2025-09-15

मासु खाँदा ध्यान दिऊँ

Fresh Meatपछिल्लो समय सहर तथा ग्रामीण बस्तीमा मासुको प्रयोग ह्वात्तै बढ्दा खानपानमा परिवर्तन देखिएको छ । तर, पोषणविज्ञहरू भन्छन्, ‘कुखुरालगायत पशुपक्षीको मासुको उपभोग स्वास्थ्य अनुकूल हुने गरी मात्र गर्नुपर्छ ।’

उनीहरूका अनुसार मासु तथा अन्डालाई मानिसको शरीरलाई आवश्यक पोषण तत्वहरू प्रोटीन‚ केही भिटामिन तथा खनिजको उत्तम विकल्प मानिन्छ । शरीरलाई चाहिनेभन्दा अधिक मात्रामा मासु वा अन्डा खाँदा त्यो रोगको कारक पनि हुनसक्ने पोषणविद्हरूले जनाएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पोषणविद् पूर्णचन्द्र वस्ती भन्छन्, ‘गेडागुडीलगायत अन्य खाद्यवस्तुमा पनि प्रोटीन पाइन्छ तर, त्यो सबै शरीरले सोस्न सक्दैन ।’

बढी चिल्लो खान नहुने मानिसले विशेषतः बढी मात्रामा मासु खाएमा कब्जियतको समस्या हुन सक्छ । ‘मासुमा रेसा कम हुने भएकाले पेटमा समस्या आउँछ । त्यस्ता व्यक्तिले माछामासु कम खाएकै राम्रो हुन्छ,’ पोषणविद् पूर्णचन्द्र वस्ती भन्छन् ।

हामीकहाँ बिरामीलाई वा बिरामी भएपछि कमजोर भएकालाई तागत दिलाउन पनि माछा–मासु, अन्डा बढी खुवाउने चलन छ । तर, बिरामी तथा सबैखाले रोगीका लागि त्यस्तो खाना उपयुक्त नहुने चिकित्सकको सुझाव छ ।

मासु खाँदा छाला‚ बोसो तथा कलेजो कम नै खानु ठीक हुने पोषणविद् वस्तीको सुझाव छ । ‘कोलस्ट्रोलको बिरामीले अन्डाको पहेलो भाग नखाँदा उत्तम हुन्छ,’ उनी भन्छन् ।

बढ्दो उमेरका बच्चा तथा खेलाडीका लागि भने मासु उपभोग नगरी नहुने खाद्यवस्तु मानिन्छ । वयस्कले मासु खाँदा विचार गरेर खानुपर्ने हुन्छ । अन्डाको पहेलो भाग नखाने हो भने त्यसबाट हुने समस्याबाट बच्न सकिने पोषणविद् वस्तीको भनाइ छ ।

काठमाडौं मेडिकल कलेजका बालरोग विशषज्ञ तथा बालबालिकाको पोषणमा दख्खल राख्ने डा. रमेशकान्त अधिकारी प्रोटीनका लागि भनेर कुखुराको मासु खाइरहनु नपर्ने बताउँछन् । ‘शरीरलाई आवश्यक प्रोटीनको मात्रा गेडागुडी‚ फलफूल तथा हरियो तरकारीबाट पनि प्राप्त गर्न सकिन्छ,’ उनी भन्छन् ।

डाक्टरले कम खाएरै बढी उपयोगिता लागि माछामासु‚ अन्डा खान सिफारिस गर्छन् । तर, त्यो नखाइकन स्वस्थ रहन सकिँदैन भन्ने कुरा गलत भएको डा. अधिकारी बताउँछन् । ‘मासु नखाइकन पनि स्वस्थ्य रहन सकिन्छ,’ उनी भन्छन् ।

डा. अधिकारीका अनुसार मानिसलाई प्रतिदिन चाहिने औसत २४ सय क्यालोरीको कूल शक्तिमध्ये ३ सय क्यालोरी प्रोटीन आवश्यक पर्छ । मासु तथा अन्डामा करिब १०/१५ प्रतिशत प्रोटीन पाइने भए पनि मासु सेवन सबैलाई उपयुक्त हुन्छ भन्ने होइन ।

मुटुरोग, उच्च रक्तचाप छ भने नुनको मात्रा बढी भएको खानेकुरा खान हुँदैन । यसका साथै प्रोटीन भएको खानेकुरा पनि कम खानुपर्छ । मिर्गौलाको रोग भएको मानिसले प्रोटीनयुक्त खानेकुरा कम खानुपर्ने डा. अधिकारीको सुझाव छ ।

त्यसबाहेक ताजा मासुको नाममा काट्नेबित्तिकै पकाएर खाने बानी परिवर्तन गर्नुपर्ने हुन्छ । पोषणविद् वस्तीका अनुसार मासु काट्ने बित्तिकै खानु हुँदैन । त्यसलाई सफा गरिसकेपछि डिफ्रिजमा चिसोमा राख्नुपर्ने हुन्छ, जसले गर्दा त्यहाँ भएका कीटाणु चलमलाउन सक्दैनन् र मासुलाई बिगार्न सक्दैनन् । यस्ता कुरामा हामीले केही परिवर्तन गर्ने बानी बसाल्नुपर्छ ।

 

मा अद्यावधिक गरिएको

समाचार

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

×