वैज्ञानिकलाई स्वदेश काम गर्ने वातावरण बनाउन उपराष्ट्रपति पुनको आग्रह

४ कात्तिक, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले देश भित्र वैज्ञानिकलाई काम गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा आयोजना गरिएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उनले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिक भूमिका महत्वपूर्ण भएको बताए ।

विदेशी भूमिमा नेपाली वैज्ञानिकको जमात ठूलै छ,  उनीहरुलाई स्वदेश फर्कन आह्वान गर्दछु, उपराष्ट्रपति पुनले भने, ‘देशमा रहेर योगदान गर्दा सबैको हित हुनेछ ।’

‘बेलायतमा औद्योगिक क्रान्तिपश्चात् प्रविधिको विकास भएको उल्लेख गर्दै उनले त्यसैगरी नेपाली वैज्ञानिकले पनि विज्ञान प्रविधि र नवप्रवर्तनलाई नेपाली जीवनसँग जोड्न आवश्यक रहेको औल्याए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि एकअर्कासँग परिपुरक छ त्यसकारण मुलुकको समृद्धिका युवा वैज्ञानिकलाई स्वदेशमा फर्काउने योजनामा आफूहरु रहेको बताए ।

नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न सरकारले नास्टलाई प्राथमिकतामा नराखेको बताए । बजेट पनि तलब भत्तामा खर्च हुने हुँदा बजेट बढाउन उनले सरकारसमक्ष आग्रह गरें ।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ छिमेकी मुलुक भारत, चीन र जपानलगायत २० देशबाट नेपाली युवा वैज्ञानिकले भाग लिएको आयोजकले जनाएको छ । सम्मेलन आयोजकका अनुसार १८ वटा विषयमा कार्यपत्र प्रस्तुति, छलफल र ज्ञानको आदानप्रदान हुनेछ ।

सम्मेलनकाे उद्घाटन् नास्टका सचिव डा‍ महेशकुमार अधिकारीले स्वागत मन्तव्य राख्दै युवालाई वैज्ञानिक खोजमा लगाउन नास्टले अग्रसर भैरहेकाे जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

×