क्षुद्रग्रहमा यान अवतरण गर्दै नासा

पहिलो प्रयास सफल भएमा उक्त यानले ५७ ग्रामको खनिज पदार्थ लिएर पृथ्वी फर्किनेछ

–उपेन्द्र ढुंगाना

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले क्षुद्रग्रहबाट पहिलो पटक खनिजको नमुना ल्याउन लागिएको छ ।

ओसाइरिस रेक्स’ नाम दिइएको यानले बेन्नु नामको क्षुद्रग्रहबाट कम्तिमा ५७ ग्रामको खनिज पदार्थ लिएर पृथ्वी फर्किने नासाले जनाएको छ ।

भविष्यमा क्षुद्रग्रहहरु खानीको स्रोत बन्ने विश्लेषण छ । नासाका अनुसार सन् २०१६ सेप्टेम्बर ८ मा प्रक्षेपण गरिएको थियो ।

उक्त भू–उपग्रहले पृथ्वीभन्दा सात करोड माइल परको बेन्नु क्षुद्रग्रहको नजिक पुग्न दुई वर्ष अर्थात् सन् २०१८ डिसेम्बर ३ मा पुग्न सफल भएको थियो ।

समतल सतह नभएको उक्त क्षुद्रग्रहमा नासाले पठाएको यान अवतर गर्न कठिन भएपछि, छनोट गरिएका चार क्षेत्र मध्य कुनै एक क्षेत्रमा सन् २०२० सम्म अवतरण गर्ने लक्ष्य लिएको छ ।

नमुना संकलन गरेर पृथ्वीमा ल्याउने बाहेक हाम्रो सौर्यमण्डलमा गह्र तथा क्षुुद्र गहको उत्पत्तिमा अध्ययन गर्ने छ । त्यहाँबटा सकलन गरेर ल्याएको नमूना खानिजको भए नभएको जानकारी प्राप्त गर्ने नासाले जनाएको छ ।

सन् २०२३ सेप्टेम्बरसम्म खनिजको नमुना लिएर फर्कने उद्देश्य लिएको उक्त यान अहिले क्षुद्रग्रहमा अवतरण गर्न नासालाई निकै चुनौती भइरहेको छ ।

अरिजोना विश्वविद्यालयका वैज्ञानिक दान्ते लौरेताकाले भन्छन्, ‘बेन्नु क्षुद्रग्रह नजिक पुग्दा हामीले सोचेको भन्दा फरक सतह दखियो । त्यसकारण ‘ओसाइरिस रेक्स यानले चुनौतीको सामना गरेरै अवतरण गर्न सक्षम हुनेछ ।’ उनी मिसन टोलीका मुख्य अन्वेषक हुन् ।

अभियानका परियोजना प्रवन्धक रिच बर्न्स अनुसार यानलाई सफल अवतरण गर्न वैज्ञानिक समूहलाई थप मिहिनेत गर्नु परिरहेको छ ।

‘पृथ्वीमा खनिज पदार्थहरु उत्खनन गर्दा पर्यावरण मास्नु पर्ने हुन्छ,’ परियोजना प्रवन्धक रिच बर्न्स भन्छन्, ‘त्यसकारण यस किसिमको अभियान सफल भएमा क्षुुद्र ग्रह भरपुर उपयोग गर्न सकिन्छ । खनिज उत्खनन्मा लागेका ठूला व्यापारीहरूका लागि यो अभियोन निकै चासोको विषय बनेकोे छ ।’

यो अभियान सफल भएमा भविष्यमा अन्तरिक्षमा पाइने थुप्रै क्षुद्रग्रहहरुबाट प्रशस्त खानी उत्खनन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

×