ठूला भूकम्पको अन्तराल थाहा पाउन अनुसन्धान

चुरेआसपासका  दरार अध्ययनकै आधारमा भविष्यमा जान सक्ने ठूला भूकम्पको अनुमान गर्न सकिने भूगर्भविद्हरुले बताएका छन् ।

–रिभोसाइन्स संवाददाता

काठमाडौं । खानी तथा भूगर्भ विभागले ठूला भूकम्पको अन्तराल थाहा पाउन तथा त्यसबाट हुने क्षति कम गर्न सहयोगी हुने भन्दै विगतमा गएका भूकम्पका दरारहरुमा खोजी गरेको छ । भू-उपग्रहका तस्वीर तथा विभिन्न अध्ययनको आधारमा बुटबल आसपासको सोरौलीमा अनुसन्धान थालिएको हो ।

चुरेआसपासका उक्त दरार अध्ययनकै आधारमा भविष्यमा जान सक्ने ठूला भूकम्पको अनुमान गर्न सकिने भूगर्भविद्हरुको भनाइ छ ।

उनीहरुले बुटवलको सोरौली क्षेत्रमा खानी तथा भूगर्भ विभागका भूगर्भविद् र जपानी भूगर्भविदको टोलीले भूकम्पको दरार अनुसन्धान गरिसकेका छन् । जसबाट विगतमा हिमाली क्षेत्रमा गएको ठूला भूकम्पले उत्पन्न दरारको अवस्था थाहा पाउन सकिने खानी तथा भूगर्भ विभागका भूगर्भविदहरुको भनाइ छ ।

दरारहरु सक्रिय वा निस्क्रिय थाहा पाउन सकेमा ठूला भूकम्पका आधार थाहा पाउन सकिने हुन्छ । खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा सोमनाथ सापकोटाले हालसम्म चुरेको फेदसम्म कतिवटा भूकम्प पुग्यो भन्ने हिसावको अध्ययन गर्नको निमित्त यो अनुसन्धानले सहयोग गर्नेछ ।

चुरेको फेद भनेको वुटवल, वर्दिवास, अतरिया दमक, काकटभित्ता आसपास हुन्। चुरेका फेदमा भएका पहाडको भेद छ त्यहाँको भूउपग्रहको तस्वीर र विभिन्न फोटाहरु हरेर अनुसन्धान गरिरहेका छौं । यसको नतिजा आउन कम्तिमा तीन महिना लाग्नेछ ।

भूकम्पविदहरुका अनुसार दरार भएको स्थान पहिचान गरी नहर खन्नुलाई ट्रेन्चिङ भन्छन् । त्यस्ता नहरहरु भूकम्पीय भूउपग्रहको तस्विर तथा स्थलगत अनुसन्धानका आधारमा नक्साकंन गरिएपछि खोज तथा अनुसन्धान गरिन्छ । अहिले बुटवलस्थति सोरौलीमा लम्बाई २०मिटर, चौडाड १० मिटर र गहिरा ६ मिटरसम्म जमिन खनिएको थियो । जसबाट खनिज पदार्थको केही नमूना कार्वन डेटिङकालागि संकलन गरिने विभागका भूगर्भविद् प्रकाश पोखरेल बताउँछन् । कार्वन डेटिङका परिक्षणको आधारमा भूकम्प गएको समय पृष्ट्री गर्न करिब तिन महिना लाग्ने हुन्छ ।

भूगर्भविद् प्रकाश पोखरेल भन्छन्, पुराना जिवजन्तुको अवसेस, जनवार अथवा वनस्तपतिको अवसेसको आधारमा कार्वन डेटिङ हुन्छ । ति अवसेसहरु कार्वन बनेर बसेको हुन्छ त्यसको नमुना निकाल्ने हो । त्यस्ता कार्वन केराउको दाना जत्र्त्रा हुन्छन ।

नेपालमा ठूला भूकम्प गएको तथ्यांक सन् १९९४ पछिका मात्र छन् । यद्यपी सन् ११०० देखि ठूला भूकम्प गएको बताइन्छ तर त्यस ताकाका तथ्यांक भने छैन । किनभने त्यस्ता प्राचीन भूकम्पले जमिनमा दरार पार्ने विज्ञहरुको भनाइ छ । त्यस्ता दरारको पहिचान अहिलेको प्रविधिका आधारमा गर्न सके त्यसबेला भूकम्प गएको समय निर्कोल गर्न सकिने मात्रै होइन भवन निर्माणमा फायदा समेत हुने त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसका भूगर्भविभागका सहप्राध्यापक डा दिपक चाम्लागाइ बताउँछन् ।

उनी प्राग ऐतिहासिक तथा ऐतिहासिक भूकम्पहरुको अध्ययन चाही हाम्रो सीधै गएर भूकम्पीय प्रकोप नक्सांकन र भूकम्पीय प्रकोप नक्सांकनबाट आएको तथ्यलाई थाहा पाउन सक्छौं । त्यस्ता तथ्यलाई भवन निर्माण समितामा त्यसलाई संलग्न गर्न सकिन्छ । त्यसकारण प्रत्यक्ष अवथा अपत्यक्ष रुपमा भवन निर्माण सहितामा एकदमै महत्वपूर्ण हुन्छ । जसले भविष्यमा हुने क्षति कम गर्न सकिन्छ ।

उनका अनुसार तराई र चुरे पहाडलाई छुट्याएर जाने जुन ‘मेन फ्रन्टल थ्रस्ट भनिने दरार छन् त्यसमा अध्ययन गर्न आवश्यक छ । किनभने यो दरार सबैभन्दा सक्रिय मानिन्छ । त्यस्तै दरारहरु जसलाई विभागका उपमहानिर्देशक डा सोमनाथ सापकोटाले अध्ययन/अनुसन्धान गरेको बताउँछन् ।

उनी वर्दीबासको दरारमा निरन्तर अवलोकन गरिरहेका बताए । सन् १५०५को भूकम्प पत्ता लगाउन सफल भएपनि पश्चिमा कहाँसम्म आइपुग्यो भनेर थाहा पाउन सकिएको छैन । केही भाग भारत तिर पनि पत्ता लगाएका छन् ।  सुर्खेत कटेर कोइलाबास त्यहाँबाट अझ पूर्व लाग्यो भन्ने कुरा विवाद भएको कारणले यो अनुसन्धान महत्वपूर्ण भएको उपमहानिर्देशक सापकोटाले बताए ।

विज्ञहरु त्यही दरारहरुका कारण भूकम्प जाने बताउँछन् । सक्रिय दरारको अध्ययन/अनुसन्धान हुन सकेमा कति समयको अन्तरालमा ठूला भूकम्प जान्छन भन्ने मात्र होइन भूकम्पीय प्रकोप नक्सांकन गर्नसमेत मद्दत मिल्नेछ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *