उत्सवको पहिलो दिन चरा अवलोकन, स्थानीय जिरेल नाच, तामाड् सेलो, लाटोकोसेरोसँग सम्वन्धित अस्थाई संग्रालय अवलोकन गर्ने व्यवस्था मिलाएको थियो ।
–लक्ष्मण डंगोल
जिरी । दोलखाको जिरीमा दुईदिने लाटोकोसेरो तथा हुँचिल उत्सव २०७४ सम्पन्न भएको छ । लाटोकोसेरो तथा हुँचिल उत्सब मनाउने देशमा नेपाल तेस्रोमा पर्दछ । विश्वमै अमेरिका, इटली पछि नेपालमा मात्र मनाइने आयोजकले जनाएको छ । योपटक गैरसरकारी संस्था प्रकृतिका साथीहरु काठमाडौं र युवा सञ्जाल जिरीले संयुक्त रुपमा उत्सव आयोजना गरेका थिए ।
करीब २ हजार उचाईमा अवस्थित जिरीमा प्रकृतिसँगै रमेका स्थानिय जिरेलसँगै गुरुङ, नेवार, मगर, वाउन र सुरेल बसोबास गर्दछन् । उत्सब हेर्न आएका स्थानिय मानिसहरु लाटोकोसेरोको पौराणिक महत्व तथा आधुनिक विज्ञानका बुझाईमा लाटोकोसेरोका कुरा सुनाउँदा स्थानीय बासिन्दा दंगै देखिन्थे ।
स्थानिय बासिन्दा ६४ वर्षे सन्तबहादुर जिरेल अचेल लाटोकोशेरो तथा हुँचिलको हराउँदै गएकोमा चिन्तित देखिन्थे । उनी भन्छन्, “आसपासको वन जंगलमा लाटोकेशोरो सजिलै देख्न सकिन्थ्यो तर अहिले त्यस्तो संम्भावना छैन ।”
काँडे तारको बार तथा विजुलीको तारमा परेर कतिपय लाटोकोसेरो मरेको उनकै आँखाले देखेको बताउँछन् । “सानो हुँदा फट्के भन्ने थाप्यौं लेकतिर । त्यो बेलामा कसैको बनको रोक तोक थाहै थिएन । फट्केमा परेको चरा लाटोकोसेरोले खाने गर्दथ्यो” उनी बताँछन्, “तर त्यो राम्रो काम रहेनछ उनी अहिले दुःमनाउ गर्छन । उत्सबमा अवलोकन गरेपछि उनले लाटोकोसेरोले खेतवारीका मुसा खाएर हाम्रा अन्नवाली जोगाउने कुरा थाहा पाएको बताए ।
अव उनले आफ्ना केटाकेटीलाई लाटोकोसेरोको महत्वको बारेमा आफ्ना नाता–नातिलाई जानकारी दिने जिरलले बताए ।
उत्सवको रौनक
उत्सबमा के बालक, के बृद्धा जिरी आसपासका मानिसहरु लाटोकोशेरो तथा हुँचिलका बारेमा जान्न र सुन्न उत्सुक देखिन्थो । जिरी स्थित ढुंगेश्वरी माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा याँङ्जी शर्पा लाटोकोशेरो तथा हुचिल महत्व थाहा पाउँदा दंग थिइन ।
विद्यार्थी याङ्जी स्थानिय मानिसलाई लाटोकोसेरो नमार्न सल्लाह दिने बताउँछिन् । लाटोकोसेरो संरक्षणमा उत्सब आयोजना गरेर मनाइदा बढी प्रभावकारी हुने आयोजकको छ । उत्सबमा सांस्कृतिक झाँकी प्रस्तुतीले झनै मनमोहक र रौनक बढाउने छ । त्यो उत्सबमा देख्न सकिन्थ्यो ।
उत्सवको पहिलो दिन चरा अवलोकन, स्थानीय जिरेल नाच, तामाड् सेलो, लाटोकोसेरोसँग सम्वन्धित अस्थाई संग्रालय अवलोकन गर्ने व्यवस्था मिलाएको थियो ।
उत्सब नै किन ?
यद्यपी खेतबारीमा हुर्केका मुसा तथा किराफटेङ्ग्रा खाई अन्नबाली जोगाउन मद्दत गर्ने लाटोकोसेरो तथा हुँचिलको सरकारले अवैध चोरी रोक्न नसकेकोप्रति विज्ञहरुले चिन्ता व्यक्त गर्छन् ।
ठूला जंगली जनावरको तुलनामा साना पंक्षीहरुलाई अत्यन्तै कम महत्व दिइएको उनीहरुको भनाइ छ । तर वन तथा भू–संरक्षण मन्त्रालयका अधिकारीले भने पंक्षी संरक्षणका लागि पहल भैरहेको बताएका छन् ।
गैरसरकरी संस्था प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्य नेपालबाट करिब २ हजारको हाराहारीमा लाटोकोसेरोहरु तस्कर हुने गरेको बताउँछन् । उनका अनुसार दोलखा जिल्लाबाट मात्रै करीब २ सय वटा लाटोकोसेरो वार्षिक रुपमा व्यापार हुने गरेको छ ।
त्यस्तो ठाँउमा संरक्षणको सन्देश दिन उत्सब जिरीमा आयोजना निर्देशक आचार्यले बताए ।
विज्ञका अनुसार, हिमाली हाप्सिलो, लघु कर्ण, डुन्डुल, केब्रा जस्ता लाटोकोसेरो तथा हुँचिल समुन्द्री सतहबाट करीब १ सय देखि ५ हजार ५ सय उचाईसम्म पाइन्छ । तिनको अवैध व्यापार देशभरका ३२ वटा वाटो भएर हुने गरेको अनुसन्धानकोक्रममा भेटिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्य बताउँछन् ।
अनुसन्धानकर्ताहरुका अनुसार दोलखा जिल्लामा मात्रै ३ वटा बाटो बाटो भएर अवैध व्यापर हुने गरेको छ । यसै कारण पनि स्थानिय गैरसरकारी संस्था युवा सञ्जाल जिरीसँग सहकार्य गरी ७ औ लाटोकासेरो तथा हुँचिल उत्सव संयुक्त रुपमा आयोजना गरिएको कार्यकारी निर्देशक आचार्यले बताए । यसले संरक्षणमा महत्वपूृर्ण योगदान हुने छ ।
संरक्षणवादी आचार्यका अनुसार, एक जोडी लाटोकोशेरोको परिवारले करिब ३ हजार वार्षिक रुपमा मुसालाई आहाराको रुपमा खाने गर्छ । यद्यपी लाटोकोशेरोले किसान फाइदा गर्छ तर त्यसलाई ठूला जंगली जनावरसरह संरक्षणमा प्राथमिकता दिन नसकेको प्राणीविद प्राध्यापक करनबहादुर शाह बताउँछन् ।
प्रकृतिमा भएको जिवजन्तु सर्पहरु मुसाहरु छेपारो भ्यागुता यसलाई खाएर यिनिहरुको संख्यालाई बढ्न नदिने कारणले तिनिहरुले चाही मानवलाई सहायता गरिराखेका हुनेछ ।
नेपालमा कानुनी रूपमा पनि लाटोकोसेरो पाल्न र त्यसको ब्यापार गर्न पाईंदैन । यद्यपी चोरी तस्करी पूर्ण रुपमा रोक्न नसकिएकोप्रति वन तथा भूसंरक्षण मन्त्रालय जैविक विविधता तथा वातावरण महाशाखाका उपसचिव धनन्जय लामिछाने स्विकार गर्छन । उनी भन्छन्, दोलखाबाटै गयो भन्ने सक्ने अवस्था हुदैन । तर यसका लागि थप अध्ययनरअनुसन्धान गर्न आवश्यक पर्नेछ ।”
यद्यपी, नेपालबाट बन्यजन्तुहरुको चोरी निकासी नभएको भने होइन । केही सत्यता पनि हुन सक्छ । कतिपय जिवजन्तुको चोरी निकासी भैरहेको बेला–बेलामा जफत भैरहेको छ । यो विषयमा थप अनुसन्धान गरेर कार्वाइ गर्न लागि पर्न सकिन्छ । त्यो काम गरिरहेका छ, लामिछाने थप्छन् ।
विज्ञका अनुसार विश्वभर करीब सवा दुई सय जातिका लाटोकोशेरो पाइन्छन् । ति मध्य २२ प्रजातिका लाटोकोशेरो तथा हुचिल नेपालमा मात्र पाइन्छ । त्यसमध्ये नेपालका ९ प्रजाति दुर्लभ तथा लोपउन्मुख प्रजातिमा पर्ने बताइन्छ । दुई प्रजाती नेपालबाट लोप भैसको अनुमान गरिन्छ ।
किसानलाई फाइदा
संरक्षणकर्ताहरु लाटोकोसेरो तथा हुँचिललाई किसानको साथी भनेर चित्रण गर्दछन् । खेतबारीको मुसा नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले उनीहरुले किसानको साथी भएको प्रकृतिका साथीका निर्देशक राजु आचार्यले बताउँछन् । उनका अनुसार, लाटोकोसेराको परिवारले एक सिजनमा तीन हजार वटासम्म मुसा खान्छ। त्यसबाहेक यीनले किरा फट्याङग्रा, सर्प, भ्यागुता नियन्त्रणमा पनि सहयोग गर्छन् ।
स्थानिय सहभागिता
उत्सवको सह–आयोजकमा जिरी नगरपालिका, जिरी प्राविधिक शिक्षालय र गौरिशंकर संरक्षण क्षेत्र परियोजना (जिक्याप) थिए ।
उत्सवमा स्थानीय साँस्कृतिक झाँकी र लोपोन्मुख खेल टुटु प्रदर्शन गरिएको थियो । त्यसैगरी रातिमा लाटोकोसेरोको महत्व दर्शाउने स्लाइड तथा भिडियो प्रदर्शनी गरेको छ ।
उत्सवमा स्थानीय शेर्पा, जिरेल, नेवार नाच प्रर्दशन गरेका थिए । उत्सव संयोजक केन्द्र ज्योति खड्काले यसले लाटोकोसेरो मात्रै नभइ स्थानिय संस्कृति जगेर्ना गर्न मद्दत मिलेको बताए ।
स्थानीय विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कविता, तथा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।
उत्सवमा सहभागीहरुको अनुहार तथा नङ्गमा लाटोकोसेरो तथा हुचीलको चित्र समेत बनाउने भीड लागेको थियो ।
उत्सवमा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदवहादर खड्का, गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुषाल र सञ्चारकर्मी शोभा मानन्धरलाई पुरस्कृत जनही २५ हजार रुपैयाँ सहित ‘प्रकृति संरक्षण पुरस्कार’ दिइएको थियो ।
संरक्षण किन ?
गैँडालगायतका वन्यजन्तुहरुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो । औषधि, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गर्छ ।
प्रकृतिका साथीहरु नामक संस्थाले ३५ वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २००० वटासम्म लाटोकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रुपमा पठाईने गरेको भेटिएको छ । यसका अतिरिक्त गुलेलीको प्रयोग गरि लाटोकोसेरो लगायत चराहरु मार्ने गरेको भेटिएको छ ।
पछिल्लो अध्ययनले २५ प्रतिशत विद्यार्थीहरुले गुलेली प्रयोग गर्ने गरेको भेटिएको छ । मानिसहरुले लाटोकोसेरोको बच्चाहरुलाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ । यसका अतिरिक्त लाटोकोसेरोको वासस्थान विनास समेत तिव्र रुपमा भैरहेको छ ।
नेपालमा कानुनी रुपमा लाटोकोेसेरोलाई पाल्न, दुख दिन, बेच्न नपाइदैन । यस बारे स्थानीयहरुलाई कम जानकारी पाइएको छ । तर कानुन विपरीत काम गरेमा बीस हजार देखि पचास हजार सम्म जरिवाना तथा छ महिनादेखि एक वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । स्थानीय तथा अन्य सरोकारवालाहरुलाई यसबारेमा जानकारी दिई लाटोकोसेरो तथा हुचील संरक्षणमा टेवा पुगोस भनेर यो उत्सव गरिएको आयोजकले जनाएको छ ।
लाटोकोसेरोको महत्व
मुसाहरुको संख्या नियन्त्रण गर्ने भएकोले यसको छुट्टै महत्व छ । यसअर्थमा किसानको साथी भन्न सकिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा ३००० वटासम्म मुसाहरु खाने गर्छन् । मुसा बाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ ।
पर्यावरणलाई सन्तुलित राख्न पनि यिनको मुख्य भूमिका रहन्छ । यिनको उपस्थितीले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्दछ । लाटोकोसेरो सहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकास मार्फत मानविय जिविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरुको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछ ।
लाटोकोसेरो कस्ता खाले चरा हो ?
लाटोकोसेरा प्रायः राती तथा बिहान सक्रिय हुने र शिकार गर्ने चरा हो । त्यसो त यसले दिउँसो पनि आँखा देख्दछ । यिनीहरुकोे देख्ने तथा सुन्ने दुवै क्षमता अत्यन्तै राम्रो हुन्छ । यिनीहरुले रुखको टोड्को, भुइँमा तथा पहराहरुमा फुल पार्छन् र बच्चा कोरल्छन् । यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४ किलो ५०० ग्राम सम्मको हुने गर्दछ ।
लाटोकोसेराको शरीर अत्यन्तै हलुका तथा नरम भुवाहरुले ढाकेको हुनाले उड्दा खेरि आवाज आउँदैन । यिनीहरुले आपm्नो टाउकोलाई एकापट्टिमात्रै पनि २७० डिग्रीसम्म घुमाउन सक्छन् ।
नेपालमा यिनीहरुको बासस्थान तराईदेखि हिमालसम्म फैलिएको छ । यिनको सँख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ जसमध्ये ९ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । अन्य ३ प्रजातीको बारेमा जानकारी कम पाईएको छ । दुई प्रजाती नेपालबाट लोप भएको अनुमान गरिएको छ । विश्वमा करिब २२५ प्रजातीका लाटोकोेसेराहरु पाइन्छन् ।
जिरीको बनावट
समुन्द्र सतहबाट २००० मिटरको उँचाइमा रहेको जिरी पर्दछ । काठमाण्डौको टुडिखेलबाट विहान नियमीत रुपमा चरिकोट हुदै बसहरु जिरीका लागि जान्छन् । निजी वाहन वा मोटरसाइकल हुनेहरु बनेपाबाट खुर्कोट, मन्थली हुदै पनि जिरी पुग्न सक्छन् ।
चिया बगान, चिज उधोग, जिरी प्रावीधिक शिक्षालय, मन्दिर÷गुम्पा, जिरेल सस्कृति, शेर्पा सस्कृती तथा सल्लाका वनहरु अवलोक गर्न सकिन्छ ।
यस क्षेत्रमा भालु, चितुवा, मलसाप्रो, मुनाल, डाँफेले प्रकृति प्रेमीहरुलाई पनि लोभ्याउछ । जिरी उपत्यकाको माथिल्लो डाँडाहरुबाट मनोरम हिमश्रृखंलाका सुन्दर दृष्य देखिनुको साथै कस्तुरी मृग, रेड पान्डा, थार, नाउर, घोरल तथा दुलर्भ पशुपक्षिहरु समेत अवलोकन गर्न सकिन्छ ।
Leave a Reply