2025-07-03

खानपानमा ध्यान नदिँदा लिभर सिरोसिस

काठमाडौं–वातावरण प्रदूषण, खानपान तथा जथाभावी जाँडरक्सी सेवनले व्यक्तिमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’ लाग्ने गरेको पाइएको छ । तर, यसबारे सरकारले सर्वसाधारणलाई पर्याप्त जानकारी दिन नसकेको चिकित्सकले बताएका छन् । नेपालमा कलेजोसम्बन्धी रोग हेपाटाइटिस बी र सी लागेका बिरामी मात्र साढे १ प्रतिशत अर्थात् ४ लाख हाराहारीमा रहेका अध्ययनले देखाएको छ । त्यस्ता रोग लाग्न नदिन खानपान तथा रहनसहनमा विचार पु¥याउन चिकित्सकले सुझाएका छन् ।

रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु उत्तम विकल्प मानिन्छ । तर, गरिबी, अशिक्षा तथा खानपानमा ध्यान दिन नसक्दा मानिसमा कलेजोको कडापन सम्बन्धी जटिल समस्या ‘लिभर सिरोसिस’ हुने गरेको बताउँछन् चिकित्सकहरू । त्यसबाहेक फ्याटी लिभर अर्थात् बोसोयुक्त कलेजो, कमलपित्त, हेपाटाइटीस बी, सी र ई भएका मानिसले नियमित रक्सी सेवन गरेमा कम्तिमा छ महिनाभित्रै लिभर सिरोसिस हुन्छ भन्छन् ‘लिभर फाउन्डेसन नेपालका डा. सन्तोषमान श्रेष्ठ ।
उनका अनुसार कम गुणस्तरको खानपानले तराईमा यस्ता बिरामीको संख्या बढी पाइन्छ । त्यसपछि उच्च पहाडी भूभाग हाइ माउन्टेनमा हेपाटाइटिस बी प्लस इन्फेक्सन हुने गरेको पाइएको छ । नेपालमा कलेजोसम्बन्धी रोगका बारेमा सरकारले खासै ध्यान दिन सकेको छैन ।

डा. श्रेष्ठका अनुसार युरोप, अमेरिकातिर उमेरले पचास नाघेका मानिसमा ‘लिभर सिरोसिस’ भएको पाइन्छ । तर, नेपालमा कम उमेरका बालबालिकामा पनि लिभर सिरोसिस देखिएको उनले बताए । पानीमा भएको सुक्ष्म जीवाणुले कलेजोमा इन्फेक्सन पु¥याउँदा यो रोग लागेको देखिन्छ ।

डा. श्रेष्ठ भन्छन्, ‘पानीमा हुने प्रदूषण, बिग्रँदो वातावरण र ब्याक्ट्रेरियल इन्फेक्सनले लिभर पछाडिको भेन साँगुरो भएर जान्छ । त्यो साँघुरो भए पनि हरेक ठाउँमा इन्फेक्सन भएपछि त्यो ठाँउमा र लिभरभित्र रगत जम्न थाल्छ र लिभरको भेनहरू बल्क हुन थाल्छन । त्यो ब्लक भएको वरिपरिको लिभरको सेल मर्दै जान्छ अनि विस्तारै सिरोसिस हुन्छ ।’ 

कम उमेर समूहका बालबालिकामा लिभर सिरोसिस देखिँदा समेत देशभर यस्ता रोग लागेका बालबालिको यकिन तथ्यांक छैन । तर, वीर अस्पतालको तथ्यांकलाई हर्ने हो भने गत वर्ष साढे ३ हजारभन्दा बढी कलेजोको बिमारी उपचारका लागि आएका देखिन्छन् ।

वीर अस्पताल लिभर युनिटका प्रमुख प्राध्यापक डा. अनिलकुमार मिश्र अनुसार एक ताका वीर अस्पतालमा औसत १ जना बिरामीको प्रति हप्ता युवाअवस्थामैे मृत्यु हुन्थ्यो । अहिले नयाँ औषधि उपचारको कारणले गर्दा धेरै हदसम्म नियन्त्रण भइसकेको छ ।

तर, भारतको तुलनामा नेपालमा बढी लिभर सिरोसिसका बिरामी भएको डा. श्रेष्ठले बताउँछन् । यो रोगको रोगथाम धेरै सस्तो छ । तर, खाली जनतामा जागरुकता ल्याउन सक्नुपर्ने उनको धारणा छ । त्यसपछि खानपान तथा सफाइमा ध्यान दिँदा रोगबाट बच्न सकिन्छ । यदि तुरुन्तै इन्फेक्सन भएमा उपचार ग¥यो भने रोगबाट बच्न सकिन्छ र, रोग भएका मानिसमा पनि त्यो सिरोसिस भएको चीजबाट रोकथाम गर्न सकिन्छ ।

त्यस्तै, रोग न्युनीकरणका लागि सरकारले कार्ययोजना बनाई सर्वसाधारणलाई सूसुचित गराउनुपर्ने डा. मिश्रले बताए । मिश्र भन्छन्, ‘जाँड–रक्सी खाएर अथवा अन्य कारणले गर्दा कलेजो बिग्रेर सिरोसिस हुनसक्छ भन्ने जानकारी जनस्वास्थ्य कार्यक्रममा समेटिनुपर्छ ।

दूषित पानी सेवन, जाँड–रक्सी, लागूऔषध, अल्छीपना तथा चिल्ला खानेकुरा सेवनले कलेजोमा समस्या देखिने हुँदा वर्षको दुईपटक कलेजोमा रोग लागे–नलागेकोबारे जाँच गराउन तथा खानपानमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

प्रकाशित

समाचार

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

×