2025-07-09

नेपाली रोबोटले भियतनाममा घुयँत्रो हान्ने

आगामी भदौ  १० गते नेपाली रोबोटले  करीब  १० मिटर टाढाको दुरीबाट ९० ग्रामको घुयँत्रो फ्याक्ने छन् ।

ललितपुर– करिब दुई दशकअघि नेपालमा रोबोटको कुरा सुनाउँदा दिवास्वप्न ठानिन्थ्यो । तर, अहिले त्यो अवस्था छैन । पुल्चोकस्थित रोबोटिक्स क्लबका अभियन्ता रमेश चौधरी अनुभव हो यो ।

चौधरी भन्छन्, ‘नेपालमा रोबोटका कुरा गर्दा अधिकांशले नाक खुम्च्याउँथे ।’ त्यो दिन सम्झँदा अहिले उनलाई आश्चर्य अनुभूति हुन्छ । अहिले अवस्था फरक छ किनभने भियतनाममा हुन लागेको रोबोकन प्रतिस्पर्धामा करिब २५ जनाको टोली जाने भएको छ । त्यो पनि आफ्नै खर्चमा । ‘राज्यलाई यसबारे चासो राख्ने समय कहाँ छ र ? हामी भने लागिपरेका छौं,’ चौथरीको कथनी हो यो ।

‘रोबोट बनाउने चानचुने काम होइन,’ पुल्चोक इन्जिनियरिङ कलेज रोबटिक्स क्लबका विद्यार्थी भन्छन्, ‘त्यो माथि अरुले दिएको ‘थिम’मा काम गर्नु हरेक असम्भवलाई सम्भव बनाउनु हो ।’

गएको शुक्रबार पुल्चोकस्थित रोबटिक्सका विद्यार्थीले भियतनाममा प्रतिस्पर्धामा लैजान लागिएका रोबोट प्रदर्शन गरेका थिए । प्रदर्शनीमा करिब २५–२५ केजीका दुई रोबोट ‘खेलौना र ट्रयाक्टर’ राखिए ।

‘खेलौना’ नाम दिइएको रोबोटले प्रस्थान विन्दुबाट घुइँत्रो उठाएर ‘ट्र्याक्टर’ नाम दिइएको रोबोटलाई पास दिन्छ । त्यसपछि ट्रयाक्टरले करिब ३ मिटर पार गरेर १० मिटर टाढाको पोलमाथि जडित ‘गोलाकार रिङ’ भित्र फ्याँक्ने छ । दृश्य मनमोहक भए पनि काम भने त्यति सरल थिएन् ।

‘यसरी फ्याँक्ने एबीयु रोबोकन प्रतिस्पर्धाको नियम भएकाले सोही अनुसार निर्माण गरेका हौं,’ निर्माण तथा व्यवस्थापन जिम्मेवारी लिएको रोबटिक्स क्लबका संयोग लम्साल बताउँछन् ।

उनका अनुसार यो अवधिसम्म आइपुग्न झन्डै एक वर्षको मिहिनेत लागेको छ ।

खेलौना रोबोट मानिसद्वारा सञ्चालित हुन्छ भने ट्रयाक्टर रोबोट स्वचालित हुन्छ । स्वचालित रोबोटका चार पांग्रा भए पनि तीन पांग्राको सहायताले काम गेर्ने भएको त्यसलाई ट्रयाक्टर नाम दिइएकोे भन्छन् संयोजक लम्साल ।

खेलौना भनेको रोबोट बनाउने क्रममा खेल्दा खेल्दै आकार दिइएपछि त्यसको नामकरण खेलौना राखिदिएको विद्यार्थी सुश्रान्त पौडेलले बताए । उनका अनुसार ६ बार चापको शक्तिको माध्यमबाट रोबोटले घुइँत्रो हान्ने गर्दछ । रोबोट १२ भोल्टको ब्याट्रीको सहायताले हिँडडुल गर्छ ।

निर्माण तथा व्यवस्थापन जिम्मेवारी लिएका रोबटिक्स क्लबका संयोग लम्साल भन्छन्, ‘यसले भविष्यमा आफूले काम गर्ने क्षेत्रका बारेमा जान्ने अवसर प्रदान गरेको छ । अर्को भनेको एक प्रकारको चाप आइपर्ने हुँदा त्यस किसिमको चापसँग सामना गर्ने आफूमा क्षमता विकास भएको छ ।’

यद्यपि, उनले रोबोटिक्समा काम गर्दा अघिल्लो वर्ष एउटा परीक्षा नै छुटाउनु परेको थियो । यस वर्ष पनि त्यस्तै हुनेवाला छ । लम्साल चिन्तित देखिन्थे, ‘त्रिविले हाम्रो यस काममा उचित मूल्यांकन गर्नै सकेन ।’

क्लबको अभिभावकत्व गरिरहेका ई. रमेश चौधरी भने यस किसिमको समस्या भए पनि केही समाधान गरिरहेको बताउँछन् । पहिले रोबोटभन्दा पर हट्ने क्याम्पस प्रशासन अहिले नजिकिन थालेको उनको अनुभव छ ।

‘हामीले अलि चाँडै बुझेर धेरै दुःख पायौं, अबका विद्यार्थीले कम दुःख पाउनेछन् । काम रफ्तारमा गर्न सके, अझै काम गर्न सक्ने आशा छ ,’ उनले भने । कलेज सकारात्मक देखिएको कमीकमजोरी सुधार गरी आगाडि बढ्न सकिने उनको भनाइ छ ।

उनका अनुसार प्रतिस्पर्धामा विदेशका नामी विश्वविद्यालय आउँछन् । उनीहरूको रोबोट र हाम्रो रोबोटमा आकाश जमिनको फरक हुन्छन् । तैपनि नेपाली विद्यार्थीले आस मारेका छैनन्, निरन्तर १७ वर्षदेखि लागिपरेका छन् ।

चीनले करिब १३ सेकेन्डको अवधिमा सम्मूर्ण काम गर्ने खालका रोबोट निर्माण गरिसकेको छ । त्यो अहिलेसम्मकै सबैभन्दा कम समयमा काम सक्ने रोबोट हो । तर, नेपालले अहिलेसम्म करिब ५० सेकेण्डको अवधिमा दिएको काम गर्न सक्दछ । त्यसमा सुधारको चुनौती छ । विद्यार्थी संयोग लम्साल भन्छन्, ‘चीनमा उच्चखाले सामग्रीको प्रयोगले छिटो समयमा घुइँत्रो हान्न सक्छन् । हाम्रो पाटपुर्जा–सर्किट–बोड पनि विद्यार्थी आफैंले डिजाइन गरेका छन् ।’

विद्यार्थीहरु स्य‌मले बनाएका एबियु रोबोकन लेखिएको सर्किट वाेर्ड । तस्बिरः रिभाेसाइन्स

कम खर्च भन्दाभन्दै यस पटक रोबोट निर्माण गर्न झन्डै १० लाख खर्च भैसकेको छ । यद्यपि, पुल्चोक कलेजबाट ५ लाख सहयोग हुने भनिए पनि त्यो रकम पर्याप्त नभएको रशेम चौधरी बताउँछन् ।

‘अपुग रकम विद्यार्थी आफंैले जुटाउनुपर्नेे अवस्था छ,’ पूर्व विद्यार्थी ई. निश्वान ढकाल बताउँछन्, ‘कतिपय हाम्रा क्लबका पुराना साथीहरूले सहयोग गरेर सम्भव भएको छ ।’ उनी सन् २०१० देखि रोबटिक्स क्लबसँग आबद्ध भएर सहयोग गर्दै आइरहेको बताउँछन् । यसले धेरै विद्यार्थीको क्षमता अभिवृद्धि गर्न मद्दत मिल्ने उनको भनाइ छ ।

यो अवसरमा सहभागी हुन पाएकोमा मेकानिकल दोस्रो वर्षमा अध्ययनरत अनिल राहदि मगरे खुशी व्यक्त गर्छन् । नयाँ–नयाँ कुरा सिक्ने र आफूले अध्ययन गरेको इलेक्ट्रोनिक्स बारेमा प्रयोगात्मक ढंगले काम गर्न पाइन्छ ।

‘रोबटिक्समा लाग्दा विद्यार्थीले परीक्षासमेत छाड्नपर्ने अवस्थाले कतिपय विद्यार्थी सहभागी हुन मान्दैनन् । यद्यपि, हामी भने देशको गौरवका लागि परीक्षा छाडेर भए पनि प्रतियोगिता नछाड्ने अभियानमा छौं,’ संयोग लम्साल बताउँछन् ।

विदेशमा त्रिभुवन विश्वविद्यालयको नाममा प्रतिस्पर्धा गरिने भए पनि विश्वविद्यालयलाई कम चासो दिएको एक विद्यार्थीले गुनासो गरे । रोबटिक्स क्लबले सन् २००२ मा माबुची अवार्ड जितिसकेको छ ।

 

प्रकाशित

समाचार

ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा

टीभीएसको नयाँ स्कुटर जुपिटर-११० नेपालमा

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

एभरेष्ट र इन्टुजी बीच सम्झौता 

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा

टीभीएसको नयाँ स्कुटर जुपिटर-११० नेपालमा

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

एभरेष्ट र इन्टुजी बीच सम्झौता 

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

×