2025-08-20

डीएनए डे मनाइयो

ललितपुर । वायोटेक्नोलजी सोसाइटी अफ नेपाल (वीएसएन)को आयोजनामा सातौं डीएनए डे मनाएका छन् । विश्व डीएनए डे अप्रिल २५ को अवसर पारेर वीएसएनले जैविक प्रविधि प्रर्दशनीसमेत गरेका थिए ।

‘डीएनए डे’को अवसरमा जैविक वैज्ञानिक सम्मेलन भएको थियो । फुड यान्ड इन्डस्ट्री बायोसाइन्स, मेडिकल यान्ड फार्मास्टिकल साइन्स, प्लान्ट यान्ड एग्रिकल्चर बायोसाइन्स र इन्भायोरोमेन्ट यान्ड कन्जरभेसन वायोसाइन्स चार विधामा वैज्ञानिकहरुले अनुसन्धानमा आधारित प्रस्तुति दिएका थिए ।

सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान , नास्टका उपकुलपति प्राडा सुनिलबाबु श्रेष्ठले जैविक प्रविधिमा गरिने अनुसन्धान समाजलाई जोड्न खालको बनाउन वैज्ञानिकहरुलाईं आग्रह गरें । छिट्टै नै नास्टले ‘समाजका लागि विज्ञान’ अभियानको थालनी गरिने छ । अवको विज्ञान परिणाम मुखी हुनु छ,’  उपकुलपति उपकूलपति श्रेष्ठले भने, ‘समाजको आवश्यकतामा वैज्ञानिक अनुसन्धान केन्द्रित अपरिहार्य भएको औल्याए ।’

उनका अनुसार नेपाल ग्लोबल इनोभेसन इन्डेक्समा १०८ औं स्थानमा छ । त्यसलाई दुई अंकमा झारिने छ नास्टका उपकूलपति श्रेष्ठले भने, ‘८८ औं स्थानमा भएको श्रीलंकाको सरह नेपालको ग्लोबल इनोभेसन इन्डेक्समा पुर्‍याइने छ।’

‘युवाले गरेको काम समाजसँग जोडिनु पर्दछ । त्यसले नयाँ व्यवसाय सञ्चालन गर्न सकिन्छ । वैज्ञानिक अनुसन्धान दिगो विकास लक्ष्यमा आधारित हुनु पर्नेछ । नास्टलाई छिट्टै नै स्मार्ट बनाइने छ । सरकारी तथा गैरसरकारी संस्थाहरुसँग हातेमालो गर्दै नास्टका वैज्ञानिक अनुसन्धानमा अगि बढ्न लागेको छ, ’उपकुलपति श्रेष्ठले भने ।

प्रदेश-३ का मन्त्री राजकाजी महर्जनले प्रदेशसभाले युवा लक्षित कार्यक्रममा जोड दिएको बताए । प्रदेश-३ सरकारले वैज्ञानिक कार्यलाई अगाडि बढाउन वैज्ञानिक उत्पादन तथा विकास गर्न समाज विकास मन्त्रालयको नेतृत्वमा वैज्ञानिकलाईं तालिम तथा प्रतिष्ठान स्थापना गर्ने योजना भएको बताए ।

पूर्वमन्त्री विज्ञान मन्त्री गणेश साहले जैविक प्रविधिको उपयोग नीतिमा जोड दिए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागका प्रमुख प्राडा कृष्णदास मानन्धरले डीएनए अध्ययनको महत्व बढ्दै गएको बताए । उनले जैविक अनुसन्धानकालागि आवश्यक प्रविधिको सुविधा नेपलमै उपलब्ध भएको बताए ।

बायोटेक्नोलजी सोसाइटी अफ नेपालका अध्यक्ष नविन मुनंकर्मीले सोसाइटीले जैविक प्रविधि कृषि, औषधि र  लगायतको क्षेत्रमा महत्व भएको बताए । उनका अनुसार जैविक प्रविधिको महत्व थप बुझाउन सके मुलुकलाईं कृषि, वातावरण संरक्षण, औषधि विज्ञान, फुड इन्डस्ट्रिज र रसायन विज्ञानलगायतका क्षेत्रहरुमा फाइदा पुग्नेछ ।

मा अद्यावधिक गरिएको

समाचार

यामाहा नेपालद्वारा ‘एमटी १५ भिटु’ र ‘एफजेट एस भी३ डिएलएक्स’ लञ्च

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री

सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

यामाहा नेपालद्वारा ‘एमटी १५ भिटु’ र ‘एफजेट एस भी३ डिएलएक्स’ लञ्च

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री

सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

×