साढे ३ अर्व वर्ष पहिलेको मंगल ग्रह

उपेन्द्र ढुंगाना

काठमाडौं । हालै सार्वजनिक गरेको एक अध्ययनले साढे ३ अर्व वर्ष पहिले मंगल ग्रहमा उल्का पिण्ड खसेको दावी गरेका छन् । प्लानेटरी साइन्स रिसर्च इन्स्टिट्यूटका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार उक्त उल्का पिण्डले मंगल ग्रहमा त्यसबेला सुनामी ल्याएको अनुमान गरेको छ ।

अमेरिकन जियोफिसिकल जर्नलमा प्रकाशन गरिएको वैज्ञानिक लेखका आधारमा उल्का पिण्ड खस्न पूर्व मंगल ग्रहमा समुन्द्र थियो, भनिएको छ ।

तीन अर्व वर्ष पहिले उक्का खस्दा एक सय फिट अग्लो सुनामी आएको थियो ।

सन् २०१६ मा खगोलशास्त्रीहरुले मंगल ग्रहमा अवस्थित ‘लोमोनोसोव क्रेटर’को अध्ययन गरेका थिए । उनीहरुले उक्त स्थान अरवौ वर्ष अघि मंगल ग्रहको सतहमा विनास गराउने उल्का पिण्ड खसेको स्थान हुन सक्ने दावी गरेका थिए ।

प्लानेटरी साइन्स इन्स्टिट्यूट अर्का लेखक वैज्ञानिक अलेक्स रोद्रिगेजले भने उक्त क्षेत्रमा खसेको उल्काले पुरै ग्रहलाई ध्वस्त पार्ने क्षमताको थियो भन्छन् । त्यसले सुनामी आउँदा मंगल ग्रहको सतहमै प्रभाव पारेको कुरा उनले औल्याएका छन् ।

पृथ्वीमा सानो आकारको उल्का खसीरहँदा समुन्द्र मुनि उल्का पिण्डले बनाएको क्रेटरहरु छन् । ‘मंगल ग्रहमा रहेको लोमोनोसोव क्रेटर त्यस बेलाको मंगलको समुन्द्र मुनि हुनसक्छ, उक्त क्रेटर मंगल ग्रहको विनासको सुरुवात केन्द्र रहेको अनुमान गरिएको छ ।

यस अघिका वैज्ञानिक खोजमा वैज्ञानिकहरुले मंगल ग्रहमा उल्का पिण्ड खसेर विनास भएको कुरा गरे पनि उल्का विनासको केन्द्र भने पत्ता लगाउन सकेका थिएन ।

अर्का वैज्ञानिक फ्ङ्कोइस कोस्तार्द उल्का पिण्ड खसेर बनेको क्रेटरको कारणले मंगल ग्रहको सतहमा परिवर्तन भएको बताउँछन् ।

वैज्ञानिकहरु अहिले मंगल ग्रह चिसो, सुख्खा र जीवन नभएको रातो ग्रहको रुपमा बुझ्दछन् ।