काठमाडौं। करीब ७० वर्षयताकै ठूलो ‘सूपरमुन’ अर्थात चन्द्रमा आज देख्न सकिन्छ। सामान्य अवस्थामा देखिने चन्द्रमाभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो हुने नासाका खगोलविद्हरुले वताएका छन् ।
नासाका खगोलविदहरुका अनुसार, सन् १९४८ पछि यस्तै ठूलो आकारको चन्द्रमा अव सन २०३४ नोभेम्बरमा मात्र देख्न सकिने छ।
चन्द्रमाले पृथ्वीको आफ्नो कक्षमा परिक्रमा गर्न करीब साँढे २७ दिन लाग्नेछ। यसरी चन्द्रमाले पृथ्वीलाई घुम्दा सूर्यको प्रकाश चन्द्रमामा पर्दा चम्किलो देखिन्छ।
चन्द्रमाले अण्डाकार कक्षको परिपथमा पृथ्वीलाई परिक्रमा गर्ने र पृथ्वीले पनि सूर्यलाई आफ्नो छुट्टै अण्डाकार कक्षको परिपथमा परिक्रमा गर्ने भएकोले संयोगले दुई खगोलिय पिण्ड चन्द्रमा र पृथ्वीको दुरी कम हुन्छ। यसरी चन्द्रमा पृथ्वीदेखि करीब ३ लाख ५७ हजार किलोमिटरको दुरीमा आउँदा सामान्य अवस्थाको भन्दा अलि ठूला आकारमा देखिएको वैज्ञानिकहरुको छ। यसरी चन्द्रमालाई नजिकबाट नियाल्दा केहि ठूलो र चम्किलो देखिएको हो। पृथ्वी र चन्द्रमाको बीचको दुरी महिना अनुसार ३ लाख ५७ हजार किलोमिटर देखि ४ लाख ६ हजार किलोमिटरको फरक हुन्छ। औषतमा यिनिहरु बीचको दुरी करी ३ लाख ८५ हजार किलोमिटर छ।
Leave a Reply