वैज्ञानिकहरू गैंडाको उत्पत्ति १ करोड ५० लाख वर्षअघि भएको अनुमान गर्छन् ।
- विश्वमा पाँच प्रजातीका गैंडा पाइन्छ—सेतो, कालो, सुमात्रान गैंडा, जावान गैंडा र एक सिंगे गैंडा ।
खानाः दुबो, खर, खोले झार, ढड्ढिका मुना, आदि, एक पटकमा ६० केजी खान्छ ।
बासस्थानः गर्मी मैंसममा आहाल भएको पातलो जंगल, अन्य समयमा घना जंगल
उमेरः ४०–७० वर्ष सम्म बाँचेको पाइएको छ ।
गर्भाधारण ः गर्भाधारणको समय १६ महिना । बच्चाको तौल ४०–५० किलोग्राम
वितरणः कालो र खैरो रङ भएका दुईसिङे गै“डा प्रजातिहरू अफ्रिकामा मात्र पाइन्छन् ।
- एसियामा ३ प्रजातिका गैंडा पाइन्छ ।
- एक सिंगे गैंडा नेपाल, भारत, भुटान, बांग्लादेश र म्यान्मारमा पाइन्छन् ।
इण्डोनेशियाको जाभामा पाइने सानो शरीरको एकसिङे गैंडा र सुमात्राको दुईसिङे गैंडाले छुट्टै प्रजातिको मानिन्छन् ।
- एक सिंगे गैंडाको वजन १८ सय देखि २७ सय किलोग्राम सम्म हुनेगर्छ ।
- सन् १९५० अघि नेपालमा हजारभन्दा बढी एक सिंगे गैंडा थियो ।
- चोरी शिकारी बढ्दा गैंडाका संख्या सयभन्दा तल भयो ।
- चोरी शिकारी रोक्न सन् १९६० को अन्त्यतिर गस्ती गर्न थालियो ।
- सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि गैंडा संरक्षण र प्रवर्द्धन सुुरु गरेको थियो ।
- सन् २०१८ को गणनाअनुसार नेपालमा ६४५ एक सिंगे गैंडा छन् ।
- अहिले नेपाल शून्य चोरी शिकारी हुने मुलुकमा पर्दछ ।
Leave a Reply