वायुमण्डलीय अध्ययन् गर्ने निर्माणाधीन नारेल आवासीय भवनको शिक्षा मन्त्रीद्वारा शिलान्यास

लक्ष्मण डंगोल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेले राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल) को निमार्णाधीन भवनको शिलान्यास गरेका छन् ।

त्रिभूवन विश्वविद्यालयसँगको सहकार्यमा २४ घण्टा वायुमण्डलीय स्रोत तथा वातावरणसम्वन्धि अध्ययन अनुसन्धान गर्ने लक्ष्यले वल्खु डाँडामा नारेलले भवन बनाउन लागिएको हो ।

‘वायु प्रदुषण, मौसम तथा जलवायु, उर्जा,  हावाई दुर्घटना र विकिरणजस्ता  क्षेत्रमा नारेलले अनुसन्धान गरेको जानकारी पाएको भन्दै,  मन्त्री पोखरेलले, ‘यस क्षेत्रमा थप तालिम लिन अन्यलाई विदेश पठाउन नपरोस् भन्ने अपेक्षा व्यक्त गरें।’

मन्त्री पोखरेलले त्रिविमा रहेर केही गर्न सकिदैन भन्ने मानोविज्ञानलाई नारेलले चिर्न सफल भएकोमा बधाई दिदै, ‘अतिवृष्ट्री, बाढी पहिरो, वायु प्रदुषणजस्ता विषयमा जनताको जनधन कसरी सुरक्षित गर्ने भन्ने दृष्ट्रीमा अनुसन्धान गर्न वैज्ञानिकहरुले सोच्नु पर्ने’ बताए ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीराम उप्रेतीले नारेल भवन निर्माणका लागि दुई करोड प्राप्त भएकोमा, ट्रेन्डर प्रक्रियाबाट १ करोड २३ लाख २९ हजारमा भवन बन्न लागेको जानकारी दिए । सो भवन १ वर्षमा बन्नेछ ।

फरक प्रंसगमा रजिष्ट्रार उप्रेतीले भने, ‘गत वर्ष त्रिविका विभागहरुका प्रयोगशाला सुधारका लागि २३ करोड रकम प्राप्त भएको थियो । त्यसमा त्रिविका २४ वटा विभागलाई समावेश गराइयो । तर त्यसमध्य १० वटाले मात्र समयमा काम सम्पन्न गरेको छ ।’ यसले के देखाउँछ भने त्रिविका प्राध्यापकहरुको दृढ इच्छा शक्त्ति छैन,’ रजिस्ट्रार उप्रेतीले भने, ‘यसपाली पनि प्रयोगशाला स्तरउन्नतीका लागि ११ करोड रकम आएको छ,  गतसाल नपुगेका दिदै छौं।’

भवनको सपना

मुलुकमा उच्च शिक्षा हासिल गरेपछि अवसरका लागि विद्यार्थीहरु विदेशीने मध्यनजर गर्दै आफूले एक दशक अगाडि आवाशिय वैज्ञानिक अनुसन्धान केन्द्रको परिकल्पना गरेको नारेलका प्रमुख प्राडा रामप्रसाद रेग्मीले बताए ।

आफ्ना विद्यार्थी जाडो याममा अनुसन्धानका बेला उपकरण खरिद गर्दाको प्लास्टिक ओडेर रात विताएको देखेपछि प्राडा रेग्मीले त्रिवि मातहत रहने गरी एउटा वायुमण्डलीय अध्ययन्-अनुसन्धान केन्द्रको भवन निर्माणमा जुटेको बताए ।

‘जसरी एउटा किसानले बाजो खेतमा खन्दा कालीमाटो माथि जसरी बाली सप्रेको देख्छन् र आफ्ना छोराछोरीलाई पालन पोषण गर्छन्, त्यसैगरी आफ्ना विद्यार्थीलाई अध्ययन अनुसन्धानको बाटोमा नारेलले काम गर्नेमा प्रा. रेग्मीले जोड दिए ।

उनको नेतृत्वले काठमाडौं उपत्यकाका वायुमण्डलमा वायुप्रदुषण थिग्रने क्षमता पत्ता लगाइसकेको छ । उक्त नतिजा प्रसिद्ध वैज्ञानिक जर्नल नेचरले पनि सूचिकृत गरेको प्रा. रेग्मीले जानकारी दिए ।

वायुमण्डलीय अध्ययन अनुसन्धानले कृषि, वन तथा वातावरण र विपतबाट जोगिने तरिकाहरुमा फाइदा हुनेछ,’ प्रा. रेग्मीले  भने, ‘नेपाली जीवन उकास्नका लागि वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न जरुरी छ ।’

‘मौसम तथा जलवायु सम्वन्धी अध्ययन , वायु प्रदुषण,  वायु उर्जा र आणविक भट्टीहरुबाट निस्केको विकिरण कुन दिशामा गएर वायुमण्डलमा असर गर्ने भन्ने खालका अनुसन्धानसमेत गर्नसक्ने बनाइनेछ, ’ नारेलका प्रमुख प्राडा रेग्मीले  भने ।

प्राडा रेग्मीले ‘नारेललाई विश्वविद्यालयले अपनत्व गरिसकेको अवस्थामा सरकारले थप हौसला चाहिएको बताए ।

त्रिवि भौतिकशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा नारेलको प्रयोगशाला रहेको छ । त्यसैस्थानबाट त्रिवि भौतिकशास्त्र केन्द्रीय विभाग कीर्तपुरका स्नात्तकोतरका विद्यार्थीहरुलाई अनुसन्धान गराउँदै आएका छन् ।