2025-07-01

एसईईपछिको यात्रा

रमेश पौडेल

चितवन । कक्षा १० को परीक्षा अर्थात माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेसँगै राम्रो नम्बर ल्याउनेले रोज्ने विषय भनेको विज्ञान हो । धेरै नै राम्रो नम्बर आएको छ भने त्यस्ता विद्यार्थी पढ्नलाई राजधानी जाने गर्छन् । तर, चितवनमा राम्रो नम्बर ल्याएर एसईई उत्तीर्ण गरेकाहरुले जिल्ला छाड्नुपर्ने अवस्था छैन । राम्रो नम्बर ल्याएर एसईई पास भएका कारण प्लस टुमा विज्ञान पढ्न चाहनेहरु पनि चितवनमै रोकिने गर्छन् । चितवनका उच्चमाविमा विज्ञानको पढाइ काठमाडौंकोझै उत्कृष्ट हुने गरेको छ ।

भरतपुरमा रहेको वाल्मिकी शिक्षा सदन विज्ञान अध्ययनका लागि धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको उच्चमावि हो । सो उच्चमाविमा पढ्ने हरि सेढाईले विस २०७१ सालमा विज्ञान विषयमा कक्षा ११ मा नेपाल टप गरेका थिए । त्यसैले चितवनमा हुने पढाइ राम्रो छ भन्ने सन्देश जाने गरेको छ । गुणस्तरीय शिक्षण हुने भएका कारण चितवनका विद्यार्थीलाई प्लस टु पढ्न काठमाडौं नै जानुपर्ने बाध्यता छैन । बरु अचेल चितवनमा पढ्नका लागि बाहिरका जिल्लाका विद्यार्थी पनि आउने गरेका छन् । चितवनका उच्चमाविमा प्रवेश परीक्षाका बेलामा विद्यार्थीको लाइन लाग्ने गर्छ ।

चितवनमा रहेका निजी तहका उच्चमाविको सञ्चालकको संस्था हिसानका जिल्ला अध्यक्ष भुपेन्द्र धिताल जिल्लामा निजी उच्चमाविमै विज्ञान पढ्ने विद्यार्थीको चाप रहेको बताउँछन् । हिसानमा आवद्ध आठवटा उच्चमाविमा २२ सयका हाराहारीमा विद्यार्थी पढ्न सक्छन् । तर प्रवेश परीक्षाका लागि पाँच छ हजारको आवेदन पर्ने गरेको छ । त्यसैले उच्चमाविले विज्ञानका सेक्सन थप्न थालेका छन् ।

प्रा. डा. विद्यानाथ कोइराला,
शिक्षाविद्

शिक्षाका सवाल र स्थानीय तह

सरकारी, गैरसरकारी र प्राज्ञिक जमातले स्थानीय सरकारसँग सहकार्य गरी त्यहाँको सबल पक्ष उजागर गर्दै जिम्मेवार कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ

चितवनमा विसं २०५२ सालमा चितवन साइन्स कलेज स्थापना भएको थियो । निजी तवरमा खुलेको सो कलेजका कारण विज्ञानका विषयमा विद्यार्थीमाझ राम्रो प्रभाव पार्न थालेको उच्चमाविका सञ्चालक बताउँछन् । सो स्कुलको नाम परिवर्तन भएर अहिले ‘गुरुकुल’ भएको छ । चितवन साइन्सले सुरु गरेको विज्ञान अध्ययनको क्रममा अहिले एकपछि अर्को संस्था थपिएका छन् ।

‘हाम्रो विद्यालयमा प्लस टूमा विज्ञान र म्यानेजमेन्ट पढाइ हुन्छ । म्यानेजमेन्ट पढ्नेभन्दा विज्ञान पढ्नेहरु धेरै हुन्छन्’ धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको भरतपुर वैदिकनगरको वाल्मिकी शिक्षा सदनका प्रिन्सिपल देशबन्धु अधिकारीले बताए । उनको विद्यालयमा विज्ञान पढ्ने २४० जना हुन्छन् । तर प्रवेश परीक्षामा हजारभन्दा धेरैले आवेदन दिने प्रिन्सिपल अधिकारीले बताए । विद्यार्थी धेरै आउने भएपछि यो वर्ष सेक्सन बढाउने उनले बताए ।

‘अहिलेसम्म साइन्सका लागि कक्षा ११ मा पाँचवटा सेक्सन थियो । अब सातवटा सेक्सन बनाउने भएका छौं,’ प्रिन्सिपल अधिकारीले भने । सेक्सन बढेसँगै विद्यार्थी संख्या पनि बढ्ने छ । चितवनमा विज्ञान विषय पढाइ हुने निजी तहका उच्चमाविमा वाल्मिकीसहित, क्यापिटल कलेज, अर्किड साइन्स कलेज, गुरुकुल, प्रेरण उच्चमावि, अरोमा, इडन गार्डेन र एपेक्स कलेज रहेको हिसान चितवन अध्यक्ष भुपेन्द्र धितालले जानकारी दिए ।

यी सवै उच्चमावि आफैमा एकसे एक रहेको सञ्चालक बताउँछन् । भरतपुर र रत्ननगर क्षेत्रका यी आठ उच्चमावि एसओएस स्कुलमा पनि कक्षा ११ र १२ मा विज्ञान विषय पढाइ हुन्छ । त्यहाँ पनि भर्ना हुन चाहनेहरु धेरै नै हुने गर्छन् । चितवनमा तराइदेखि पहाडसम्मका विद्यार्थी पढ्न आउने गरेको उच्चमावि सञ्चालकहरु बताउँछन् । ‘बारा, पर्सा, रौतहट र गोरखा, धादिङ लमजुङ जस्ता छिमेकी जिल्लाका विद्यार्थी धेरै आउँछन्’ हिसान अध्यक्ष धिताल भन्छन् ।

केन्द्र भाग भएको फाइदा

चितवन देशको लगभग केन्द्रमा पर्छ । त्यसैले देशभरका विद्यार्थी यहाँ पढ्न आउने गरेका छन् । वाल्मिकी शिक्षा सदनका प्रिन्सिपल देशबन्धु अधिकारीका अनुसार आफ्नो विद्यालयमा ४० जिल्लाका विद्यार्थी आउने गरेको बताउँछन् । ‘देशका धेरै ठाउँबाट बसाइँसराइ गरेर चितवनमा बस्न आउने क्रम बढ्दो छ । यहाँ बस्ने नातेदारका कारण पनि अन्य जिल्लाका विद्यार्थी यहाँसम्म आउँछन्’ अधिकारीले भने ।

रोजगारीका लागि चितवन आउएर बस्नेहरु पनि छन् । उनीहरुका सन्तानले पनि यही नै पढ्ने भए । यी सवै कारणले गर्दा बाहिरका विद्यार्थी यहाँ आउने क्रम बढेको उनले बताए । ‘पश्चिमको जुम्ला, हुम्ला, कालिकोटदेखि पुर्वको इलाम, ताप्लेजुङसम्मका विद्यार्थी चितवन पढ्न आउने गरेका छन्,’ देशबन्धु अधिकारीले भने ।

अन्य जिल्लाबाट पहिले काठमाडौं जानेहरु पनि अहिले चितवनमै रोकिने गरेका छन् । चितवन काठमाडौंभन्दा सवै कुरामा सस्तो भएका कारण बाहिरी जिल्लाका विद्यार्थीको रोजाइ चितवन हुने गरेको उच्चमावि सञ्चालक बताउँछन् । शिक्षण शुल्क मात्रै नभएर खाने बस्ने खर्च पनि चितवनमा कम लाग्ने गर्छ ।

हिसान अध्यक्ष धितालका अनुसार विज्ञान विषय लिएर पढ्दा शिक्षण शुल्कबापत कक्षा ११ र १२ मा एक लाख ४० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म खर्च हुन्छ । देशको मध्य भागमा हुनुका साथै सुलभ खर्चमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएका कारण विद्यार्थी चितवनमै बस्न थालेका छन् भन्छन् हिसान अध्यक्ष धिताल ।

अनुभवी सञ्चालक

शिक्षण पेशमा लामो समय बिताएकाहरुले नै निजी प्लस टु सञ्चालन गरेका कारण सुलभ दरमा गुणस्तरीय शिक्षा सम्भव भएको सञ्चालकहरु बताउँछन् । ‘जे जति निजी प्लस टुहरु छन त्यसका सञ्चालकहरु कुनै बेला शिक्षण पेसा अंँगालेका अनुभवी छन् । त्यसैले पढाइ पनि गुणस्तरीय हुन सम्भव भएको हो,’ प्रेरणा उच्चमाविका सञ्चालक रहेका देवराज पौडेलले भने ।

सञ्चालक पौडेल भौतिक संरचनामा चितवनका शिक्षण संस्थाहरु काठमाडौंका कलेजभन्दा केही कम भए पनि शिक्षणमा कमजोर नभएको बताउँछन् । ‘बिल्डिङ र कक्षा कोठाहरु काठमाडौंका जस्ता भब्य नहोलान तर कक्षा कोठामा उभिएर पढाउने शिक्षक अनुभवी छन् । उनीहरुको पढाउने कला राम्रो छ । जसका कारण गुणस्तरीय शिक्षण सम्भव भएको हो’ सञ्चालक पौडेलले भने ।

विज्ञान विषय लिएर प्लस टु उत्तीर्ण गरेको व्यक्तिले स्नातक तहमा चिकित्सा शास्त्र, इन्जिनियरिङ, कृषि र वन विज्ञान तथा पशु विज्ञान जस्ता विषय पढ्न पाउँछ । चितवनमा दुई दुईवटा मेडिकल कलेजहरु छन् । स्नातक तहको पढाइ हुने इन्जिनियरिङ क्याम्पस पनि छ । त्यस्तै कृषि तथा वन विश्व विद्यालय पनि चितवनमै छ । जहाँ कृषि र पशु विज्ञान विषय अध्ययन हुन्छ ।

स्नातक तहमा रोजेका विषय पढ्न पनि काठमाडौं तथा अन्यत्र जान नपर्ने अवस्था रहेका कारण विज्ञान पढ्ने धेरैले चितवनलाई रोज्न थालेको उच्चमावि सञ्चालक बताउँछन् । ‘चितवनमा नै पढे पनि नेपाल टप हुन सम्भव भएको छ । स्नातक पढ्ने बेलामा पनि चाहेको विषय पढ्न पाउने कलेज र विश्वविद्यालय यही छन् भनेपछि विद्यार्थी चितवनभन्दा बाहिर जान चाहँदैन’ प्रेरणाका सञ्चालक देवराज पौडेलले भने ।

चितवन बाहिर काठमाडौं र धरान जस्ता सहरमा चिकित्सा शास्त्र वा इन्जििनियरिङ विषय पढ्न खोजेका पनि त्यो तहमा भर्ना हुनका लागि लिइने प्रवेश परीक्षामा चितवनमा पढेका विद्यार्थीले राम्रो नतिजा ल्याउने गरेका छन् । त्यसैले चितवनमा प्लस टु पढे बेफाइदा हुँदैन भन्ने सन्देश गएको छ ।

‘अनुभवी शिक्षक छन् । प्रयोगशाला र सामग्रीको पर्याप्त प्रवन्ध छ । एउटा विद्यार्थीलाई आवश्यक पर्ने सवै सुविधा यही छन् । त्यसैले प्लस टु पढ्न चितवन मै बस्ने र चितवनबाट बाहिरका पनि यही आउने क्रम पछिल्लो दशकमा निकै बढेको छ’ हिसान अध्यक्ष भुपेन्द्र धितालले भने । न धेरै गर्मी नधेरै जाडो हुने ठाउँ, तराइ र पहाडको मिश्रण रहेको सामाजिक परिवेश र भुबनोटले पनि चितवन बाहिरका विद्यार्थीलाई चितवनले तान्ने गरेको अनुभव प्लस टु सञ्चालकको छ ।

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×