जुजारू ‘रामचन्द्र कँडेल’

रसायनशास्त्रमा स्नातककोत्तर गरेका कयौं साथीभाई अमेरिका गए तर आफू गैएन, कारणः पिताको एकै वाक्य काफी थियो, “तेरो दाईले छोडेर गए, त पनि जान्छन् ?”


चितवन जिल्लाको मेघौली-जितपुरमा जन्मेका हुन रामचन्द्र कँडेल । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागबाट ‘नेचुरल प्रडक्ट’मा विद्यावारिधि(पीएचडी) गर्दैछन् । पीएचडीकालागि कोरियन विश्वविद्यालय कोरिया, आइसिसिबिएस (कराची विश्वविद्यालय) र युर्निभर्सिटी अफ् अप्लाइट साइन्स जर्मनीसँगको सहकार्यमा उनको सोध पुरा हुने विश्वास छ ।

शैक्षिक उन्नतिसँगै स्वदेशमै केही गर्ने अभिप्रायले इन्जिनियरिङ शिक्षण संस्थामा लगानी गरेका छन उनले। ललितपुरको चाकुपाटमा युनिभर्सल साइन्स कलेज सञ्चालनमा छन् । त्यो उस्तै उमेर समुहको साथीहरूको सम्भव भएको उनी ठान्छन्। भन्छन् उतिबेला सही निर्णय गरेकै कारणले जीवनमा खुशीको रंग थपेको छ। यसले थप सामाजिक दायित्व बढेको छ।

वर्षले ३० लागेका कँडेल कलेजमा प्रवन्ध निर्देशकको भूमिकामा छन् अहिले। औसत उचाई र बाक्लो ज्यान भएका गहुगोरो वर्णका  कँडेल हसिला छन् । र, मिजाशिला पनि उतिकै ।

कँडेलको योजना सुन्दा यतिमा उनी सीमित हुन चाहँदैनन् । लाग्छ, उनमा आत्मविश्वासको कहिलै कमी महशुस भएन । होस् पनि कसरी कँडेल परिवारको ९ औं सन्तानको कान्छा छोराको रूपमा जन्मेका रामचन्द्रलाई सबैको माया र सदभाव पाएको रहेछन् । त्यही हौसलाले एकपछि अर्को योजना बुन्न सफल भएका छन् उनी।

६ जना दिदि र २ दाजुपछिेका हुन कँडेल । यतिखेर पिता मणिभद्र कंडेल ८२ वर्षको भैसकेका छन् । पिताको स्वस्फुर्त स्वस्थ्य देख्दा उनी खुशी छन् । त्यो सबै खानपान र रहन–सहनले सम्भव भएको ठान्छन् । उनका पिता मणिभद्र कंडेल र माता मनिकर्न कँडेलको ९ औ सन्तानमध्य १ दिदि र १ दाजु वितिसकेका छन् ।

बाल्यकालको अध्ययन्
४ वर्ष उमेरमा आफू जन्मेको थापथलोबाट बाबुसँगै भरतपुर बसाई सरेको रहेछन् । अहिले चितवन महानगरपालिका वडा ४ वैदिनगरमा पिताले जग्गा दान दिएर सञ्चालनमा आएको नवज्योति राष्ट्रिय प्राविमा उनले ५ कक्षा पढेका रहेछन् । त्यसपछिको १० कक्षासम्मको स्कुले शिक्षा भने नारायणी माविमा अध्ययन गरेका रहेंछन् । बालकुमारी माविबाट ‘प्लसटू साइन्स’ गरेपछि विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट उनले ‘विएस्सी’ अध्ययन सकाएको बताए ।

मध्यम वर्गीय किसान परिवार हुर्के बढेको कान्छा कँडेलले त्यतिखेर नै ठुलदाजुले ‘कँडेल कास्ट तथा फर्निचर उधोग’ सञ्चालन गरेपछि व्यापारलाई नजकिबाट बुझेको बताउँछन् ।

विज्ञानप्रति रूचि
बाल्यकालदेखि उनीसँग विज्ञानप्रतिको झुकाव बढी नै रहेछन् । त्यतिखेर हाजिरी जवाफजस्ता रचनात्मक प्रतियोगितामा पनि उतिकै सहभागी हुन्थें रे । विज्ञान प्रर्दशनीमा पनि उतिकै सहभागी हुने गर्दथें । विशेष गरि त्यसताका गणितमा अधिक रूचि थियो । तर पछि १२ कक्षामा पुगेपछि उनको झुकाव रसायनशास्त्रमा परिणत भएका थिए ।

कारण यस्तो रहेछ, कक्षा ११ को परिक्षाको नतिजामा अन्य विषयमाभन्दा रसायनशास्त्रमा उर्तीण अंक मात्र प्राप्त आएछन् । त्यही भएर स्नातकस्तरमा रसायनशास्त्र पढ्ने विचार गरेछन् । किनभने, त्यतिखेर आफू राम्रो विद्यार्थी हुँदा पनि रसायनशास्त्रमा उर्तीण अंक मात्र प्राप्त गरेपछि, उनी रसायनशास्त्रमा अध्ययन/अनुसन्धान गर्ने अठोट लिएको बताउँछन् ।

त्यसपछि, स्नात्तकतोर पढ्नलाई ठूला सपना बोकेर उनी काठमाडौं आइपुगेका रहेछन् । अहिले रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरबाट स्नात्तकतोर सकेंपछि त्रिविबाटै विद्यावारिधि गर्दैछन् कँडेल । त्यो पनि ‘नेचुरल प्रडक्ट’मा । देशमा जडिबुटीको प्रशस्त भण्डारण भएको कारण आफुले प्राकृतिक अनुसन्धानमा लागेको हो, भन्छन् कँडेल । उनको अनुसन्धानलाई उत्पादनको क्षेत्रमा बढ्वा दिने योजनामा रहेको छ । जसले आफ्नो मात्रै नभई मुलुककै हित हुनेमा उनी विश्वस्त देखिन्छन् ।

कलेज खोलियो
स्नातकोत्तर गरिसकेपछि कतिपय उनको साथीहरू जागिरकालागि भैतारिरहेका थिए । तर उनले त्यसो गरेनन् । बरू जागिर होइन् अरूलाई जागिर खुवाउने र सोहीबाट आफुपनि रोजगारीमा जोडिने विचार समुह बनाएछन् । परिणामस्वरूप कलेजमा लगाउनी गरेको, कँडेल सुनाउँछन् । अहिले युनिभर्सल इन्जिनियरिङ साइन्स कलेका प्रवन्ध निर्देशकको रूपमा कार्यरत छन् ।

कलेज खोल्ने सपना बुन्नुको रहस्य यस्तो रहेछन् । अध्ययनकोलागि काठमाडौं आउनेक्रममा एमएस्सी गरिसकेपछि कलेजमा लगानी गर्छु भन्ने मनमा राखेकोले त्यो संभव भएको हो । अध्ययनकालागि अमेरिका जाने योजना नबुनेका पनि कहाँ हो र !

स्नातकोत्तर सकेर अमेरिका जाने योजना पिता मणिभद्रसँग अनुमति माग्दा यस्तो जवाफ आएछन्, “तेरो ठुलदाजुले पनि छोडेर गए, अव त पनि मलाई छोडेर जान्छन् भनेछन् ।” त्यसपछि आफु निःशव्द भएर स्वदेशमा बस्ने निधो गरेको बताउँछन् ।

स्वदेशमा बस्ने निधो गरेपछि कलेजलाई अधिक समय दिइएको उनी भन्छन्, “व्यवस्थापनको काम पनि खुवै गरियो । फर्केर हेर्दा अहिले सन्तुष्टी मिलेको छ ।”

पहिलो, विदेशमा अध्ययन गर्न जाने अवसर छोडेर उनी लागेको बताउँछन् । दोस्रो आफ्नो लगानी पनि थियो । तेस्रो, पहिलो परियोजना भएको हुनाले करिअरमा धक्का लाग्ने हुँदा उनी बढी नै सचेत थिए ।” भन्छन्, “यदि म यसमा विफल हुन्थें भने पहिलो गाँसमै ढुंगालागे जस्तो हुन्थ्यो ।” मिहिनेत अनुसार नतिजा पनि राम्रो भैरहेका उनी बताउँछन् ।

युनिभर्सल इन्जिनियरिङ साइन्स कलेज प्राविधिक विषय अध्ययन अध्यापन गराउने उद्देश्यले खोलिएको कलेज थियो । बायोकेमेस्ट्री अध्ययन गराइने कलेज भएको आफ्नो विषयसँग मिल्ने हुँदा छिट्टै आकर्षण भएको उनी बताउँछन् ।

कलेज भनेको अध्ययन/अध्यापनसँग सम्वन्धित पेशा हो । यो पेशामा लाग्दा समाजमा दायित्व वोध गराउने हुन्छ, अहिले बुझ्दै छु,” कँडेल भन्छन्, “मेरोलागि सबैभन्दा सुखी पेशा शिक्षण हो ।” किनभने डक्टरले सधै विरामीसँग कुराकानी गर्नु पर्छ । इन्जिनियरले जिवित वस्तुसँग सम्वन्धित काम गर्न पाउने हुँदैन । ओकिलले सधै मुद्दा मामिला वा झगड हेर्नु पर्दछ । तर अध्यन/अध्यापन तथा अनुसन्धानको क्षेत्र भनेको मानिसलाई ज्ञान दिने काम भएकोले शिक्षण क्षेत्रमा लागेको हो ।

लगानी हिसाबले त्यति धेरै गरेको पनि छैन भन्छन् । कलेजमा भाइस प्रिन्सिपलहुँदै आफुलाई निखार्दै गएपछि प्रवन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हालेको उनको कथनी छ । यसका अलवा मिहिनेतसँगै भाग्यले साथ दिएको हो, उनी भन्छन् ।

प्राकृतिक उत्पादनसँग जोडिने
विद्यावारिधिपछि आफूले अध्ययन गरेको विषयमा अनुसन्धान गर्ने र त्यसलाई उत्पादनसँग जोड्ने योजना छन् उनको । औषधि तथा जडिवुट्टी प्रशोधनको क्षेत्रमा लाग्ने विचार छ उनको । उनी भन्छन्, “नेपालका जडिवुट्टीहरू केही गाइभैसी खान्छन् । केही मलको रूपमा खेर जान्छन् । थोरै मात्र निर्यात हुन्छन् । त्यो पनि सस्तो मुल्यमा । त्यसलाई कच्चा पदार्थको रूपमा निर्यात गर्न सके भने त्यसले मुल्य पाउने हुन्छ । उत्पादन धेरै परको कुरा हो ।”

कम्तिमा १० वर्ष भित्र आफ्नै उत्पादन गर्ने योजना बुन्दैछन् । उदाहरणको लागि विस्कुटमा आयुर्वेदको स्वाद मिसाउन सकेमा त्यसले झनै राम्रो काम गर्न सकिन्छ । त्यसको मुल्य बढी हुन सक्लान, त्यो फरक कुरा हुन । त्यसको महत्व बढाउने काम हुनेछ । त्यही भएर आफूलाई चाहिने अनुसन्धानको क्षेत्रमा लाग्न खोजिएको उनी उल्लेख गर्छन् ।

युवा अवस्थाको जिम्मेवारी
संस्थाको जिम्मेवारी लिइसकेपछि चुनौति आउँदो रहेछन् । कस्ताकाले चुनौति भने अनुभवको मुल्य केहो भन्ने बुझ्दै छु । विना अनुभव मुल्य नपाइने रहेँछ । किनभने अनुभव, इच्छा शक्ति तथा वुद्धिविवेक पनि चाहिदो रहेछ । यि भनेको ओदानका खुट्टाजस्ता हुन् । यि चीजको कमीले समस्या निम्तन् सक्छन् । समाधान गर्न जानेनन् भने झनै ठूलो समस्या निम्तन सक्छन् । यद्यपि, अनुभव भएमा त्यस्ताखाले समस्या पार लगाउन सकिदो रहेछ ।

स–साना कुरामा खुशी
कतिपय मानिसहरू काममा सन्तुष्टि लिइरहेका हुदैनन् । मानिस भएर जन्मेपछि हरेक स–साना कुरामा खुशी हुनु पर्दछ । ठूल–ठूला कुरामा मात्रै खुशी हुने हो, भने खुशी हुने समय आउन निकै समय लाग्नेछ । यसकारण उनको त्यो बुझाईमा हरेक दिन गरेका स–साना कुरामा खुशी हुनु जिन्गदी सरल उपाय हो भन्छन् उनी । खुशीको लहर पनि बढी हुने हुन्छ । सधै आनन्दित हुने रहेछ । जति गरेको छू, त्यसमा खुशी भैरहेको छु ।

स्वेदशमा काम गर्दा कहिले नैराश्यता आएन ? प्रश्न गर्न नपाउँदा कहिल्यै आएन उतर आइहाल्यो । भन्छन्, “दुई/चार वटा देश हेरियो/घुमियो त्यसले झनै आएन । यसले नेपालीहरूले सकारात्मक सोच विकास गर्नु पर्ने हुन्छ ।” कसरी ? यसकोलागी विद्यालय शिक्षा नीतिमा परिवर्तवन गर्नु पर्दछ ।

बालबालिकालाई अहिले शिक्षाले उनीहरूलाई आत्मविश्वासी बनाउन सकेका छैनन् । उनीहरूको निर्णय गर्ने क्षमता कमजोर भएका छन् । कुन विषय पढ्ने भनेर पनि अन्यसँग सल्लाह लिनु पर्ने स्थिति छन् ।

विज्ञान शिक्षा परिवर्तनको खाँचो
नेपालमा विज्ञानको वुझाइ कमजोर भएका छन् । जस्तो विज्ञान भनेको रकेट मात्र बनाउने काम हो ठान्छन् । अथवा, विज्ञान भनेको ठूल–ठूला आविष्कार बनाउने काम हो । नोबेल पुरस्कार प्राप्त गराउने मात्र काम हो भन्ने बुझिएको आभास मिल्छ । तर विज्ञान भनेको खेतमा किसानले कोदालीलले खन्दा कति कोणमा, त्यसको झुकाव छन् । त्यो बुझ्न सकेको छैन ।

अधिक लगानी गर्न पर्छ भनेर भागियो । तर कसरी बारीमा लगाएको भटमासमा बढि उत्पादन गर्न सकिन्छ भन्ने विज्ञान ठानिएन । त्यसको लागि अध्ययन गर्न पर्ने हुन्थ्यो, त्यो हुन सकेको छैन ।

कृषिमा उत्पादन घट्दै गएको भनिन्छ । त्यो किन भैरहेका छन् भने अध्ययनरअनुसन्धान भएको छैन । घरहरू बनाउँदा कुस्ता पदार्थ प्रयोग गर्दा सस्तोमा बनाउन सकिन्थ्यो । त्यसमा अध्ययन हुन आवश्यक छन् । नेपालमा पाइने यार्सागुम्वुमा के–कस्ता तत्व छन् । त्यसबाट चीनले औषधिको रूपमा प्रयोग गर्छन् । त्यसमा अनुसन्धान हुन जरूरत पर्दछ । ति कुरामा लगानी पनि हुन सकेन तथा अध्ययन/अनुसन्धान पनि हुन सकेनन् ।

जिन्दगीको परिकल्पना
कँडेल भन्छन्, “वैज्ञानिक बन्ने इच्छा नभएर नै नेपालमा बसियो ।” यदि नेपालमा महिनाको पचास हजार दिएर अनुसन्धानकालागि छात्रवृत्ति दिन्छन् भने आज धेरै नेपालीहरू विदेशीदैनथ्यो । त्यस्तो वातावरण नभएर नै आज विदेशीको भन्छन् उनी ।

भविष्य आफूले गर्ने काममा उनी आत्मविश्वास दरिलो बनाएर लागि परेका छन् । ति बाहेक, उनको अर्को ध्यय भनेको वर्षमा पाँच जना विद्यार्थीलाई विद्यावारिदिकोलागि सहयोग गर्ने पनि हो भन्छन् । व्यापारसँगै देशलाई सहयोग गर्ने अवसर जुट्ने छन् । अनुसन्धानको क्षेत्र पनि फराकिलो हुनेछन् । जीवनको अन्तिम लक्ष्य भनेको त्यही हुनेछ, विट मार्न केही समय अगाडि भने ।

उनको विचारसँग सहमत हुने हो भने, युवा जमात जोसँग बौद्धिक सिप छ त्यसको प्रयोग हुनुपर्छ । त्यस्ता कुरामा वातावरण बन्न सकेमा । तरपनि उनी कम्तिमा २० हजार देशलाई भलो सोच्ने सिर्जनशिलता भएको युवा जमातले देशको मुहार फर्न सक्नेमा आशावादी देखिन्छन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *