2025-10-20

अध्यारोबाट बिजुली

सौर्य उर्जाको ठिक विपरित अध्यारोबाट उर्जा

काठमाडौं । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले अध्याँराेबाट बिजुली निकाल्न सफल भएका छन । यसलाई सौर्य उर्जाको ठिक विपरित अध्यारोबाट उर्जा भनेर बुझिएको छ ।

कुनै वस्तु र त्यसको वातावरणमा तापक्रम भिन्नता हुदा तातो वस्तुले चिसो वातावरणमा विकिरण पैदा गर्दछ जसलाई ‘थर्मल विकिरण’ भनिन्छ । रातको समयमा हुने तापक्रम परिवर्तनको क्रममा तातो वस्तुले वातावरणमा छर्ने यहि थर्मल विकिरणलाई स्रोत बनाएर वैज्ञानिकहरुले बिजुली निकाल्न सफल भएका हुन । वैज्ञानिकहरुले प्रति वर्गमिटरमा २५ मिलिवाटसम्म बिजुली निकालेर एक एलइडि बत्ती बाल्न सफल भएका थिए ।

क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ता प्रोफेसर अस्वथ रमणका अनुसार घाम नभएको अवस्थामा पनि यसले विजुली निकाल्न सक्षम रहेको हुदा यो विकट क्षेत्रहरुमा उर्जाको स्रोत बन्न सक्नेछ ।

साथै अध्यारोमा वातावरणमा रहेको चिसोपनको फाइदा उठाएर थर्मल विकिरणमार्फत बिजुली निकाल्दा यसले सौर्य उर्जाको क्षमता बढाउन सकिने उनको विश्वास छ ।

सौर्य उर्जाले घामको मद्दतबाट विजुली निकालेको जस्तै यसले थर्मल उर्जाको मद्दतले बिजुली निकाल्ने भएकोले यसलाई ‘थर्मल जेनेरेटर’ भनिएको छ । बिजुली निकाल्न धेरै विकल्पहरु रहेको छ, जसमा सौर्य उर्जालाई प्राथमिकता दिइन्छ ।

यो अनुसन्धानबाट दिउँसो घाम लाग्दा मात्र बिजुली निकाल्न सकिने तर रातको समयमा निकाल्न नसकिने हुदा सौर्य उर्जाको बिजुली निकाल्ने दक्षता अरुभन्दा कम रहेको छ ।

वैज्ञानिहरुको योसफलतासँगै अब वैकल्पिक उर्जा अध्यारोबाट उर्जा ल्याउने उनीहरुको लक्ष्य छ । अँध्यारो र सौर्य उर्जासँगै मिलाएर ल्याउन सके दिन र रात दुवै समयमा लगातार विजुली निकाल्न सकिने उनीहरुले दावी गरेका छन ।

हालै मात्र उक्त अनुसन्धनानको वैज्ञानिक लेखोट ‘जुल जर्नल’मा प्रकाशन गरेका छन् ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×