शुक्रग्रहबारे पछिल्लो तथ्य

अध्ययनले शुक्र ग्रहमा सुदुर अतितमा जीवन सम्भव रहेको उल्लेख गरेको छ

एक पछिल्लो अध्ययनले पृथ्वीबाट सबैभन्दा नजिकमा रहेको शुक्र ग्रहमा अरवौ वर्ष पहिला जीवन अश्तित्वको लागि उपयुक्त अवस्था रहेको देखाएको छ । उक्त अध्ययनले सुदुर अतितको समयमा शुक्र ग्रहको सतहमा तरल अवस्थाकै पानी रहेको र त्यसको तापक्रम जीवात्माको अश्तित्वको लागि सन्तुलित थियो भन्ने तथ्य पेश गरेको छ ।

पृथ्वीको जुम्ल्याहा ग्रह भनेर चिनिने शुक्र ग्रह अहिलेको अवस्थामा केवल एक मृत, बन्जर सतह र बाक्लो विषाक्त वायुमण्डलले भरिएको ग्रहको रुपमा चित्रित गरिन्छ । हाल त्यस ग्रहको सतहको तापक्रम ४६२ डिग्रि सेल्सिियससम्म पुग्ने गर्छ । यो तापक्रम भनेको सिसा पगलिने तापमान हो ।

हालै शुक्र ग्रहको सतहको जलवायु अध्ययनले करिव ३ अरव वर्ष पहिले त्यस ग्रहमा जीवनको लागि सन्तुलित तापक्रम भएको दावी गरेको छ । त्यसकारण उक्त समयमा त्यस ग्रहको सतहमा पानी तरल अवस्थामा रहन सक्थ्यो । अरु ग्रह जस्तै शुक्र ग्रह पनि साँढे ४ अर्व वर्ष अघि नै उत्पन्न भएको मानिन्छ ।

सो अध्ययनअनुसार करिव ३ अरव वर्ष अघि शुक्र ग्रहको सतहको तापक्रम दिनमा ५० डिग्री सेल्सियस पुग्थ्यो भने रातमा २० डिग्रीसम्म झर्ने गरेको थियो । तर, ७०–७५ करोड वर्षअगाडि शुक्र ग्रहको वायुमण्डलमा एक्कासी कार्बन उत्सर्जनको मात्रा अत्यधिक बढ्दा उक्त ग्रहको तापक्रम बढ्दै जान थालेको दावी गरिएको छ ।

गदार्ड इन्सिटिच्युट अफ स्पेस साइन्सका वैज्ञानिक माइकल वेअनुसार “हाम्रो खोजको परिकल्पनाअनुसार शुक्र ग्रहमा अरवौ वर्षसम्म सन्तुलित तापक्रम रहेको थियो, जसमा जीवन विकास सम्भव हुने वातावरण थियो । तर, एक्कासी कार्बन उत्सर्जनको मात्रा अत्यधिक बढ्दा जीवन उपयुक्त शुक्र ग्रह बन्जर जस्तो ग्रहमा परिवर्तन भएको थियो ।” उनले आफ्नो सो अध्ययनको नतिजा युरोपेली प्लानेटरी साइन्स कंग्रेसमा प्रस्तुत गरेका छन ।

यो अध्ययनको नतिजा सन् १९८० मा अमेरिकी अन्तरिक्ष संस्थान (नासा) को शुक्र ग्रह अध्ययन गर्ने पायोनिर मिसनले शुक्र ग्रहमा कुनै बेला समुन्द्र भएको हुनसक्ने सुझावसँग मिल्दोजुल्दो देखिएको छ । तर, शुक्र ग्रह सुर्यबाट दोश्रो नजिकको स्थानमा भएकोले यसको सतहमा समुन्द्र भएको हुन सक्ने दावीप्रति केहि वैज्ञानिकको असहमति रहेको थियो । (एजेन्सीको सहयोग)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×