम अफ साइन्स जर्नालिस्टले सहयोग गरेका थिए ।

आइतबारदेखि काभे्रको धुलिखेलमा सुरु भएको अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलनमा विश्वभरका करिब १ सय २६ वैज्ञानिकको उपस्थित छ । सम्मेलन बिहीबार समापन हुने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

×