डा. विद्यानाथ कोइराला
उर्जाशील व्यक्तित्व
उर्जाले पदार्थ बन्छ । पदार्थ उर्जामा मिल्छ । ज्ञानसम्मत पूर्वीय चिन्तन यही हो । विज्ञानसम्मत चिन्तन पनि त्यही हो । फरक शव्दमा हो । प्रस्तुतीमा हो । बुझाइमा हो । प्रपन्नाचार्यले त्यही बुझें । ‘बेदान्तनयभूषणम्’ मा विद्यावारिधि गर्दा । वेदान्ताचार्य भएर चिन्तन बाँड्दा । आचार्य भएर जीवनमा अनुभूति गर्दा । त्यही ज्ञान, अनुभूति र प्रत्याभूतिका पुस्तक हुन् ‘वेदमा के छ (२०३८)’ र प्राचीन हिन्दू विज्ञान (२०३९) । सरल शव्दावलीका गहन पुस्तकहरु । ढिलो उमेरमा पढेर छिटो ज्ञानी बनेका प्रपन्नाचार्यका १८ वटा प्रकाशित एवं अप्रकाशित कृतिमध्येका दुइवटा उपहारहरु । घरेलु नोकरबाट आफैं स्वामी बन्न सकेका उर्जाशील व्यक्तित्वका तथ्यगत एवं बौद्धिक भनिनेलाई हल्लाउन सक्ने पठनीय पुस्तकहरु ।
वेदमै खोज । उपनिषदमा खोज । ब्राह्मणः (पुस्तक) मा खोज । विज्ञान सर्वत्र छ । ज्ञान सर्वत्र छ । यस मानेमा हामीलाई चुनौती दिए – खोज्ने हो त ? गम्ने हो त ? यस्ता गहन कुराहरु सहज शव्दावलीमा राखिदिने; भनाइको स्रोत समेत उल्लेख गरिदिने, वैदिक वाङमय र पश्चिमी दस्तावेजको तुलनात्मक जानकारी दिने ज्ञानी प्रपन्नाचार्यलाई मेरो मरणोपरान्तको नमस्कार ।
पहिलो पुस्तकका दिमागी उर्जा ।
वेद ज्ञान हो । ज्ञानीहरुले यति भने । प्रपन्नाचार्यले चाहिँ ५ वटा थप कुरा व्यक्त गरे । उनले भने वेद चार पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) केलाउने दस्तावेज हो । शौर्यकान्ति जगाउँने दस्तावेज हो । शिवत्व प्राप्त गराउने दस्तावेज हो । मंगल र लक्ष्मी दिने दस्तावेज हो । प्रत्यक्ष र अनुमान प्रमाणभन्दा माथिको ज्ञान दिने दस्तावेज हो । यही दस्तावेजको विश्लेषण गर्दा प्रपन्नाचार्यले हाम्रा पश्चिममय बुद्धिमा झटारो हानिदिए । मानव उत्पत्तिको कुरा बुभ्mन डार्विनको सिद्धान्त मान्ने बबुराहरुलाई नासदीय शुक्त र तैतरोपनिषदको चिन्तन दिएर । यी पुस्तकमा भएका आकास, वायु, अग्नि, पानी, पृथ्वी र जीवको अन्तरसम्बन्ध प्रस्तुत गरेर ।
आर्यहरु फिरन्ते हुन् । पश्चिमाले यही सिकाए । हामीले पत्यायौं । तर प्रपन्नाचार्यले भनिदिए – सतपथ ब्राह्मण (१–६–३–८) पढे हुन्छ । ऋग्वेदको पणि व्यापारीको कथा (ऋग्वेद, ६–२१–९) पढे हुन्छ । पश्चिमाकै ज्ञानमा विश्वास गर्ने भए पारसी सोच (इरानवेज) को दलाली गरे हुन्छ । अनि टुँगोमा पु–याए – आर्यहरु आदिवासी हुन् । यो प्रामाणिक आधारले नेपाली समाजशास्त्री र मानवशास्त्रीलाई नराम्रो दनक दिए ।
जनावरबाट मानव जातिले भाषा सिक्यो । पश्चिमी अनुसन्धानले त्यही भन्यो । तर प्रपन्नाचार्यले भनिदिए – एकपटक ऋग्वेद (१–१६४–४३) पढ । अथर्ववेद (९÷१०÷२७) पढ । तैतिरिय ब्राह्मण (२÷८÷८÷५) पढ । सतपथ ब्राह्मण (४÷१÷३÷१७) पढ । यो पढाइको आधारमा प्रपन्नाचार्यले प्रश्न गरे – अमिवा र मानवको भाषा मिल्छ त ? त्यसैको बलमा भाषाविद भनिनेहरुलाई चुनौति दिए – आर्य बैदिक मूलभाषा हो । जनावरबाट पश्चिमाले चाहिं सिके होलान् ।
आधुनिक स्कूल पश्चिममा शुरु भयो । लेखनकला मिश्रमा शुरु भयो । शिक्षाविद्ले यही भन्यौं । प्रपन्नाचार्यले छान्दोपनिषद (८÷१५÷१), अर्थववेद (६–१४१), वेदसंहिता (७÷५०–५१÷५) र ऋग्वेद सातौं र आठौं मण्डल तथा तैतिरियोपनिषदको प्रामाणिक आधारमा भनिदिए कुल हाम्रै हो । पश्चिमाले स्कल बनाइदिए । लेखनकला बैदिक हो । पश्चिमाले नै अन्यत्रको हो भनिदिए । यस अर्थमा शिक्षाविद्लाई गतिलो थप्पड दिए । अनि भने ऋग्वेदको दशौं मण्डल पढ् नारी शिक्षा त्यहीं छ । ऋतको आचार त्यहीं छ ।
राज्यको सोच युरोपियन हो । राजनीतिविद्ले त्यही घोक्यौं । घोकायौं । तर प्रपन्नाचार्यले भनिदिए – ऋग्वेद (१०–१२५–३; १०–२७४–१ देखि ५; १–१७–१; १०–९८–१११; १०–९७–६; १–३२–११; र ४–३०–१५) पढ । त्यसमा राजा र राष्ट्रको चर्चा छ । सम्राटको चिन्तन छ । मत स्वतन्त्रताको व्यवस्था छ । वैचारिक स्वतन्त्रता । निर्णायक स्वतन्त्रता । राजदूतको व्यवस्था छ । मुखिया प्रणाली छ । ग्रामणी त्यसको पदवी हो । महाजनी व्यवस्था छ । राजा, मंत्री र जनसभाको चर्चा छ । न्याय प्रणाली छ । दुर्ग वा किल्लाको व्यवस्था छ । यसरी प्रपन्नाचार्यले हामी राजनीतिविद्लाई अल्पज्ञानी सावित गरिदिए ।
शुरुमा मानव जाती नाँगै थियो । हामीले त्यही सिक्यौं । पछि शिकार गरे । पशुपालन गरे । खेती गरे । अहिले आधुनिक छन् । यस अर्थमा मानव विकास क्रमागत हो । हामीले यसै भन्यौं । भनायौं । तर प्रपन्नाचार्यले ऋग्वेद (३–८–४) को आधारमा भनिदिए विकास स्थानगत छ । क्रमागत छैन । भेडाको त्यहीं छन् । लुगा लगाउने त्यही छन् । शिप्र (पगडी) लगाउँने त्यही छन् । गहना लगाउँने त्यहीं छन् । कपाल सिंगार्ने त्यही छन् । कपाल मुण्डन गर्ने र कपाल पाल्ने त्यहीं छन् । दूध, मोही, ध्यू, खिर खाने त्यहीँ छन् । माँसाहारी पनि त्यहीँ छन् । अश्वदा, बसोदा, हिरण्यदा त्यहीँ छन् । दान दिनेहरु । दान लिनेहरु । काठ, माटा, धातुका शिल्पी त्यहीँ छन् । खेताी गर्ने त्यहीँ छन् । यसरी प्रपन्नाचार्यले विकासविद्लाई झस्काए – विकास क्रमागत हो कि स्थानगत ? सोचगत हो कि अनुकरणगत ? पहिल्याउ भनिदिए ।
धार्मिक विवाद र विस्तार अहिलेको दौड हो । नेपाली शव्दमा धर्मान्तर पनि हो । त्यसै प्रसंगमा प्रपन्नाचार्यले ऋग्वेद (५–६३–७) को आडमा भनिदिए – ओल्ड टेस्टामेण्टमा ऋग्वेदीय छाप छ । जिकिर गरे क्राइष्ट २ पटक भारत वर्षमा आएका थिए । मोहम्मद पनि आर्य नै थिए । इस्लाम धर्मका सुफीहरु चाहिँ बैदिक हुन् । अद्धैत चिन्तनका अनुयायी । यसरी धर्मविरलाई भनिदिए – हामी एउटै स्रोतका पुजारी हौं । प्रक्रियामा फरक छौं । धर्मान्तर बेकारको काम हो । त्यहीं चर्चा गरे ऋग्वेदमा ‘पशुपति’ शव्दै छैन । रुद«, तपसे र कपर्दिनी छ । विष्णुको चर्चा छ । कतै एकेश्वरको चिन्तन छ । कतै द्धयेश्वर (ऋग्वेद १–१६४–२०) । यसरी जानकारी दिए – हामी नाम भेदमा छौं । धर्मभेद हाम्रो सोच होइन । मतभेद हुनसक्छ । धार्मिक मतक्येता गराउँने विन्दू ऋग्वेद नै हो । यसरी धर्मविद्लाई उनले गतिलै दनक दिए ।
वेद हिन्दूको हो । पश्चिमाले त्यही सिकाए । हामीले त्यही भन्यौं । हिन्दू को हुन् भनी हामीले खोजेनौं । तर प्रपन्नाचार्यले भनिदिए – ‘हिन्दू’ शव्द फारसी हो । संस्कृत होइन । फारसी अर्थमा हिन्दू भनेको चोर डाकू हो (प्रपन्नाचार्य, पृ. २०१) । फारसीकै ‘शातीर’ भन्ने ग्रन्थमा प्रयोग गरिएको शव्द हो । चोर डाँकाकै अर्थमा । के हामी चोर डाँका हौं त ? हैनौं भने हिन्दू राज्य र हिन्दू इतर राज्यको कुरा वैदिक सोचमा बनेको हो त ? प्रपन्नाचार्यले हामीलाई प्रश्न दिए । जवाफ खोज्नैपर्ने प्रश्न । त्यसै मेसोमा भनिदिए – हिन्दू शव्द शाकपुणि संहितामा देखिन्छ । वृहस्पतिले वाह्र्यस्पत्य शास्त्रमा प्रयोग गरेको देखिन्छ । व्यासले कालिका पुराणमा लेखेको देखिन्छ । अनि पश्चिमाहरुले भनेझैं सिन्ध क्षेत्रका व्यक्ति हुनाले हिन्दू नामाकरण गरिए भनिएको कुरा मिल्छ त ? यस अर्थमा हाम्रा अभिलेखविद्हरुलाई गतिलै मसला दिए ।
अनुहारको बनौटबाट पुस्त्यौली छुट्टयाँउने पश्चिमा बुद्धि हो । तर प्रपन्नाचार्यले भनिदिए – किरातहरु मंगोलियन हैनन् । बाबु उमेशचन्द«को स्रोत दिएर उनले भने बरु ब्राह्मणहरु मंगोलियन नश्लका हुन् । किराँत क्षेत्रीय हुन् भन्ने आधार उनले महाभारत (११–८–३५ तथा ३६) मा पाए । लासा, कश्यप र काशी गोत्रीे किरातीको संसारमा पाए ।
दोश्रो पुस्तकका दिमागी उर्जा
पश्चिमाले आफैलाई रोग विद्याका जनक ठाने । हामीले त्यही ठान्यौं । अरुलाई पनि त्यही भन्यौं । त्यहीं प्रपन्नाचार्यले भनिदिए दध्यङ्ग ऋषिको कथा पढ न (ऋग्वेद १–८०–१६; १–८४–१४) । विश्पालाको कथा हेर न (ऋग्वेद १–१११–१५) । कायाकल्प विज्ञान पढ न (ऋग्वेद १–११२–६ देखि १०) । मरेकालाई बचाउँने ज्ञान हेर न (ऋग्वेद १०–६०–७) । अरुको शरीरमा पस्ने विज्ञान पढ न (ऋग्वेद १०–५८–१ देखि ३) । सूर्यको प्रकासबाट औषधी गर्ने तरीका (ऋग्वेद १–५०–३) लाई राम्ररी अध्ययन गर न । यसरी प्रपन्नाचार्यले आश्विनीकुमारको सर्जरी चिनाए । चरक र सुश्रुतका सर्जरी अथ्र्याए । अगस्ती ऋषिको मधु विद्या (१–८०–१६) देखाए । विष मार्ने विद्या ।
प्रपन्नाचार्यले हाम्रा पुर्खाले बनाएका दश विमानका नाम (त्रिपुर, पुष्पक, भ्राजिष्णु, सौभ, सुत, शक्तत्पुद्गम, अंशुवाह, तारामुख, सूर्यकान्त, चन्द«कान्त) सुनाए । ऋभुदेखिका पायुसम्मका ४७ जना (पृ. १६९) वैदिक बैज्ञानिकका नाम दिए । यसका लागि ऋग्वेद (२–३१–१; ३–५४–१३; ९–६२–१७; ४–३६–२; ४–३६–१; ९–४१–६) पढ्ने सन्देश दिए । हजार तले घर (ऋग्वेद २–४१–५; १–२५–७; ७–१५–१४) पानीजहाज, र फलामे नगरका बारेमा जानकारी लिन आग्रह गरे । परमाणु ज्ञानका लागि अथर्ववेद (११÷२÷२) मा पिलुमती द्यौः पढ्ने सन्देश दिए । यसरी प्रपन्नाचार्यले संकेत गरे आफनै पुर्खा खोज्दा पनि बैज्ञानिक भेटिन्छन् । यसै क्रममा उनले भनिदिए हाम्रा पुख्र्यौली दस्तावेजमा सय योजनको पुल छ । कपालको रौ चिर्ने मेसिन छ । शव्दभेदी वाण छ । विना पखेटा मान्छे उड्ने व्यवस्था छ । दिव्यदृष्टिको सञ्चार छ । हतियारको विज्ञान छ । सूर्य ग्रहण (ऋग्वेद ५–४०–५ र ६) को जानकारी छ । तुरीययन्त्र भन्ने दूरबीन छ । यसरी प्रपन्नाचार्यले भनिदिए बबुराहरु हो हाम्रा वैज्ञानिकहरुलाई त खोजेनौ हगि ।
विज्ञानका किताब अंग्रेजीमै छन् । पश्चिममै छन् । यो हाम्रो सिकाइ हो । त्यही प्रपन्नाचार्यले भनिदिए – हाम्रोमा शौनकको व्योमपानतन्त्र छ । गर्गको यन्त्रकल्प छ । नारायणमुनिको विज्ञान चन्द्रिका छ । बाचस्पतिको यानविन्दू छ । बाल्मीकिको स्वतः सिद्धिन्याय छ । चक्रपाणीको खेट्यान (विमान) छ । ढुण्डिनाथको व्योमयान छ । अगस्तको शक्तिसूत्र छ । नारदको वैश्वानरतन्त्र र धूमप्रकरण छ । मयको मूर्तिकला छ (मयमत) । भारद्धाजको बैमानिककला छ । यहीं प्रपन्नाचार्यले संकेत गरें – ऋग्वेदको छैठौं मण्डल पढे हुन्छ । त्यहीं अनेकन् बैज्ञानिक सूत्रहरु छन् । यसै मेसोमा प्रपन्नाचार्यले भने – पानी, हावा र विजुलीलाई रोकेर शक्ति उत्पादन गर्ने विज्ञान छ । मन्त्रज्ञाः ब्राह्मणः । अनि प्रश्न गरे – विज्ञान व्रह्म हो कि शिल्पशास्त्र हो । पश्चिमी सोचमा भन्ने हो भने अवधारणा हो कि मूर्त सामग्री ? यही प्रश्नबाट प्रपन्नाचार्यले संकेत गरे – विचार खोज्ने भए वैदिक सूत्र पढ । मूर्त कुरा हेर्ने भए त्यही सूत्रको अनुशरण गरी आफै सामग्री बनाऊ ।
मेरो ठम्याइ
प्रपन्नाचार्यका दुवै पुस्तकले हामीलाई घोत्लिन कर लगाउँछ । पुराण सुन्दा र सुनाउँदा नपत्याउनेहरुलाई भनिदिन्छ – मूल स्रोतमै जाउ । वेदमै खोज । उपनिषदमा खोज । ब्राह्मणः (पुस्तक) मा खोज । विज्ञान सर्वत्र छ । ज्ञान सर्वत्र छ । यस मानेमा हामीलाई चुनौती दिए – खोज्ने हो त ? गम्ने हो त ? यस्ता गहन कुराहरु सहज शव्दावलीमा राखिदिने; भनाइको स्रोत समेत उल्लेख गरिदिने, वैदिक वाङमय र पश्चिमी दस्तावेजको तुलनात्मक जानकारी दिने ज्ञानी प्रपन्नाचार्यलाई मेरो मरणोपरान्तको नमस्कार ।
वेदकै अत्रि ऋषि मरेपछि उनका चेलाहरुको संवाद संझदै यो लेख समाप्त गर्छु । अत्रि ऋषिका चेलाहरुको कथन थियो – अत्रि ऋषि पञ्चतत्वमै थिए । त्यहीं मिले । अब उनी हाम्रा संझनामा बाँच्छन् । अत्रि ऋषि झैं स्वामि प्रपन्नाचार्य पनि उर्जामै थिए । अहिले उर्जैमा विलिन भए । पञ्चतत्व थिए । त्यहीं हराए । उनका कृतिहरुले चाहिं प्रत्येक अनुसन्धातालाई बाटो देखाउनेछन् ।
Leave a Reply