2025-10-20

विज्ञान प्रविधिमा करीब २२ प्रतिशत बजेट वृद्धि

जेठ १६, काठमाडौ । सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा २९ अर्व २५ करोड १३ लाख बजेट वृद्धि गरेको छ । यो रकम गत आर्थिक वर्षको विज्ञान प्रविधि शिर्षकमा छुट्याइएको भन्दा २१.७५ प्रतिशतले बढी हो । आर्थिक वर्षमा ०७६/०७७ विज्ञा तथा प्रविधिमा १ खर्व ६३ अर्व ७६ करोड बजेट छुट्याएको छ । गत आर्थिक वर्षमा ०७५/०७६ मा १ खर्व ३४ अर्व ५० करोड ८७ लाख छुट्याएको थियो ।

पूर्व विज्ञान मन्त्री गणेश साहले बजेट वढ्नु सकारात्मक भएपनि विज्ञान प्रविधिको क्षेत्रमा अति राजनीतिकरण भएको बताए । वैज्ञानिक समुदायमाथि राजनीतिक हस्तक्षेप गर्न नहुने तर्क गर्दै उनले भने, ‘यदि त्यसो गरियो भने वैज्ञानिक समुदाय भडकिन सक्छन् ।’ विज्ञानको नाममा राजनीति गरेर विज्ञानको विकास सम्भव देखिदैन उनले भने ।  

‘विज्ञान संस्कृति मुलुकको ठूलो आवश्यकता हो । विज्ञानको विकासले मात्र सम्वृद्धि सम्भव हुन्छ । विज्ञान भनेको खाली पैसाले मात्र हुने होइन् त्यो नेताले बुझ्नु जरुरी छ, साहले रिभोसाइन्ससँगै कुरागर्दै भने, ‘अवैज्ञानिक संस्था राष्ट्रिय युवा परिषदलाई माथि राखेर विज्ञानको विकास सम्भव हुँदैन ।’ उसले वैज्ञानिक गतिविधि गर्न कति सुहाउँछ त्यो आफ्नो ठाउँ छ तर विज्ञानको विकास वैज्ञानिक सम्मेलन गरेर हुने होइन् साहले भने ।

‘वैज्ञानिकलाई सम्मान र काम गर्ने वातावरण तयार गर्न सकेन भने विज्ञानमा बढेको बजेटको कुनै अर्थ नहुने औल्याउँदै उनले विद्यालयतह देखि विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्ट्रीकृत विश्वविद्यालको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्म ‘अति’ राजनीतिक हस्तक्षेप हुँदै गएको बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख डा रविन्द्रप्रसाद ढकालले विज्ञान प्रविधिमा बजेट बढ्नु सकारात्मक तर उत्साह हुने खाले कूल ग्राहस्त उत्पादनको १ प्रतिशत भनेको जस्तो रुपमा बुझ्न नहुने बताए ।

‘नास्टको बजेट बढेर आएको छ प्रविधि संकाय प्रमुख ढकालले भने,  अनुसन्धान तथा विकासमा केन्द्रीत हुन सकेको छैन ।’ नास्टको जुन अपेक्षा थियो त्यसरी बजेटले सम्वोधन गर्न सकेको छैन उनले भने ।

‘विज्ञान प्रविधि मन्त्रालय शिक्षासँग गाभिएपछि बजेट छुट्याउने विषयमा नास्टले भूमिका पाउन सकेन्, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा विज्ञान प्रविधि सल्लाहकारसमेत भैसकेका ढकालले भने, ’वजेट आकर्षण बनाउने परिपाटीले नयाँखाले योजना मात्र समावेश भएका हुन्छन् ।’

उनले मुलुकमा विज्ञान प्रविधि क्षेत्रमा छुट्टै मदन भण्डारी विश्वविद्यालय आउँदा विश्वविद्यालय सञ्चालनको नयाँ अनुभव लिन सक्ने जनाए ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×