अखाद्य ‘मर्करी’ प्रयोगमा प्रतिवन्ध

काठमाडौ‌ । सरकारले अखाद्य ‘मर्करी डेन्टल अमल्गम’ प्रयोगमा प्रतिवन्ध लगाएको छ । अखाद्य मर्करीको प्रयोग दाँत किराले खाएमा प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय मर्करी प्रयोगको ठाउँमा अन्य प्रविधि आएपनि अझै पनि अखाद्य ‘मर्करी डेन्टल अमल्गम’ प्रयोग गर्दै आएको जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्र (सीफेड) को अनुसन्धानले देखाएको थियो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०६९ फागुन २१ मा मर्करीयूक्त उपकरणहरुको आयात, खरिद तथा प्रयोगमा आ.व.२०७०।७१ देखि प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सम्पूर्ण रुपमा प्रतिवन्ध हुन भने सकेको थिएन । त्यसबेला अस्पतालहरुले जवरो नाप्न मर्करी प्रयोग नभएका डिजीटल थर्मामीटर तथा रक्तचाप नाप्न स्फिगमोम्यानोमीटरको प्रयोगम सुधार गरेको सेफेडका कार्यकारी निर्देशक रामचरित्र साहले रिभोसाइन्सलाई बताए ।

सेफेडका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार, विश्व स्वास्थ्य संगठन (डल्लुएचओ)ले मर्करीलाई मानवस्वास्थ्य र वातावरणमा असर पुर्याउने सूचीमा राखेकाे छ । मर्करीले स्मरण शक्ति, दृष्टि र सुन्ने क्षमतामा र्‍हास आउने, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिलाहरु, शिशुको बृद्धिविकासमा अवारोध पुर्‍याउने छ । शरीरको विभिन्न अँगहरु मस्तिष्क, फोक्सो र मृगौलासम्म असर गर्ने डब्लुएचओले उल्लेख गरेको छ । गर्भमा रहेको शिशुकोे शारीरिक, मानसिक र बौद्धिक विकासमा अबरोध हुनेछ ।

संयुक्त राष्ट्र संघीय मिनामाता मर्करी महासन्धि लगायत विभिन्न पेशागत संगठन, राष्ट्रिय, क्षेत्रिय एवं विश्वव्यापी रुपमा अनुसरण गर्दै गएका मर्करीमुक्त दन्त चिकित्सा सेवाबारे विभिन्न सम्बन्धित पेशागत संगठन जस्तै नेपाल डेन्टल ऐसोसिएसन, नेपाल मेढिहल ऐसोसिएसन, विश्व विद्दालय (त्रिभुवन तथा काडमाण्डौ) हरु, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु, नेपाल स्थित विश्व स्वास्थ्य संगठन, गैर सरकारी संघ संस्थाहरु लगायत अन्य सबै सरोकारबालाहरुसंगको समन्वयमा मर्करी डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाउने तर्फ निम्नलिखित वातावरण र जनस्वास्थ्यमैत्री निर्णय गरिसकेको छ ।

वन तथा वातावरण मन्त्रालयले हालै सम्पन्न गरेको नेपालको मिनामाता प्रारम्भिक मुल्याङ्कन (मिनामाता इनिसियल एसएसमेन्ट, एमआइए) प्रतिवेदनले खासगरी मर्करीयूक्त उपकरणहरु र डेन्टल अमल्गमको आयात, विक्रिवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने र दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा मर्करीमुक्त बैकल्पिक फिलिङ्गहरु जस्तै कम्पोजिट, गलासा आईनोमर, कम्पोमर आदिबारे यथेष्ट समावेश गरी उचित सुधार गर्नुपर्ने जस्ता सुझावहरुको परीपाललना गर्न समेत मद्धत पुग्ने सिफेडका साहको भनाइ छ ।

सन् २०१७ अगष्ट २६ मा मर्करी महासन्धि हस्ताक्षर गरेको थियो । महासन्धिमा नेपालसहित १२८ वटा देशहरुले हस्ताक्षर गरेकोे छ । करीब छ वर्ष अघि हस्ताक्षर गरे पनि अनुमोदन गर्न सकेको छैन । सीफेडलको अनुसन्धानमा आधारतमा मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवाका सम्बन्धित सबै सरकारबाला संस्थाहरुले गर्दै आएको पैरबीलाई सम्बोधन गर्न उपप्रधान मन्त्री एवं स्वास्थ्य र जनसख्या मन्त्री उपेन्द्र यादवले २०७६ साल भाद्र ४ गते को मन्त्रीस्तरीय निर्णय गरिएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले परिपत्रमा उल्लेखित बुंदा

क. गर्भवती र स्तनपान गराई रहेको महिला तथा १५ वर्षमुनि बालबालिकाहरुमा मर्करी डेन्टल अमल्गमको प्रयोग पुर्णतः प्रतिबन्ध लगाउने ।
ख. अन्य उमेरको हकमा विकल्प भएमा (मर्करी डेन्टल अमल्गमको प्रयोगमा) पाँच वर्ष भित्र प्रतिबन्ध लगाउने ।
ग. दन्त चिकित्सा अध्ययन अध्यापन सम्बन्धी विषयको लागि सम्बन्धित विश्वबिद्यालयहरु, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गर्ने ।
घ. प्रयोगात्मक अभ्यासमा मर्करी अमल्गमको प्रयोग प्रतिबन्ध गर्ने ।