अवको डेढ वर्षमा नेपाल केमिकल सोसाइटीको आफ्नै भवन ठडिने

–रिभोसाइन्स संवाददाता

२८ कार्त्तिक, काठमाडौं । रसायनशास्त्रीहरुको गैर नाफा मुलक संस्था नेपाल केमिकल सोसाइटीले नयाँ भवन बनाउने भएको छ । हालै बसेको नयाँ कार्यसमितिले भवन बनाउने निर्णय गरेको अध्यक्ष प्राडा निरञ्जन पराजुलीले बताए ।

अध्यक्ष पराजुलीका अनुसार स्थापनाको ४० वर्षसम्म केमिकल सोसाइटी त्रिभुवन विश्वविद्यलय रसायन शास्त्र केन्द्रीय विभाग कीर्तिपुरको परिसरमा बस्यो । संगठित सदस्य ९ सय ३० रहेको सोसाइटीमा प्राडा राजाराम प्रधानाङ्ग अध्यक्ष भएको कार्यसमितिले सोसाइटीका लागि त्यसबेला कीर्तिपुरको भूतखेलमा १२ लाख रुपैयामा जग्गा खरिद गरेको थियो । त्यसै जग्गामा वर्तमान कार्य समितिका पदाधिकारीको नेतृत्वमा भवन बनाउन लागि परेको छ ।

‘केमिकल सोसाइटी त्रिभुवन विश्वविद्यालयसँग आवद्ध वौद्धिक संस्था सबैभन्दा पुरानो संस्था हो । त्यस्ता संस्थालाई त्रिविले जग्गा उपलब्ध गराउने तथा भवनको बन्दोबस्त गर्नु पर्दथ्यो तर त्यसो हुन नसक्दा सोसाइटी आफ्नै पहलमा भवन निमार्ण गर्न लागेको अध्यक्ष प्राडा निरञ्जन पराजुलीले रिभोसाइन्सलाई बताए । ‘अवको डेढ वर्षमा भवन तयार हुनेछ,’ अध्यक्ष पराजुले भने, ‘चन्दा संकलन तथा संस्थाको सदस्यहरुको योगदानले भवन तोकिएको समयावधीमा निर्माण हुनेछ । कम्तीमा १ करोड लागतमा सोसाइटीको आधुनिक भवन बनाउने लक्ष्य छ’

उनका अनुसार देशभर १० हजारको हाराहारीमा रसायनशास्त्रमा विज्ञता हासिल गरेका छन् । तिनीहरुलाई सोसाइटीमा आवद्ध गराउन डेटाबेस तयार गर्न लागिएको अध्यक्ष पराजुलीले बताए ।

त्योसँगै देशभर रहेका केमिष्ट, केमिकल इन्जिनियर, शैक्षिक जनशक्ति, साधन श्रोत, प्राज्ञिक क्षमता, रोजगारीको अवस्था र सम्भावनाका अवसर खोजिने छन् ।

सोसाइटीका संस्थापक महासचिव प्राडा छविलाल गजुरेलले भवन निर्माणमा विशेष आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष डा. निरञ्जन पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

×