नर्थ पोलमा विज्ञान प्रदर्शनी

काठमाडौं। मनमैंजुमा अवस्थित नर्थ पोल एकेडेमीले एकदिने विज्ञान प्रर्दशनीको आयोजना गरेका छन्। उक्त प्रदर्शनीमा अधिकांश घरेलु सामग्रीले प्रयोगगरि बालबालिकाले बनाएका बस्तूहरु राखेका थिए।

कक्षा ८मा अध्ययरत एक छात्रले भूइचालोको कम्पनका बेला बत्तिबालेर सूचना दिने नमूना उपकरण राखेका थिइन। तिबाहेक कार्टुनको रोबट, काठको सामग्रीबाट बनेको घिर्नी, प्लास्टिकका वोतल र सामान्य मोटर प्रयोग गरि बनाइएका इलेक्ट्रिक तथा ब्यार्ट्रीबाट चल्ने पंखा पनि थियो।

कक्षा ७मा अध्ययनरत सुनिता गुरुङले चुम्बकको सहायताबाट हावामा उडिरहेको सियो प्रदर्शनी गरिन। कार्टुन, साधारण चुम्बक, सियो र धागोको साहायताले निर्माण गर्दा आफूलाई चुम्बकिय गुणका बारेमा थप जानकारी मिलेको बताइन्। कक्षा ७मै अध्ययनरत महेश बर्देवाले घरेलु सामग्रीबाट बनेका साधारण दुरविनको नमूना प्रदर्शनी गरे। त्यसले नजिक आसपासका बस्तुलाई नजिक ल्याउन मद्दत गर्ने खालका छन्।

कक्षा ९ मा अध्ययरत छात्रले विद्यालयमा पनि रोबट तथा अन्य सामग्रीहरु बनाउन सकिन्छ भन्ने हौसला मिलेको बताइन्।

प्रिन्सिपल विमलबहादुर कुँवरले आफ्ना विद्यार्थीहरुलाई विज्ञान प्रविधिको महत्व बुझाउन प्रदर्शनीको आयोजन गरेको बताए।

यस्ता विज्ञान प्रदर्शनीले प्रतिभा प्रस्फुटनमा सहयोग गर्नुको साथै विज्ञान विषयमा रुचि बढ्ने एकेडेमीका विज्ञान शिक्षक राजेन्द्र कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×