2025-07-11

विद्यालय तहमै ‘इन्जिनियरिङ’ अभ्यास

काठमाडौं । वृहस्पति विद्या सदनमा कक्षा ९  मा अध्ययरत भक्तपुरका उमेश थापा नमुना पानीको फोहरा बनाउन तल्लिन देखिन्थें । यस किसिमको अवसर विद्यालले अतिरिक्त कक्षा सञ्चालन गरेपश्चात् जुटेको हो । विद्यार्थी थापा भन्छन्, ‘आफूले चाहे जस्तो नमूना प्रोजेक्टमा काम गर्न पाउँदा खुशी लागेको छ । अझै धेरै गर्न मन छ तर विद्यालय अन्य विषय पढ्न पर्ने भएको त्यस्तो अवसर जुड्दैन ।’

कक्षा ९ मा अध्ययनरत अर्का विद्यार्थी कैलाश ढुंगाना ‘टेस्ला कोइल’ बनाउन व्यस्थ थिए । दुई घण्टामा आफ्नो प्रोजेक्ट सक्नु पर्ने भएको उनको टिमलाई बोल्ने फुर्सत थिएन ।

‘टेस्ला कोइल’ सन् १९८१ मा भौतिकशास्त्री निकोलस टेस्लाद्वारा प्रतिपादित सिद्धान्तमा आधारित छ । जसमार्फत् चुम्वकीय शक्तिको प्रयोगमार्फत् फ्रि इनर्जीको सदुपयोग गरि विद्युतिय शक्ति निकाल्न सकिने हुन्छ । उनीहरुले यस्ता कुरा पहिले इन्टरनेटमा खोजी गरेपछि थाहा पाएको रहेछन् । सम्पूर्ण ज्ञान र वनाउने विधि तथा आवश्यक सामग्री हासिल गरेपछि प्रोजेक्टको लागि तयार भएको विद्यार्थी कैलाश ढुंगानाले बताए ।

‘टेस्ला कोइल’ भनेको‘रेजोनन्ट ट्रान्सफरमर सक्रिटआधारित विद्युतीय परिपथ हो । अधिक भोल्टेज, कम विद्युत,  अधिक आवृति भएको अल्टरनेटिभ करेन्ट (प्रत्यावर्ती धारा) निकाल्न ‘टेस्ला कोइल’को प्रयोग गरिन्छ ।

यस्ताखाले सर्किट धाराको परिक्षण विद्युतीय शक्ति, एक्सरे उत्पादन,  अधिक आवृति भएको विद्युतीय करेन्ट निकाल्न, इलेक्ट्रो थेरापी, विद्युतीय तार विना करेन्ट (शक्ति) पठाउन प्रयोग गरिएको पाइन्छ । तर विद्यार्थीहरुले फ्रि इनर्जी निकाल्ने भन्दै लागि परिरहेका थिए ।

विद्यार्थीहरुले कलिलो उमेरमा यस्ता विषयमा जानकारीले उच्च शिक्षा अध्ययनमा निकै टेवा पुग्ने वृहस्पति विद्या सदनका निर्देशक प्रविणराज जोशीको भनाइ छ । जोशी चाहना भनेको विद्यार्थीहरुसँग भएको ‘इनोभेटिभ आइडियाज’ अर्थात् उनीहरुको दिमागमा भएको नयाँ कुरालाई यर्थाथमा परिणत गराउने खालका ज्ञान दिने हो । यसका लागि उनी विदेशी पाठ्यक्र ‍अध्ययन गर्ने र त्यस अनुसार पाठ्यक्रम निर्माण गर्नेतिर केन्द्रित रहेको जोशीले बताए । कतिपय नेपालमा गर्न कठिन कुराहरु पनि छन् । त्यस्ता कुरालाई सरलीकृत गरेर छुट्टै पाठ्यक्रमको प्याकेज पनि किनेर लागू गरिएको छ ।

विद्यार्थीले प्रयोग गर्ने गरेको थ्रीडी प्रिन्टर । तस्बिरः रिभोसाइन्स

जोशीका अनुसार, विद्यार्थीहरुको रुचि अनुसार काम सहजताको लागि विद्यालयले सायन्स, टेक्नोलजी, इन्जिनियरिङ, अर्टस् र म्याथम्याटिक्स (स्टिम) विभाग स्थापन गरेको छ । विभागमा अहिले तीन इन्जिनियर कार्यरत छन् । यसरी विद्यालय तहमा तीन इन्जिनियर राखेर स्कुले तहका विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक कक्षा गराइएकै सम्भवत पहिलो ठान्छन् निर्देशक जोशी ।

स्टिम ह्याकाथुन भनेर वृहस्पति विद्या सदनले कक्षा ६ देखि १० कक्षाको विद्यार्थीहरुलाई नियमित पाठ्यक्रममा राखेर अध्ययन गराई राखेको छ । त्यसका अलवा विज्ञान अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सस्तो स्याट बनाउन सिकाएको छ ।

हिउँदे तथा वर्खे विदाको अवसरमा पनि विद्यार्थीहरुलाई इलेक्ट्रोनिक, रोवटिक,  माटोका सामग्री बनाउने खालका प्रशिक्षण दिने गरेको छ । त्यस बाहेक विद्यार्थीहरुलाई थ्रीडी प्रिन्टिङ प्रयोग गर्ने अवसर जुटाएको इलेक्ट्रिक इन्जिनियर राजेश श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित

समाचार

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

खानेपानी विभागको वित्तीय प्रगति उत्कृष्ट

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

चलचित्र विकास बोर्डमा ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन हुने

यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

खानेपानी विभागको वित्तीय प्रगति उत्कृष्ट

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

चलचित्र विकास बोर्डमा ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन हुने

यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

×