ललितपुर जिल्लाको बालकुमारीमा अवस्थित ‘नेपाल कलेज अफ् इन्फरमेसन टेक्नोलजी’ आइटी कलेजहरुको भीडमा अव्वल मानिन्छन् । पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्रात्त यस कलेजले आइटी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । सन् २००१ स्थापना कालदेखि ‘आइटी र सफ्टवेर इन्जिनिरिङ’मा स्नातक स्तरको शिक्षा सञ्चालन ल्याएको यस कलेज अहिले कम्प्यूटर इन्जिनियरिङ तथा कम्प्यूटर साइन्समा स्नात्तकोतरसम्मको अध्ययन गर्ने व्यवस्था मिलाएको बताउँछन् कलेजका प्रिन्सिपल इन्जिनियर निरञ्जन खकुरेल । उनी अहिले यस कलेजमा बिइ कम्प्यूटर तथा सिभिल इन्जिनियरिङ विषयमा अध्यापन गराउँदै आएको बताउँछन् । विगत १२ वर्षदेखि अध्यापन पेशामा संलग्न प्रिन्सिपल खकुरेलसँग आइटी इन्जिनियरिङ तथा कलेजको सेरोफेरोमा रिभोसाइन्सले गरेको कुराकानीको सम्पादित अंशः
एनसीआइटी कुन उद्देश्यले स्थापना भएको कलेज हो ?
नेपालको आइटी नीति सन् २००० मा बनेपछि यस कलेको स्थापन भएको हो । यो नेपालमा आइटीको जनशक्ति उत्पादनलाई बढ्वा दिन खोलिएको कलेज हो । यसैकारण अहिलेसम्म आइटी कलेजको रुपमा चिनिएको छ । एनसिआइटीले त्यही मर्मलाई बुझेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कन्फेरेन्स गराउँदै आएको छ । विद्यार्थीहरुकालागि विभिन्नखाले अतिरिक्त क्रियाकलाप, प्रस्तुतिहरू तथा विभिन्नखाले डिजाइनको प्रतिस्पर्धा गर्दै आइरहेका छौं ।
नेपालमा कुनै फ्याक्ट्रीबाट उत्पादित समान निर्यात गर्नु भन्दा आइटीको जनशक्ति उत्पादन गर्दा फाइदा हुन्छ ।
अनुसन्धान पनि गराउँनु हुन्छ ?
अन्तर्राष्ट्रिय रुपमा विभिन्न खाले सेमिनार मात्र नभइ कलेजका विद्यार्थीहरुले अन्तिम वर्षमा गरेको अनुसन्धानात्मक काममा थप प्रोत्साहन दिने काम गरेका छौं । ‘पासआउट’ भएका विद्यार्थीहरुले त्यसैमा थप अनुसन्धान गर्ने गरेको पाइन्छ ।
विद्यार्थीको सिट संख्या कति हो ?
सुरुमा आइटीमा ९६, कम्प्यूटरमा ४८ इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशनमा ४८ बाट सुरु गरिएको थियो । अहिले यि सबै विषयमा २८८ जना अध्ययन गर्छन् । ति बाहेक सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशनमा थप ४८/४८ जना अध्ययनरत छन् ।
निजी क्षेत्रबाट सञ्चालन गर्दा कस्ताखाले चुनौतिको सामाना गर्नु पर्दो रहेछ ?
निजी क्षेत्रको कलेज भएको हुनाले सम्पूर्ण स्रोत यहीबाट व्यवस्थापन गर्नु पर्छ । सुरुवातमा राम्रो भएपनि बीचमा देखिएको राजनीतिक द्वन्द्वका बेला विद्यार्थीहरु विदेशीएको थियो । त्यतिखेर केही अप्ठेरो परेको थियो । पछिल्ला दिनमा विद्यार्थीहरु राम्रो छ । उनीहरुले पनि राम्रो गरिरहेको मैले देखेको छु । विद्यार्थीहरुले आइटीमा बढी चासो दिएको देखेको छु । इन्जिनियरिङ पढ्ने संख्या बढेको छ । कलेजमा पनि सिट संख्या थपेका छौं ।
विदेशी विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेजहरुसँग प्रतिपर्धा गर्न उही स्तरको सुविधामा ध्यान दिनु भएको छ ?
विदेशी विश्वविद्यालबाट संञ्चालित भन्दा स्वदेशी विश्वद्यालयबाट संञ्चालित कलेज धेरै नै अगाडि छन् । नेपालका विश्वविद्यालय पनि आइटी क्षेत्रमा अव्बल छन् । पोखरा विश्वविद्यालय तथा इन्जिनिरिङ परिषद्को मापदण्ड प्रत्येक वर्ष जस्ताको तस्तै पालना गर्नु पर्ने हुन्छ । त्यसकारण त्यो मापदण्ड पुर्याउन कठिन छन् । मापदण्डले कक्षा कोठादेखि अध्ययन÷अध्यापनजस्ता कुराहरुको मापन गर्ने गर्दछ । यसकारण विदेशी विश्वविद्यालयले प्रत्येक सेमिस्टर वा वर्षमा आएर ति कुराको मापन गर्छ जस्तो मलाई लाग्दैन । तर स्वदेशी विश्वविद्यालयले त्यो किसिमको व्यवस्था गरेको छ । थप कलेज आफैले पनि गुणस्तरकोलागि कुनै कन्जुस्याइ गरेको छैन । त्यसले अव्वल हुन मद्दत गरेको छ । यसकारण नेपालमा उच्च गुणस्तरको इन्जिनियरिङ शिक्षा दिइरहेका छौं ।
त्यसो भए तपाईहरुलाई केही असर परेको छैन् ?
विद्यार्थीको रोजाइको कुरा हो कहाँ पढ्ने भन्ने कुरा । यदि हामीले गुणस्तरीय शिक्षामा ध्यान दिएका छौं भने त्यसले खासै असर गर्छ जस्तो लाग्दैन । गुणस्तरमा ध्यान दिएन भने पक्कै असर पर्नेछ । ति बाहेक अन्य कुरा पनि उतिकै ध्यान दिनु पर्छ । जस्तो समय–समयमा ट्रेनिङ दिने, सेमिनार तथा गोष्टीमा सहभागी गराउने तथा बौद्धिक क्षमता वृद्धि हुने खालका रचनात्मक कुराहरु गराँउनु पर्दछ । त्यसो भए भयो भने मात्र उनीहरुको बौद्धिक क्षमता वृद्धि हुन्छ । यहाँबाट उत्पादित विद्यार्थीहरुले धेरै ठाँउमा राम्रो गरिरहेका छन् । यसकारणले हामी तल छौं जस्तो लाग्दैन ।
शुल्क निर्धारण कसरी गर्नु भएको छ ?
कलेजमा लाग्ने लागतको आधारमा हामीले शुल्क निर्धारण गरेका छौं । कलेजले सम्पूर्ण खर्च विद्यार्थीहरुबाट लिन पर्ने भएकोले त्यही अनुरुप हामीले लिएका छौं । त्यस्तो अत्याधिक लिने काम गरेको छैन ।
उर्तीण प्रतिशत कस्तो छ ?
पोखरा विश्वविद्यालय भित्र कुरा गर्ने हो भने हाम्रा विद्यार्थीहरुको राम्रो नतिजा ल्याएका छन् । विइ आइटी र सफ्टवेर इन्जिनियरिङमा झनै उत्कृष्ट छन् ।
औधोगिक क्षेत्रसँग उत्पादित जनशक्ति खपत गराउँन पहल गर्नु भएको छ ?
अहिले हामीसँग ३० भन्दा बढी कम्पनीहरु सम्वन्धित रहेका छन् । विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई बोलाएर हामीले अतिरिक्त कक्षाको व्यवस्था गर्ने, सिप सिकाउने र इन्र्टनसिपमा सहभागी गराउने गरेका छौं । त्यस्ता कम्पनीमा कार्यरत कर्मचारीहरुले यदि यहाँ स्नात्तकोतर पढ्न चाहेमा सहुलियतको पनि व्यवस्था गरेका छौं ।
भारतीय कलेजहरुले नेपाली विद्यार्थीहरु लैजानेक्रम बढ्दो छन् भन्ने कुरा गरिएका छन् । त्यहाँबाट दीक्षित भएर आएका इन्जिनियरहरु कम सीपका छन् भनिन्छ यसले असर पार्छ ?
पछिल्लो समयमा नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षाको व्यवस्था गर्न लागेको छ । अर्को कुरा गुणस्तरीय शिक्षा हासिल गरेका इन्जिनियरहरु पछाडि पर्छ जस्तो मलाइ लाग्दैन । परिक्षा लिने व्यवस्था भयो यो समाधान भै हाल्छ ।
त्रिभुवन विश्वविद्यालय पछि अन्य विश्वविद्यालयबाट सम्वन्धन लिएका कलेजहरु छाँयाँमा परेको भनिन्छ नि?
त्यसमा केही सत्यता छन् । तर के हो भने सबै विद्यार्थीहरु आइओममा परिक्षा दिन चाहन्छन् कि चाहाँदैनन् त्यसमा विचार गर्नु पर्छ । सबै विद्यार्थीहरु पुल्चोक क्याम्पस पढ्न पाउँछन् भन्ने हुँदैन । त्यहाँ पढ्न नपाएका विद्यार्थी कमजोर हुन्छ भन्ने पनि मलाई लाग्दैन । अर्को कुरा ‘एनसीआइटी’मा पढ्नकैलागि भनेर पुल्चोकमा जाँच नदिइ बसेका विद्यार्थीहरु छन् हामीसँग ।
फरक प्रसंग, सरकारले आइटी क्षेत्रमा बढवा दिन के गर्नु पर्छ ?
सरकारले त्यसलाई बढ्वा दिन विद्युतीय सुशासन सञ्चालन गर्न थप कदम चाल्न पर्ने देखिन्छ । नेपालमा कुनै फ्याक्ट्रीबाट उत्पादित समान निर्यात गर्नु भन्दा आइटीको जनशक्ति उत्पादन गर्दा फाइदा हुन्छ । सुरुमा अध्ययन गर्दाखेरीको लगानी भए पुग्ने देखिन्छ । यहाँको जनशक्तिले उत्पादन गरेको सफ्टवेरहरु निर्यात गर्दा बढी फाइदा लिन सकिन्छ । यसरी कम गर्न सकियो भने कम लगानीमा काम गर्न सकिने हुन्छ । अर्को भनेको देशमा भएको बेरोजार पनि कम गर्न मद्दत मिल्नेछ ।
एउटा विद्यार्थीले एनआइसीटी कलेज नै किन रोज्ने ?
विशेषगरी इन्जिनियरिङ शिक्षामा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको दायरा हुनेहुँदा यि कुरालाई हामीले विद्यार्थीलाई दिन उद्दत छौं । विशेष किसिमको शिक्षा दिएका छौं । अन्तिम वर्षका विद्यार्थीहरुलाई विभिन्न किसिमका प्रतिस्पर्धा गराउने, विशेषज्ञसँग प्रत्येक्ष कुराकानीमा सहभागी गराउने गर्दछौं विभिन्न खाले शैक्षिक कन्फेरेन्स तथा सेमिनारले उनीहरुको बौद्धिक क्षमता वृद्धि गरेको छ । त्यसका अलवा शैक्षिक वातावरणमा अव्वल छौं ।
Leave a Reply