
डा. काशीराज सुवेदी
त्रिभुवन विश्वविद्यालय, आयुर्वेद क्याम्पस कीर्तिपुर ।

मानव जातिको इतिहासमा प्राचीन कालदेखि परिचित भएका प्राणीहरूमा सर्प पनि पर्छ । वेददेखि पुराण,महाभारत, महाकाव्य, काव्य, धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र सबैमा धेरथोर सर्पहरूको वर्णन पाइन्छ । वेदमा सर्पहरूको स्थान पृथ्वी, अन्तरिक्ष र द्युलोकमा पनि भएको जनाइएकोछ ।१
पुराणहरूमा सर्पहरूको जन्म सर्वप्रथम कश्यपकी पत्नी कद्रुबाट भएको वर्णन पाइन्छ ।२ कद्रुबाट जन्मेकै हुनाले सर्पहरूलाई काद्रवेय पनि भनिन्छ ।३
अमरकोशमा सर्पका पर्यायहरू पृदाकु, भुजग, अहि, भुजङ्गम, आशीविष, विषधर, चक्री, व्याल, सरीसृप, कुण्डली, गूढपात्, चक्षुःश्रवा, काकोदर, फणी, दर्वीकर, दीर्घपृष्ठ, दन्दशूक, बिलेशय, उरग, पन्नग, भोगी, जिह्मग, पवनाशन यी छन् ।४ नागहरूको छुट्टै उल्लेख छ ।
नागहरूका मालिक(ईश्वर) शेषनाग, राजा वासुकि भनिएकोछ । सर्पका विभिन्न प्रकारहरूमा गोनस(घोणस), अजगर(अजिंगर), अलगर्द(पानीसर्प), राजिल र डुण्डुभ(विष नभएका र दुइमुखे सर्प)को वर्णन गरिएकोछ ।५
पुराणहरूमा शेषनागलाई विष्णुको शय्याको रूपमा, वासुकिलाई शिवजीको गहनाको रूपमा दर्शाइएकोछ । शेषनागको अर्को नाम अनन्त छ । नागपञ्चमीका दिन अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शंख यी आठ नागहरूको पूजा गरिन्छ ।६
जनमेजयले नागयज्ञ गर्न लाग्दा नागहरूको जीवनमा संकट आएको वेलामा जरत्कारु मुनिकी पत्नी मनसा देवी तथा उनका पुत्र आस्तीकले रक्षा गरेको हुनाले मनसालाई पनि नागमाताको रूपमा पूजा गरिन्छ ।७
जनमेजयले नागयज्ञ गर्न लाग्दा नागहरूको जीवनमा संकट आएको वेलामा जरत्कारु मुनिकी पत्नी मनसा देवी तथा उनका पुत्र आस्तीकले रक्षा गरेको हुनाले मनसालाई पनि नागमाताको रूपमा पूजा गरिन्छ ।
आयुर्वेदमा सर्पहरूको वर्णन विविध सन्दर्भमा भएको पाइन्छ । भावप्रकाश ग्रन्थमा वर्णन भए अनुसार विष्णु भगवान्ले मत्स्यावतार लिएर वेदहरूको उद्धार गर्नुभएपछि वहाँबाट शेषनागले सबै अङ्गसहित वेदहरूका साथ अथर्ववेद अन्तर्गतको आयुर्वेदको पनि अध्ययन गर्नुभएको थियो । पछि कुनै समयमा शेषनाग चर जस्तो बनेर पृथ्वीको वृत्तान्त बुझ्न घुम्दैजाँदा मानिस–हरूलाई रोगहरूबाट ग्रस्त भएका, कतै रोगहरूकै कारण मरिरहेका देखेपछि स्वयं दुःखी हुनुभयो र प्राणीहरूको दुःख शमन गर्ने उपाय सोच्नुभयो तथा त्यसका लागि आफैं वेदवेदाङ्गमा निपुण एक मुनिका पुत्रका रूपमा जन्मिनुभयो । पहिले चर जस्तो बनेर आउनुभएको र कसैले नचिनेको हुनाले वहाँ चरक नामले प्रसिद्ध हुनुभयो । वहाँले अग्निवेश आदि आत्रेयका शिष्य अग्निवेश आदि मुनिहरूले लेखेका तन्त्रहरूको संस्कार गरेर चरकसंहिता भन्ने ग्रन्थ रचना गर्नुभयो ।८
वहाँलाई केही व्याख्याकारहरूले पतञ्जलि मानी व्याकरण महाभाष्य, चरकसंहिता र योगसूत्रको पनि रचयिता भनेको पाइन्छ ।९
सुश्रुतसंहितामा प्राणीहरूका अनेक वर्गहरू मध्ये सर्पहरूलाई बिलेशय अर्थात् दुलामा बस्ने प्राणीका रूपमा राखिएकोछ ।१०
विषालु जन्तुहरूमा सर्पहरूलाई विशेष महत्व दिइएकोछ र तिनीहरूको विषलाई जंगम विष वर्गमा राखिएकोछ ।११
सर्पहरूका दुइ वर्ग छन् – दिव्य र भौम । दिव्य सर्पहरूमा वासुकि, तक्षक आदिलाई मानिएकोछ । तिनीहरू रिसाउँदा दृष्टि र निःश्वासद्वारा जगत् नै नष्ट गर्न सक्छन् । तिनीहरूबाट डसिएका जीवको चिकित्सा असंभव मानिएकोछ ।१२
भौम सर्पहरूको संख्या ८० भनिएको र तिनीहरूलाई ५ वर्गहरूमा बाँडिएकोछ – दर्वीकर, मण्डली, राजिमान् , वैकरञ्ज र निर्विष । उक्त ८० भौम सर्पहरू मध्ये दर्वीकर–हरूको संख्या २६, मण्डलीहरूको संख्या २२, राजिमान्को संख्या १०, वैकरञ्जको संख्या ३, निर्विषहरूको संख्या १२, वैकरञ्जबाट उत्पन्न चित्र, मण्डली, राजिल नामक सर्पहरूको संख्या ७ छ ।१३
दर्वीकर, मण्डली, राजिमान् र वैकरञ्ज यी चार वर्गका सर्पहरू विषालु हुन्छन् , तिनीहरूको विष दंष्ट्रा अर्थात् दाह्रामा हुनाले तिनीहरूलाई दंष्ट्राविष भनिन्छ ।१४
दर्वीकर सर्पहरूको फणा हुन्छ र यी वेगका साथ चाँडै हिंड्ने गर्छन् । मण्डली सर्पहरूको जिउमा अनेक मण्डलहरू(गोलो आकारका चिह्न) हुन्छन् , जिउ मोटो तथा गति(हिंडाइ) मन्द हुन्छ । राजिमान् सर्पहरूका जिउमा अनेक रङका लामा वा तेर्सा धर्साहरू हुनाले यी छिरबिरे देखिन्छन् ।१५
यी सर्पहरू कसैले खुट्टाले कुल्चेको खण्डमा, रिसाएको अवस्थामा अथवा भोक लागेको अवस्थामा मानिस आदिलाई डस्ने गर्छन् । इनीहरूले डस्दा देखिने स्थानीय लक्षणका आधारमा दंशका(डसाइ) चार प्रकार हुन जान्छन् – सर्पित, रदित, निर्विष, सर्पाङ्गाभिहत ।१६
दर्वीकर सर्पले टोकेको मानिसमा छाला, आँखा काला हुने, टाउको भारी हुने, जोर्नीहरू दुख्ने, हिक्का हुने, मुखबाट फीँजसहित ¥याल बग्ने, शूल हुने यी लक्षणहरू हुन्छन् । मण्डलि सर्पले टोकेको मानिसमा छाला,नङ पहेंला हुने, मुख र मूत्र–मल मार्ग आदिबाट रगत बग्ने, शरीर पोल्ने, जिउमा शोथ हुने यी लक्षणहरू हुन्छन् । राजिमान् सर्पले टोकेको मानिसमा छाला, नङ आदि पहेंला हुने, रोमाञ्च, मुखबाट बाक्लो कफ बग्ने, वमन भइरहने यी लक्षणहरू हुन्छन् ।१७
सर्पहरूको आहारमा साना जीवजन्तु र हावा मानिन्छ । तर नागहरूले सेवन गर्ने औषधिको जस्तो शक्तिवर्धक र रोगनाशक पेयको नाम सुधा रहेको कुरा चरकसंहितामा पाइन्छ । त्यहाँ वमन कर्मका लागि औषधि खानदिंदा अभिमन्त्रण गर्ने मन्त्रमा यो औषधि ऋषिहरूले सेवन गर्ने गरिएको रसायन जस्तो, देवताहरूले सेवन गरिने अमृत जस्तो र उत्तम नागहरूद्वारा सेवन गरिने सुधा जस्तो रोगीको हित गर्ने होस् भनी प्रार्थना गरिएकोछ ।१८
सर्पविष लगायत सबै विषहरूको उपचारका लागि आयुर्वेदमा २४ थरी उपायहरूको प्रयोग गर्ने विधान छ – मन्त्र, अरिष्टा, उत्कर्तन, निष्पीडन, चूषण, अग्नि, परिषेक आदि । ती मध्येमा अग्निबाहेक सबै सर्पविषमा प्रयोग हुने उपायहरू छन् ।१९
नागहरू विषको माध्यमबाट रोग र मृत्युको कारण बन्ने तथ्य प्रसिद्ध नै छ । यस बाहेक नागहरूको आवेशबाट पनि शारीरिक, मानसिक रोगहरू हुनसक्ने मान्यता आयुर्वेदका ग्रन्थहरूमा पाइन्छ र लोकमा पनि ज्योतिषीहरूले रोग आदि कष्टको वारेमा विचार गर्दा नागको दोष जनाएको पाइन्छ । त्यसरी आवेशबाट रोगको कारण बन्ने तत्वहरूलाई आयुर्वेदमा ग्रह भनिन्छ । ग्रहहरूको पहिचान र उपचारको विषय आयुर्वेदको भूतविद्या भन्ने अङ्गमा वर्णन हुन्छ । सुश्रुतसंहितामा भूतविद्याका विषय अन्तर्गत नागहरूको उल्लेख भएकोछ ।२०
उत्तरतन्त्रमा नागग्रहको आवेशबाट हुने उन्मादको लक्षण र उपचार अन्तर्गत बलिको विधान पनि वर्णन गरिएकोछ ।२१
गर्भको विकास राम्रोसित नभएको एक अवस्थाको नाम नागोदर भनिएकोछ ।२२
मानिसको मानसिक प्रकृतिको वर्णनका प्रसङ्गमा एक प्रकृति सर्पसंग सम्बन्धित हुनाले सार्प भनेर वर्णन गरिएकोछ ।२३
सर्पविषको प्रयोग विष तथा रोगको उपचारमा पनि हुनसक्ने तथ्य पनि पाइन्छ । वनस्पति वा खनिज विषको उपचारमा जंगम विष(सर्प आदिको) उपयोगी हुने मानिएकोछ ।२४
यसको एक उदाहरण महाभारतमा पनि देखिन्छ । दुर्योधनले भीमसेनलाई मार्न विषको प्रयोग गरिएको र सर्पहरूद्वारा त्यो विष नष्ट गरिएको वर्णन छ । चरकसंहितामा उदर रोगको असाध्य अवस्थामा सर्पविषको प्रयोग गर्ने विधान छ ।२५
आयुर्वेद अन्तर्गत रसशास्त्रमा पनि केही योगहरूमा सर्पविषको प्रयोग भएको पाइन्छ ।
यसरी आयुर्वेदमा सर्पहरूका विषयमा व्यापक वर्णन उपलब्ध छ ।
१. नमोस्तु सर्पेभ्यो ये के च पृथिवीमनु । ये चान्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः ।। – यजुर्वेद
२. कद्रू: सुषाव नागाँश्च गन्धर्वान् सुषुवे मुनि:। – मार्कण्डेयपुराणम्।९६।६
३. नागाः काद्रवेयाः – अमरकोश, पातालभोगिवर्ग ४ ।
४. सर्पः पृदाकुर्भुजगो …………………पवनाशनः ।। – अमरकोश, पातालभोगिवर्ग ६– ८ ।
५. …………….. अथ गोनसे । तिलित्सः स्यादजगरे शयुर्वाहस इत्युभौ ।।
अलगर्दो जलव्यालः समौ राजिलडुण्डुभौ । मालुधानो मातुलाहिर्निमुक्तो मुक्तकञ्चुकः ।। –
– अमरकोश, पातालभोगिवर्ग ४–५ ।
६. अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः । कुलीरः कर्कटः शंखश्चाष्टौ नागाः प्रकीतिताः ।र्।
७. जरुत्कारुमुनेः पत्नी …….नागमातर्नमोस्तु ते ।।
८. यदा मत्स्यावतारेण हरिणा वेद उद्धृतः । तदा शेषश्च तत्रैव वेदं साङ्गमवाप्तवान् ।
अथर्वान्तर्गतं सम्यगायुर्वेदं च लब्धवान् । एकदा स महीवृत्तं द्रष्टुं चर इवागतः ।।
तत्र लोकान् गदैग्र्रस्तान् व्यथया परिपीडितान् । स्थलेषु बहुषु व्यग्रान् म्रियमाणाँश्च दृष्टवान् ।
तान् दृष्ट्वाऽतिदयायुक्तस्तेषां दुःखेन दुःखितः । अनन्तश्चिन्तयामास रोगोपशमकारणम् ।।
संचिन्त्य च स्वयं तत्र मुनेः पुत्रो बभूव ह । ………………………………………….
आत्रेयस्य मुनेः शिष्या अग्निवेशादयोऽ भवन् । मुनयो बहवस्तैश्च कृतं तन्त्रं स्वकं ंस्वकम् ।।
तेषां तन्त्राणि संस्कृत्य समाहृत्य विपश्चिता । चरकेणात्मनो नाम्ना ग्रन्थोऽयं चरकः कृतः ।।
– भावप्रकाशः, पूर्वखण्डः , आयुर्वेदप्रवक्तृप्रादुर्भावप्रकरणम् ५७ – ६५ ।
९. पातञ्जलमहाभाष्यचरकप्रतिसंस्कृतैः । मनोवाक्कायदोषाणां हत्र्रेऽहिपतये नमः ।।
१०.श्वाविच्छल्यकगोधा……सर्पमूषिकनकुलमहाबभ्रुप्रभृतयो बिलेशयाः । – सुश्रुत. सू. ४६। ७६
११. सर्पाः कीटोन्दुराः लूता वृश्चिकाः……दंष्ट्रिणोऽमी विषं तेषां दंष्ट्रोत्थं जङ्गमं मतम् ।। चरकसंहिता, चि. २३ । ७ – ८
१२. असंख्या वासुकिमुखा विख्यातास्तक्षकादयः । …..क्रुद्धा निःश्वासदृष्टिभ्यां ये हन्युरखिलं जगत् ।
नमस्तेभ्योऽस्ति नो तेषां कार्यं किञ्चिच्चिकित्सया ।। – सुश्रुत. कल्प. ४ । ३–५
१३. ये तु दंष्ट्राविषा भौमा ये दशन्ति च मानुषान् । तेषां संख्यां प्रवक्ष्यामि यथावदनुपूर्वशः ।।
अशीतिस्त्वेव सर्पाणां भिद्यते पञ्चधा तु सा ।। दर्वीकरा मण्डलिनो राजिमन्तस्थैव च ।
निर्विषा वैकरञ्जाश्च त्रिविधास्ते पुनः स्मृताः । दर्वीकरा मण्डलिनो राजिमन्तश्च पन्नगाः ।।
तेषु दर्वीकरा ज्ञेया विंशतिः षट् च पन्नगाः । द्वाविंशतिर्मण्डलिनो राजिमन्तस्तथा दश ।।
निर्विषा द्वादश ज्ञेया वैकरञ्जास्त्रयस्तथा । वैकरञ्जोद्भवाः सप्त चित्रा मण्डलिराजिलाः ।।
पादाभिमृष्टा दुष्टा वा क्रुद्धा ग्रासार्थिनोऽपि वा । ते दशन्ति महाक्रोधास्तद्धि त्रिविधमुच्यते ।। – सुश्रुत. कल्प. ४ । ६–११
१४. शुक्रवत् सर्वसर्पाणां विषं सर्वशरीरगम् । क्रुद्धानामेति चाङ्गेभ्यः शुक्रं निर्मन्थनादिव ।।
तेषां बडिशवद् दंष्ट्रास्तासु सज्जति चागतम् । अनुद्वृत्ता विषं तस्मान्न मुञ्चन्ति च भोगिनः ।। – सुश्रुत. कल्प. ३ । ३४–३५
१५. रथाङ्ग–लाङ्गल–च्छत्र–स्वस्तिकाङ्कुशधारिणः । ज्ञेया दर्वीकराः सर्पाः फणिनः शीघ्रगामिनः ।।
मण्डलैर्विविधैश्चित्राः पृथवो मन्दगामिनः । ज्ञेया मण्डलिनः सर्पा ज्वलनार्कसमप्रभाः ।।
स्निग्धा विचित्रवर्णाभिस्तिर्यगूध्र्वं च राजिभिः । चित्रिता इव ये भान्ति राजिमन्तस्तु ते स्मृताः ।। – सुश्रुत. कल्प. ४ । २०–२२
१६. सर्पितं रदितं वापि तृतीयमथ निर्विषम् । सर्पाङ्गाभिहतं चैव केचिदिच्छन्ति तद्विदः ।। – सुश्रुत. कल्प. ४ । १२
१७. तत्र दर्वीकरविषेण त्वङ्नयननखदशनमूत्रपुरीषदंशकृष्णत्वं …….वातवेदना भवन्ति ।।
मण्डलिविषेण त्वगादीनां पीतत्वं शीताभिलाषः…..शोणितागमनमूध्र्वमधश्च…..श्वयथुर्दंशकोथः ….पित्तवेदना भवन्ति ।।
राजिमद्विषेण शुक्लत्वं त्वगादीनां शीतज्वरो रोमहर्षः …..आदंशशोफः सान्द्रकफप्रसेकश्छर्दिरभीक्ष्णं. उच्छ्वासनिरोधस्तमःप्रवेश–
स्तास्ताश्च कफवेदना भवन्ति ।। – सुश्रुत. कल्प. ४ । १५–१७
१८. रसायनमिवर्षीणां देवानाममृतं यथा । सुधेवोत्तमनागागानां भैषज्यमिदमस्तु ते ।। – चरक. कल्प. १ । १६
१९. मन्त्रारिष्टोत्कर्तन….. मृतसञ्जीवनमेव च विंशतिरेते चतुर्भिरधिकाः ।। – चरक. चि. २३ । ३३–३४
२०. भूतविद्या नाम देवासुर–गन्धर्व–यक्ष–रक्षः–पितृ–पिशाच–नागग्रहाद्युपसृष्टचेतसां शान्तिकर्म–बलिहरणादि ग्रहोपशमनार्थम् ।।
– सुश्रुत. सू. १ । ७ , – सुश्रुत. उत्तर. ६० । ११
२१. भूमौ यः प्रसरति सर्पवत् कदाचित् सृक्कण्यौ विलिहति जिह्वया प्रसक्तम् ।
निद्रालुर्गुडमधुदुग्धपायसेप्सुर्विज्ञेयो भवति भुजङ्गमेण जुष्टः ।।
– सुश्रुत. उत्तर. ६० । ११
तेषां शान्त्यर्थमन्विच्छन् वैद्यस्तु सुसमाहितः । जपैः सनियमैर्होमैरारभेत चिकित्सितुम् ।
रक्तानि गन्धमाल्यानि बीजानि मधुसर्पिषी । भक्ष्याश्च सर्वे सर्वेषां सामान्यो विधिरुच्यते ।। – सुश्रुत. उत्तर. ६० । २१
२२. चरक. शारीर. ८ । २६
२३. चरक. शारीर. ४। ४९
२४. चरक. चिकित्सा. २३ । १५
२५. चरक. चिकित्सा. १४ । १७३–१७५
Leave a Reply