2025-07-01

स्क्रब टाइफसः सामान्य रोग

edcd

काठमाडौं–मुसामा पाइने किर्ना वा किराको टोकाइको संक्रमणबाट मानिसमा सर्ने एक प्रकारको रोग ‘स्क्रब टाइफस’ सामान्य रोग भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नभएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर, संक्रमित किर्नाद्वारा टोक्दा सर्ने रोग लाग्न नदिन– झाडी‚ खेतबारी‚ वनजंगल तथा चौरमा जाँदा वा बस्दा सजग हुनुपर्ने चिकित्सकको सुझाव छ ।

माइट अर्थात् किर्नाको टोकाइबाट संक्रमित बिरामीको संख्या बढेपछि समयमै उपचार विधि अपनाउन इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) लागि पर्दै आएको जनाएको छ ।

महाशाखाका अनुसार २४ वटा जिल्लाका ९२ मानिसमा ‘स्क्रब टाइफस’को संक्रमण भेटिएकाले थप सजकता अपनाइएको छ । ‘स्क्रब टाइफस’ रोगका कारण पोहोर साल ८ र वैशाखयता ३ जनाले ज्यान गुमाइसकेका छन् । त्यसरी अकालमा मानिसको ज्यान नदिन देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सलाई अलर्ट गराइएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर गुणनिधि शर्मा बताउँछन् ।

शर्मा भन्छन्, ‘समयमै सामान्य उपचार विधिबाट रोक निको पार्न सकिन्छ । इपिडिमियोलजीले आफ्ना सबै स्वास्थ्य कार्यालय तथा स्वस्थ्यकर्मीलाई यस रोगबारे समयमै ध्यान पु¥याउनका लागि निर्देशन दिइसकेको छ ।’

चिकित्सकको ध्यान आकृष्ट गर्ने भनेर पनि यसको व्यापक प्रचारप्रसार भएको हुनसक्छ । तर, आफूहरूले जनतालाई त्रसित पार्ने गरेर प्रचार नगरेको शर्माको भनाइ छ । रोगका बारेमा जनतालाई सुसूचित गर्नसके मानिसलाई थप जोखिबाट बचाउन तथा रोगथाममा पनि मद्दत मिल्ने भएकाले अकालमा कसैको मृत्यु हुँदैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डाक्टर खेमबहादुर कार्कीले स्वास्थ्यसँग सम्बन्धित विषय उठान गर्दा विषयगत दक्षताको अभाव खट्किएको बताए । स्वास्थ्यसँग संवेदनशील विषयमा विशेषज्ञसँग बसेर कसरी समस्यालाई सूसुचित गर्ने भन्नेबारे कम सावधानी अपनाइएको पाइन्छ ।

तर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्वरो सम्बन्धी अनुसन्धानकर्ता डा. अमित अज्र्याल संक्रमित बिरामीको सही उपाचार विधि अपनाइए ‘स्क्रब टाइफस’ रोगदेखि डराउनु नपर्ने बताउँछन् । उनी भन्छन्, ‘उपचार गर्न सकिने भएकाले त्यति खतरनाक होइन् । तर, सही उपचार भएन भने विभिन्न जटिलता आउन सक्छ ।’

त्यस्तै‚ टाइफाइड र टाइफसमा एकै किसिमका मिल्दाजुल्दा लक्षण देखिने भएकाले उपचारमा ध्यान दिनुपर्ने हुन्छ । यदि ज्वरो मात्र आएमा स्वास्थ्यकर्मीको सल्लाहमा घरमै औषधि खान सकिन्छ भन्छन् डा. अज्र्याल ।

उनका अनुसार खाली ज्वरो मात्र आइरहने अवस्थामा सिटामोल खाँदा अलि निको भएजस्तो भैराखेको छ भने तीन–चार दिनसम्म पर्खेर हेर्न सकिन्छ । अधिकांश ज्वरो सुरुमा भाइरलको लक्षण बोकेर आउने भएर यस्तो भनिएको हो । यस्ता ज्वरो आफै निको हुने खालका हुन्छन् ।

अहिलेसम्म ‘स्क्रब टाइफस’ले ११ मानिसको ज्यान लिइसकेको इडीसीडीले जनाएको छ । उक्त रोगविरुद्ध थप सजगता अपनाउन नियमित कार्यक्रम बनाएर अघि बढ्न लागिएको छ । डा. गुणनिधि शर्माका अनुसार आगामी दिनमा नियमित रूपमा स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अभिमुखीकरण तालिमको व्यवस्था गर्न लागिएको छ ।

इडिसिडीले संक्रमित बिरामीको जोखिम न्युनीकरणका लागि काम गरिरहेको जनाएको छ । थप सजकता अपनाउनका लागि सावधानी अपनाइने इडिसिडीको भनाइ छ ।

खेतबारी, चौर, झाडी तथा अस्थायी बासस्थानमा बस्दा रोग लागेका किर्नाले टोक्न नदिन पूर्वसर्तकता अपनाउनुपर्ने चिकित्सले सुझाएका छन् ।

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×