‘ढुङ्गा हान्ने होइन, ढुङ्गा भित्रको अल्मोनियम तथा जस्ता निकाल्न सक्ने वैज्ञानिक चाहिएको छ’— मन्त्री पोखरेल

नास्टले विभिन्न दश विधाका वैज्ञानिकलाई पुरस्कार प्रदान गरेको छ। (लिस्ट समेत)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले सम्वृद्धिका लागि समाज र वैज्ञानिक दुवैको साथ आवश्यक भएको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले आयोजना गरेको ‘पुरस्कार वितरण समारोह बोल्दै मन्त्री पोखरेलले ‘ पुरस्कार तथा सम्मानले नेपाली वैज्ञानिक तथा विज्ञानमा लामो समय योगदान गरेवापत युवा वैज्ञानिक तथा प्राविधिकहरुलाई उत्साह थप्ने काम गरेको’ बताए ।

वितेका तीन दशकमा नास्टले वैज्ञानिक संस्कार निमार्ण गर्न लागि परेको औल्याए । उनले नेपाली विज्ञहरु लामो समय विदेश बसाई पछि स्वदेशमा केही गर्ने उद्देश्यले नास्टको स्थापना गरेकोमा प्रशंसा गरें ।

नास्टले विश्वविद्यालय तथा विभिन्न मुलुकमा छरिएर रहेको वैज्ञानिकलाई एउटै सूत्रमा बाध्न सक्छ भन्दै मन्त्री पोखरेलले भने, ‘वजेट अभाव तथा आवश्यक वातावरण विना पनि नास्टले वैज्ञानिक कार्य गरेको छ ।’

जनताको अपेक्षा र आर्थिक विकास सम्वन्धित छन् । ‘त्यसको लागि वैज्ञानिक र समाजको साथ चाहिन्छ भन्दै उनले ‘टायर पोल्ने होइन्, टायरबाट इन्धन निकाल्ने वैज्ञानिक चाहिएको’ बताए । ‘ढुंगा हान्ने होइन टुंगा भित्रको अल्मोनियम तथा जस्ता निकाल्न सक्ने जनशक्ति चाहिएको छ । वालुवा झिक्ने मिश्र्त्री होइन सौर्य पाता वनाइदिने जनशक्ति चाहिएको छ,  मन्त्री पोखरलेले भने ।

‘नास्टले पानी परिक्षण गरेर, विकिरण नापेर र नाम नखुलेको थुप्रै बस्तुहरुको पहिचान गराई राख्नु भएको छ । राज्यले लगानी गरेको प्रतिफल  खोज्छ त्यो सत्य हो तर ज्ञान एकै दिनमा पलाउँदै आउँदैन समय लाग्छ आफूले बुझेको भन्दै मन्त्री पोखरेलले, ‘देश नाकाबन्दीले आक्रांन्त भएका बेला नास्टले निकालेको जैविक इन्धन, व्रिकेट, प्लास्टिक डिजेल , सौर्य पाता र टरबाइनहरुलाई खुबै सम्झेंको स्मरण गरें ।

उनले दक्षिण एशियाको सबैभन्दा पुरानो देशको धरोहर तथा मुल्यमान्यतालाई अगाडी बढाई वैज्ञानिक अनुसन्धान गर्न आग्रह गरें ।

‘शिक्षा, विज्ञान तथा प्रविधिमा भूकम्पको पुर्ननिमार्ण जोड्दा झन्डै १२ प्रतिशत बजेट छ । जिडिपीको एक प्रतिशत पुर्याउन लागि परेको छ ।’ अधिकांश समय नास्टको प्रशंसामा आफ्नो समय व्यतित गरेको मन्त्री पोखरेलले ‘मुलुक अन्तरिक्षसँग सम्वन्ध गास्न तथा विज्ञान नितिलाई अन्तिम रुप दिन लागि परेको बताए ।

नास्टका उपकूलपति डा सुनिलबाबु श्रेष्ठले गत आर्थिक वर्षको पुरस्कार वितरण प्राविधिक कारणले आफ्नो कार्यकालमा वितरण गर्न परेको बताए । विश्व विज्ञान प्रविधिको सूचांकमा नेपाल १०८ औं स्थानमा भएकोले आफ्नो कार्यकालमा दुई अंकमा झार्ने लक्ष्य सुनाए ।  

‘स्मार्ट नास्टको नीतिमा अगाडि बढ्दै छ। आगामी दिनमा सम्वृद्धिका लागि युवा लक्षित नवप्रर्वतक नीति लिइएको छ । युवा नव प्रवर्तक एकाई गठन गरी मुलुको सम्वृद्धिमा उत्साही युवाहरुलाई जोड्ने लक्ष्य लिइएको’ उपकुलपति श्रेष्ठले बताए ।

नवनियुक्त नास्टका सचिव तथा च्याउविद डा महेशकुमार अधिकारले मुलुकको सम्वद्धिको लागि युवा लक्षित वैज्ञानिक सोधलाई प्राथमिकता दिने जानकारी गराए ।

नास्टले विभिन्न दश विधाका वैज्ञानिकलाई पुरस्कार प्रदान गरेको थियो ।

पुरस्कार यस प्रकारका छन् ।

१. प्रकृति संरक्षण पुरस्कार     

सामुदायिक वन उपभोक्ता महासंघनेपालभक्तपुर

योगदानः नेपालको वन संरक्षण र व्यवस्थापन मार्फत जैविकविविधता संरक्षणजलवायु परिवर्तनवाट पर्न गएको असरलाई न्यूनीकरण एवम् अनुकूलनमा महत्वपूर्ण योगदान पु¥याए वापत ।

२.  विज्ञान पुरस्कार 

प्रा. डा. मेघराज धितालदाङ्ग

योगदानः नेपालका हिमालयहरूको गहन भौगर्भिक अध्ययनअनुसन्धान गरी भूगर्भ विज्ञानको क्षेत्रमा योगदान पु¥याए वापत । 

३  प्रविधि पुरस्कार

प्रा.डा विनय कुमार झासप्तरी

योगदानः जैविककार्वनिकअकार्वनिक  फोहोर तथा मूल्यहीन पदार्थहरूबाट फोहोर पानी प्रशोधन गर्ने मूल्यवान् एड्सोर्वेण्टहरूका साथै वातावरणमैत्री जियोपोलिमर बनाउने प्रविधि विकासमा योगदान पु¥याए वापत ।

४.  विज्ञान तथा प्रविधि युवा पुरस्कार

क)  डा. भानुभक्त न्यौपानेगुल्मी

योगदानः अति नजिक रहेका वस्तुहरूलाई छुट्याउन सक्ने खालको सूक्ष्मदर्शक यन्त्र तयार गरी कोषिका भित्र हुने विभिन्न जटिल प्रक्रियाहरूको अध्ययन गरी योगदान पु¥याए वापत  ।

ख) डा. महेश कुमार जोशीडडेल्धुरा

योगदानः टिस्यु इन्जिनियरिङ्ग अनुप्रयोगका लागि ईलेक्ट्रोस्पिनिङ्ग प्रविधिबाट विकसित द्धिआयामिक नानोफाइब्रोस मेम्ब्रेन बाट कम घनत्व भएको तन्तुको आन्तरिक संरचनासँग मिल्दोजुल्दो त्रीआयामिक स्काफोल्ड बनाउने प्रविधि विकास गर्न योगदान पु¥याए वापत ।

ग) डा. अजय पौडेलचितवन

योगदानः क्षयरोग छिटो र सजिलो तरिकाले पत्ता लगाउन सक्ने Loop-mediated isothermal amplification (LAMP) विधिको विकास र नेपालमा यसको पहिलोपटक परीक्षण तथा आनुवांशिक अध्ययन गरी योगदान पु¥याए वापत ।

घ) श्री दिपेन्द्र गौतमझापा

योगदानः Seismic fragility functions निर्माणको लागि उपयोगी प्रविधि र बहुप्रकोपीय जोखिमबाट संरचनामा पर्ने प्रभाव मूल्याङ्कन गर्ने पद्धति विकास गर्न योगदान पु¥याए वापत ।

ङ)  डा. इन्दिरा पराजुलीकास्की

योगदानः हिमाली क्षेत्रका दाउरा बाल्ने घरहरूका लागि तापमान सन्तुलित वायुसञ्चार प्रणालीधूँवाका कारण स्वास्थ्यमा पर्ने असर न्यूनीकरण सम्बन्धी अध्ययन गरी योगदान पु¥याए वाापत  ।

५. प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार

क) श्री नेपाल पोलिमर इन्स्टिच्यूट काठमाडौं

योगदानः पोलिमर विज्ञान तथा नानोप्रविधिको उपयोगिता सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन एवम् यस सम्बन्धीे नेपालमा गरिएका अनुसन्धान क्रियाकलापहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी योगदान पु¥याए वापत ।

ख) श्री माधवप्रसाद अधिकारीकाभ्रे

योगदानः विज्ञान शिक्षालाई सहजरूपमा बुझाउन स्थानीय सामग्रीबाट प्रयोगात्मक एवं प्रदर्शनात्मक शिक्षण विधिको विकास र ती विधिहरूको नेपाली भाषामा पुस्तक प्रकाशन गरी योगदान पु¥याए वापत ।

६. विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

श्री उमेश कुमार ओझाकैलाली

योगदानः विज्ञान तथा प्रविधिका उपलब्धि र ज्ञानवद्र्धक जानकारीहरू सरल भाषामा प्रकाशन माध्यममार्फत सर्वसाधारणसम्म पु¥याई योगदान पु¥याए वापत ।

७. TWAS पुरस्कार

क) डा. सुदीप ठकुरीकाभ्रे

Contribution on climate change and its role in modulating the mountain glaciers, glacial lakes, and the river flows, with the aim of bridging the knowledge gaps on the Himalayan cryosphere  

ख)  डा. सविन बसीकाठमाडौं

Contribution to develope techniques for solute transport through stomata in increasing crop productivity enhanced foliar uptake of agrochemicals   

८.  दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार

क)  श्री मिनु अधिकारीवनस्पतिशास्त्र केन्द्रीय विभागत्रिभुवन विश्वविद्यालय

योगदानः नेपालका तीन बाह्य मिचाहा प्रजातिका वनस्पतिको पारिस्थितिकीय बीज अंकूरण क्षमता तथा यसले वन विनासमा पर्न सक्ने असर र न्यूनीकरण सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।

ख)  श्री मितेस श्रेष्ठजैविक प्रविधि केन्द्रीय विभागत्रिभुवन विश्वविद्यालय

योगदानः अर्बुद रोगको कोषिकाहरूमा माइटोकोन्ड्रियाको भूमिकातिनको विभाजनमा संलग्न जीनहरूले कोषिकाहरूमा गरेको परिवर्तन तथा यस रोगको उपचारमा माइटोकोन्ड्रियाको भूमिका सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत   ।

९. नबिल विज्ञान तथा प्रविधि पुरस्कार

क)  डा. टेक बहादुर गुरूङ्ग,  स्याङजा

योगदानः रेन्बो ट्राउट माछापालन सम्बन्धी अनुसन्धान र मत्स्य प्रजनन् प्रविधिको विकासमा योगदान पु¥याए वापत ।

ख) डा. रबा थापाप्यूठान

योगदानः आँखाको पर्दाका रोगको अध्ययनयसबाट बच्ने उपाय र मधुमेह रोगबाट आँखामा पर्ने असरको पहिचान एवम्  सचेतना जागृत गरी अन्धोपन न्यूनीकरणमा योगदान पु¥याए वापत ।

ग) डा. गजेन्द्र शर्मास्याङजा

योगदानः नेपालको लागि उपयुक्त e-governance framework तयार गर्नुको साथै Virtual world को प्रयोगबाट        e-commerce technology को विकासमा अनुसन्धान गरी योगदान पु¥याए वापत ।

घ) प्रा. डा. विजया पन्त,  तेह्रथुम

योगदानः नेपालका लोपोन्मुख औषधिमूलक सुनगाभामा तन्तु सम्वद्र्धनका विविध प्रविधिको विकास गरी तिनको संरक्षण र विकासमा योगदान पु¥याए वापत ।   

१०. फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार

सरिता पौडेलकृषि तथा पशु विज्ञान अध्ययन संस्थानत्रिभुवन विश्वविद्यालय

योगदानः कट जरबेरा फूलहरूकोे गुणस्तर र यसको उत्पादन पश्चात् टिकाउ अवधिमा विभिन्न संरक्षक तत्वहरूको (Floral Preservatives)  प्रभाव सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।