October 28, 2024

नेपालमा घट्दै ‘डल्फिन’को संख्या


तस्वीरः उदयन,अासाम

काठमाडौं । हालै सम्पन्न एक अध्ययनले नेपालमा डल्फिन (सोँस)को संख्या घटेको पाइएको छ । नेपाल जैविक विविधता अनुसन्धान समाजकाे अग्रसरतामा श्रावणको दोस्रो साता डल्फिन गणना गरेको थियो ।

डल्फिनको संख्या घट्नुका पछाडि पानी दुषित हुनु ठानिएको छ । त्यसका अलवा गर्मी मौसमा पानी सामान्य तापक्रमभन्दा बढ्ने हुन्छ । नदीमा पानीको धार अत्याधिक भएमा पनि डल्फिन कम पाइने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

अनुसन्धानकर्ता त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रिय विभागका प्राध्यापक डा. मुकेशकुमार चालिसेले विशेषगरी नेपालका कणाली, कोशी, भेरी, नारायणी र चुरे पहाडको क्षेत्रसम्म एक प्रजातीका डल्फिन पाइने बताए । यसको संरक्षण गर्न सके जैविक विविद्यता संरक्षणमा टेवा पुग्ने प्राध्यापक चालिसेको भनाइ छ ।

प्राध्यापक चालिसेका अनुसार यस पटक ४८ वटा डल्फिन गणना भएकाे छ । यो संख्या सन् २०१६को भन्दा २५ ले कम हो । यद्यपी सन् २०१७मा समाजकै पहलमा डल्फिन गणना  गरेको थियो । त्यतिखेर सुख्या याममा गणना गर्दा २४ वटा डल्फिन देखिएको थियो ।

‘पानीको सतह दुई मिटर गहिराईसम्मको नदी तथा नालामा डल्फिन भेटिन्छ,’ प्राध्यापक चालिसेले भने, ‘यसो हुनु भनेको नेपाली हावापानी प्राकृतिक रुपले राम्रो हो ।’

पानीमा बस्ने भएपनि यो माछाको जातीमा पर्दैन । डल्फिन स्तनधारी प्राणी हो । यसले बच्चा जम्माउने गर्दछ । माछाको जस्तो तन्तु ‘गिल्स’ नहुने हुँदा डल्फिनले पानीमा श्वास फेर्न सक्दैन । ‘श्वास फेर्नका लागि प्रत्येक दुई मिनेटमा हावामा उर्फिन पर्ने बाध्यता छ,’ प्राध्यापक चालिसे भने, ‘पानी बाहिर उफ्रने भएर गन्न सफल भएका हौं ।’

नेपालमा डल्फिनलाई पनि संरक्षित सूचिमा राखिएको छ । २७ वटा स्तनधारी प्राणीका प्रजातीमध्य डल्फिन पनि पर्दछ । तर यसको अनुसन्धान तथा गणना हुन नसकेपछि रुची राखिएको प्राध्यापक चालिसेले रिभोसाइन्सलाई बताए ।

अनुसन्धानकोक्रममा प्रत्येक एक वा आधा किलो मिटर दुरीमा मानिस बसेका थिए । त्यसको लागि ६३ जना स्थानिय मानिस खटिएको  थियो । ति मानिसले ३७ स्थानमा डल्फिन गणना गरेका थिए तर त्यसमध्य १५ स्थानमा डल्फिन देखिएन । यद्यपी यसअघि नदेखिएका कतिपय ठाँउमा यस पटक डल्फिन पाइएको प्राध्यापक चालिसेको भनाइ छ ।

वैज्ञाकिहरुले यसलाई ‘प्लाटिनिस्टा ग्याङ्गेटिका’ नाम चिन्दछन् । प्रकृति संरक्षणकोलागि अन्तर्राष्ट्रिय संघ (आयुसियन)का अनुसार विश्वमा पाइने कूल १ सय ३८ प्रजाति तथा सहप्रजातीमा नेपालको ‘प्लाटिनिस्टा ग्याङ्गेटिका’ सूचिकृत गरेको छ । नेपालमा  ‘प्लाटिनिस्टा ग्याङ्गेटिका’ डल्फिन मात्र भेटिएको छ ।

‘डल्फिनले मानिसले झै बच्चा जन्माउने गर्दछ । वर्षमा एक वा जुम्ल्याहा बच्चा जन्माउने गर्दछ,’ प्राध्यापक चालिसेले भने, ‘यसले मानिसले जस्तै स्तनपान पनि गराउँदछ । यसकारण जलचरहरुमध्य डल्फिनको महत्व अधिक छ ।’

कतिपय अवस्थामा यसको संरक्षण हुन सकेको छैन । संरक्षण गर्न सके पर्यटकीय रुपमा पनि फाइदा हुने देखिन्छ । माछा बढी पाइने स्थानमा डल्फिन पाइन्छ । पानीको धार कम वा ताल भएको स्थानमा यसको वासस्थान मानिएको छ ।

यस पटक पानीको धार कम तथा मौसम पनि सामान्य भएको कारणले अनुसन्धानकर्ताहरुले एक सय डल्फिन पुग्ने अनुमान गरेकाे थियो । तर नतिजा फरक आएन । पुनः केही स्थानमा डल्फिन गणना गेर्ने प्राध्यापक चालिसेले बताए ।

प्राध्यापक चालिसेका अनुसार डल्फिन विहान सात ७–१० बजेको समयमा अधिक मात्रामा सक्रिय हन्छ । वर्षातकाे समयमा हावामा अक्सिजनको मात्रा बढ्छ, पानीको सतह पनि बढ्नेछ त्यसबेला डोल्फिन नदीमा देखिन्छ । त्यही समयमा डल्फिन गणना गरिन्छ । त्यतिखेर सबै ठाउँमा गणक पुगी सकेको हुन्छ ।

‘प्लाटिनिस्टा ग्याङ्गेटिका’ स्वच्छ पानीमा पाइने डल्फिन हो । यो समुन्द्र सतहदेखि चुरे पहाडको तल्लो भूभागसम्म पाइन्छ । अधिक चिसो र अधिक तातो पानीमा पाइदैन । यस अनुसन्धानबाट ति स्थानहरुको जलिय पारिस्थिति प्रणालीको बारेमा जानकारी पाउन सकिने भन्दै प्राध्यापक चालिसेले भने, ‘पानी दुषितले कतिपय माछाका प्रजाती लोप भैसकेको छ । पानी दुषित भएको स्थानमा डल्फिन नपाइनु एउटा कारण हो ।’

आयुसियनले नेपालमा पाइने डल्फिनलाई पनि खतराको सूचीमा राखेको छ । नेपालमा पाइन प्रजातीको डल्फिन समुन्द्रमा बस्दैन । समुन्द्रीको नुनिलो पानीमा बस्दैन । अनुसन्धानकाे टाेलीमा प्राध्यापक चालिसेसँगै, त्रिविका सहप्राध्यापक सुनिल खतिवडा, पुजा उपाध्यायलगायतका प्राणीशास्त्रीहरु संलग्न थियो ।

नेपालमा पाइने डल्फिन भारत, वंगलादेश र पाकिस्तान पनि पाइने गरेकाे छ ।

समाजका अनुसार डल्फिन कन्जरभेसन सेन्टरकाे सहयाेगमा गणना गरेकाे  थियाे । गणना भैइरहदा सेन्टरका अध्यक्ष भाेजराज श्रेष्ठ, उपाध्यक्ष  विजयराज श्रेष्ठ, भाेजराज ढु‌ङ्गाना र नरेन्द्र रेग्मिलगायतले अनुगमन गरेकाे प्राध्यापक चालिसेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×