अहिलेसम्मकै विशाल न्यूट्रन तारा फेला

काठमाडौं । वैज्ञानिकहरुले सूर्य भन्दा करीब २.१४ गुणा बढी भार भएको विशाल न्यूट्रन तारा फेला परेको दावी गरेका छन् । उनीहरुअनुसार करीब ४ हजार ५ सय प्रकाश वर्ष अर्थात् (४२ हजार ५७३ खर्व किलोमिटर) फेला परेको भर्जिनिया विश्वविद्यालयका खगोल वैज्ञानिक ‘हनाह थ्यान्क्फुल क्रोमार्ति’ले बताइन् ।

वैज्ञानिक ‘हनाह थ्यान्क्फुल क्रोमाति’का अनुसार J0740+6620 नाम दिइएको उक्त न्यूट्रन तारा अहिलेसम्मकै विशाल घनत्व भएको तारा हुनसक्ने अनुमान गरिएको छ । यसको व्यास करीब १५ माइल छ ।

यो तारा अन्तरिक्षमा प्रति सेकेन्ड २ सय ८९ पटक घुम्दछ । त्यसरी अन्तरिक्षमा घुम्दा निरन्तर रेडियो तरंग फ्याक्ने गर्दछ । त्यसैकारण यस न्यूट्रन स्टारलाई ‘मिलिसेकेण्ड पल्सर’ भनिएको छ ।

खोजकर्ता वैज्ञानिकहरुका अनुसार विशाल ताराको घनत्व बढ्दै गएर एक्कासी विस्फोट हुन्छ । विस्फोटपछि ति ताराहरु खुम्चन्छन् । भारअनुसार त्यस्ता ‘न्यूट्रन स्टार’ बन्ने खगोलविदहरुकोे भनाइ छ ।

यसरी खुम्चिएर बनेको ‘न्यूट्रन स्टार’को घनत्व एउटा अणुको घनत्व बराबर हुन्छन् । वैज्ञानिक ‘हनाह थ्यान्क्फुल क्रोमार्ति’का अनुसार यस अघि पनि न्यूट्रन ताराहरु फेला परेका थिए । तर त्यसबेला पाइएको न्यूट्रन तारा भार हाम्रो सूर्य भन्दा कम भारका थिए ।

‘ग्रीन ब्याङ्क अब्जरभेटरी र अरेसिबो अब्जरभेटरी’को रेडियो टेलेस्कोपहरुले संकलन गरेको सूचनाको आधारमा उक्त न्युट्रन स्टाराको अध्ययन गरिएको थियो ।

वैज्ञानिकहरुले ताराको जिवनचक्र अध्ययन गर्नेक्रममा ताराहरूबाट आएको प्रकाशको वेभलेन्थ र फ्रिक्वेन्सीे मापन गर्छन् । तिनिहरुको अन्तराल आधारमा वैज्ञानिकहरुले ताराको दुरी र ठूला वा साना छन् भनेर थाहा पाउनेछ ।

उक्त सोधकाे नतिजा प्रसिद्ध जर्नल नेचर एस्ट्रोनमीमा प्रकाशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

×