‘कक्षा कोठाको समस्या कायमै छ’

प्रा.डा. गोकर्णबहादुर मोट्रा क्याम्पस प्रमुख, पुल्चोक इन्जिनियरिङ क्याम्पस

इन्जिनियरिङ पाठ्यक्रम त्रुटीपूटी छन् भन्छन्, हो ?
पाठ्यक्रम अन्य देशको दाजोमा छन् । तर नेपाल भूकम्प प्रभावित क्षेत्र भएकोले त्योसँग सम्वन्धित पढाइ नभएको भन्ने कुराहरु चाही उठेको सत्य हो । स्तरउन्नतिकालागि पहल भैरेहेको मैले चाल पाएको छु । पुनःमुल्यांकन गर्ने क्रम चलिरहेको छ ।

सुझाब के दिनु भयो ?
देश सुहाँउदो हुनु पर्यो भनेका छौं । त्यो भनेको कस्तो हो भने, सिभिल इन्जिनियरिङ विषयकालागि भूकम्प प्रतिरोधात्मक, रेल, बाढी पहिरोबाट बच्ने खालका संरचना बनाउन सक्नेलगायतका छन् । अर्को भनेको हाम्रा इन्जिनियरले विदेशी इन्जिनियरसँग प्रतिस्पर्धा गर्न सक्ने खालका हुनु प¥यो । यहाँ उत्पादन भएका विद्यार्थी विदेशमा गएर काम गर्दा त्यस्तो समस्या नपरोस भन्ने पनि हो ।

शिक्षक जनशक्ति पाउदैन, पाएका पनि टिक्दैन भन्छन नी !
अध्ययन गर्न विदेशीय पछि नफर्केका पनि छन् । केही विषयमा शिक्षक पाउन गाह्रो छ । त्रिविको आफ्नै खाले छन् । सबै समयमा हुन सकिराखेको छैन । हाम्रा ल्यावहरु पुरानो हुँदै गइरेहका छन् । भूकम्पपछि कक्षा कोठाको समस्या समाधान कायमै छ ।

इन्जिनियरको गुणस्तर खस्केको भन्छन्, हो ?
नेपाल इन्जिनिरिङ परिषद् परिक्षाको व्यवस्था गर्न लागि परेको छ । त्यो भएमा अहिले देखिएका समस्या समाधान हुन्छ ।

थप विषय अध्यापन गराउँदै हुनुहुन्छ ?
हामीसँग पूर्वाधारको अभावले अन्य विषय थप्न सकेको छैन । यदि त्यो भएमा केमिकल, बायोमेडिकल, एरोनटीकल इन्जिनियरिङ थप्ने योजनामा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×