‘सुपरनोभा’ तारा विष्फोटन प्रक्रिया

विशाल तारा आफ्नो जीवनको अन्त्यतिर एक्कासी विष्फोट भएर अन्तरिक्षमा उर्जा र पदार्थ फैलने घटनालाई ‘सुपरनोभा’ भनिन्छ । यो एक खगोलीय गतिविधि हो, जसमा ताराभित्र नाभिकीय प्रकियाले उत्पन्न पदार्थ र उर्जा अन्तरिक्षमा छर्ने गर्छ ।

ब्रह्माण्ड हरेक वस्तुको उत्पति र अन्त्य हुने गर्छ । र, ताराहरुको पनि अन्त्य हुने गर्छ । तारा विष्फोटनको लागि एक खास अवस्था चाहिने हँुदा सबै तारा आफ्नो जीवनको अन्तिम क्षणमा विष्फोट हुन्छ भन्ने खास नियम भने हँुदैन ।

ताराको अन्त्य बुझ्नु अघि त्यसको जन्म पनि बुझ्न जरुरी हुन्छ । भर्खर जन्मेको नयाँ तारामा हाइड्रोजन ग्यासको मात्रा निकै धेरै हुनेगर्छ जसलाई नाभिकीय प्रक्रियाले हिलियम र उर्जामा परिणत गर्दै लैजान्छ ।

हाइड्रोजनको मात्रा घटेर हिलियमको मात्रा बढ्दै जान थालेपछि हिलियमलाई पनि अझै नाभिकीय प्रक्रियाले कार्बनमा परिणत गर्दै जान्छ । कार्बन पनि यहि नाभिकीय प्रक्रियाले अझै गर्हौ पदार्थ बन्दै जानेक्रममा फलाम बन्न पुग्छ ।

तारमा नाभिकीय प्रक्रियाले हाइड्रोजनदेखि फलामसम्म बन्ने क्रममा ताराको आकार, तापक्रम र भार बदलिदै जाने गर्छ । ताराको यहि प्रकृति जस्तै आकार, तापक्रम, भार अर्थात पिण्डअनुसार त्यस ताराको अन्त्य कस्तो हुन्छ भनेर अनुमान गर्न सकिन्छ ।

सूर्यको जस्तै पिण्ड भएको भएको ताराहरु समयक्रमसंगै आकार बढ्दै जादा यो एक विशाल रातो तारामा परिणत हुनेछ । उक्त ताराको गुरुत्व शक्तिको प्रभाव कम हुँदै जादा त्यस ताराको बाहिरी भाग अन्तरिक्षमा उच्छिटिन पुग्छन र ताराको केन्द्रमा रहेको कोर पिण्ड मात्र बाँकी भएर यो एक श्वेत वामन अर्थात ह्वाइट ड्राउफ वा कृष्ण वामन ब्याल्क ड्राउफ तारा बन्नपुग्छ ।

सूर्यभन्दा बढी भार भएको ताराहरु पनि हाम्रो सूर्यको जस्तै आकार बढ्दै जादा निकै विशाल हुनेछ । तर, उक्त तारामा हाइड्रोजनको मात्रा सकिएर केवल फलाम मात्र बाँकी हुनेछ तब यसको गुरुत्व बलले यसलाई एक्कासी खुम्च्याउनेछ. । यसरी एक्कासी खुम्चिन पुग्दा फलामको कोर अरवौ डिग्रीसम्म तात्न पुग्नेछ । यसरी तातेको कोरलाइ ताराको गुरुत्वशक्तिले सम्हाल्न नसक्दा यो फुट्न पुग्नेछ जसले गर्दा उक्त तारा भित्र रहेको सबै पदार्थ र उर्जाहरु अन्तरिक्षमा फैलिने छ । यहि घटनालाई नै सुपरनोभा अर्थात तारा विष्फोटन भनेर बुझिन्छ । (एजेन्सीको सहयोगमा)