/गणितज्ञलाई चिड्याउँदै शिक्षा मन्त्री

गणितज्ञलाई चिड्याउँदै शिक्षा मन्त्री

–लक्ष्मण डंगोल

‘जरा विनाको रुख र गणित विनाको शिक्षा उस्तै हुन्’ तथ्यकांकशास्त्री प्राडा मृगेन्द्रलाल सिंह फेसबुक स्टाटस लेख्छन् । रिटायर्ड प्राडा सिंहको नशा-नशामा गणित हुनु स्वभाविक छ, सिंहको फेसबुक स्टाटसले पनि यसै भन्छ । यद्यपी गणितलाई  सरकारले वेवास्था गरेको बुझ्छन् गणितज्ञहरु।

विज्ञहरुका अनुसार  ‘आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी सरकारले कक्षा ११-१२ मा अनिवार्य रुपमा समाजिक शिक्षा राखेपछि समस्या देखिएको छ । यसअघि विज्ञान संकायका भौतिक तथा जीव समूहका विद्यार्थीका लागि कक्षा ११मा गणित अनिवार्य थियो ।

यद्यपी अहिलेको संरचनाअनुसार लागू गरिए विद्यार्थीहरुले कक्षा ११ मा अंग्रेजी, नेपाली र सामाजिक शिक्षा अनिवार्य अध्ययन गर्न पर्नेछ । किनभने, गत २०७५ जेठ १८ मा शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले पाठ्यक्रम पारित गरिसकेको छ।

ती अनिवार्य विषय बाहेक विद्यार्थीहरुले विषयगत समूहअनुसारका ऐच्छिक तीन विषय छनोट गर्न पाउने छन् । उदाहरणका लागि भौतिक विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीले अनिवार्य विषयसहित भौतिकशास्त्र, आधारभूत गणितरसायनशास्त्र अध्ययन गर्न पाउँछन् । यसअघिका संरचनामा पाठ्यक्रममा ती विषयसँगै बायोलजी (जीव विज्ञान) अध्ययन गर्नुपर्ने व्यवस्था थियो । तर अवको शिक्षामा भौतिक समूहका विद्यार्थीले बायोलजी अध्ययन गर्न पर्ने छैन । यसले उनीहरु जीव विज्ञान अध्ययन गर्नबाट बञ्चित हुनेछन् ।

त्यसैगरी, जीव (बायो) समूहमा अध्ययन गर्ने विद्यार्थीले अनिवार्य विषय सहित जीव विज्ञान, रसायनशास्त्र र भौतिकशास्त्र अध्ययन गर्नुपर्नेछ । यसअघि कक्षा ११ मा जीव समूहका विद्यार्थीले आधारभूत गणित पढ्न पाउथें । तर अहिलेको संरचनामा आधारभूत गणित (बेसिक म्याथ) अध्ययन गर्न पाउने छैने । जसले विद्यार्थीहरुले आधारभूत गणित विनाको भौतिकशास्त्र अध्ययन गर्न पर्ने जरुरी छ ।

यसले गर्दा विज्ञहरु ‘पानी विनाको माछा र गणित विनाको भौतिकशास्त्र अध्ययन उस्तै हुन् भन्छन् । त्यसकारण पनि गणितज्ञहरु शिक्षा मन्त्रीसँग बायोलजी समूहका विद्यार्थीहरुले आधारभूत गणितको अध्ययन गर्न पाउनु पर्ने माग राख्दै आएका छन् । शिक्षा मन्त्रीले गणितज्ञहरुको टोलीलाई भेट्ने समय नदिएको गुनासा गरेका छन् ।

शिक्षामन्त्रीसँग मात्रै होइन्,  पाठ्यक्रम विकास केन्द्रसँग पनि हार गुहार गरिसकेका छन् उनीहरुले । तर, केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले सुधार गर्न नसकिने तर्क पेश गरेको नेपाल गणित समाजका सह–सचिव डा. जीवन काफ्ले बताउँछन् । यसलाई समाजका सह-सचिव डा. काफ्ले गणितमाथिको प्रहारका रुपमा बुझ्छन् ।

त्रिभुवन विश्वविद्यालय गणित केन्द्रिय विभाग कीर्तिपुरमा प्राध्यापन गरिरहेका सह-सचिव काफ्ले भन्छन्, त्रिवि, काठमाडौं, पोखरा,  पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ तथा सूचना प्रविधिमा भर्ना हुन कम्तीमा १ सय पूर्णांकको आधारभूत गणित उत्तीर्ण गरेको हुनु पर्ने व्यवस्था छ । यदि जीव (बायोलजी) समूहका विद्यार्थीले अध्ययन गर्न चाहेमा प्रवेश नपाउने सहप्राध्यापक काफ्ले रिभोसाइन्सलाई बताए ।

त्यस्तै, काफ्लेकाअनुसार, व्यवस्थापन विषय अध्ययन गर्नेहरुलाई एउटामात्र गणित अध्ययन गर्ने व्यवस्था गरेको छ । यसअघिको पाठ्यक्रमअनुसार बाणिज्य गणित र बेसिक म्याथम्याटिक्स (आधारभूत गणित)  छुट्टा छुट्टै रुपमा अध्ययन गर्न पर्ने हुन्थ्यो। तर अहिलेको परिमार्जनपछि बाणिज्यका विद्यार्थी पनि आधारभूत गणितको सिद्धान्त अध्ययन गर्नबाट बञ्चित भएका छन् । जसका कारणले ‘बिजनेस म्याथम्याटिक्स’ अध्ययन गर्न विद्यार्थीलाई कठिनाइ हुने सह-सचिव काफ्लेको भनाइ छ ।

जीव समूहले गणित अध्ययन गर्दाको फाइदा

जीव समूहका विद्यार्थीले गणित अध्ययन गर्दा माथिल्ला तहमा अनुसन्धान गर्दा फाइदा हुने अधिकांस विज्ञहरुको भनाइ छ । त्रिविका प्राणीशास्त्री प्राडा मुकेशकुमार चालिसे भन्छन्, ‘आइएस्सीमा गणित अध्ययन गर्न पाउँदा माथिल्लो तहमा अनुसन्धान अधिक फाइदा भयो ।’

प्राडा चालिसेका अनुसार आधारभूत तहमा भौतिक या जीव समूह दुवैका लागि गणित, भौतिकशास्त्र, रसायनशास्त्र, मानवशास्त्र, वातावरण र मुलुकको संस्कृति अनिवार्य अध्यापन गर्ने व्यवस्था हुनुपर्दछ । किनभने कुनै पनि एकको ज्ञानको कमिले विद्यार्थीलाई माथिल्ला तहमा असर पर्ने डा चालिसेको बुझाइ छ ।

त्यसोत, प्राणीशास्त्रकै वैज्ञानिक अनुसन्धान गर्न परेमा गणितीय ज्ञानको आवश्यकता पर्दछ । गणितका सूत्र चाहिन्छ । त्यसैआधारमा अनुसन्धानको तथ्यांक विश्लेषण गर्ने क्षमता हुनुपर्दछ । यदि विद्यार्थीमा गणितको अनुभव नहुँदा त्रिवि प्राणीशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा स्नात्तकतोर अध्ययन गर्ने विद्यार्थीलाई असर परेको डा चालिसे उल्लेख गर्छन् । डा. चालिसे भन्छन् विद्यार्थीहरु गणित नजानेर जानकार साथीलाई तथ्यांक विश्लेषण गर्न लगाउँछन् ।

डा. चालिसेकाअनुसार चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीले पनि दितृय वर्षमा भौतिकशास्त्र, रसायनशास्त्र र गणित अध्ययन गर्नुपर्दछ । यदि चिकित्सकलाई ती विषय नचाइने हो भने भने किन राख्नु पर्‍यो तर्क गर्दै डा चालिसे भन्छन्, ‘नेपालमा मात्र होइन, विकसित मुलुक अमेरिका र जपानमा समेत ती विषय अध्ययन गराएको पाइन्छ । ‘हाम्रोजस्तो गरीबी मुलुकमा तल्लोस्तरका शैक्षिक जनशक्ति उत्पादन हुनेखाले शिक्षा बनाउन नहुने प्राडा चालिसे बताउँछन् ।

त्रिविकै भौतिकशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका रिटायर्ड भौतिकशास्त्री प्राडा जीवनज्योति नकर्मीले पनि आधारभूत गणितको अध्ययन भएन भने भौतिकशास्त्र बुझ्न कठिन हुने बताउँछन् । ‘भौतिकशास्त्र र गणित’ भनेको नङ र मासु जस्तै संम्वन्ध रहेको हुन्छ, त्यो बुझ्न जरुरी पर्दछ,’ प्राडा नकर्मी भन्छन् ।

प्राडा नकर्मीकाअनुसार कक्षा ११ को भौतिकशास्त्र बुझ्न र तीनका गणितीय समस्या हल गर्न आधारभूत गणितमा भएका डेरिभेटिभ, एन्टीडेरिभेटिभ र लिमिटजस्ता कुराहरु अध्ययन गरेपछि बुझ्न सकिन्छ ।

त्रिभुवन विश्वविद्यालय गणित विज्ञान स्कूलका निर्देशक डा नारायणप्रसाद पहारी सरकारले बनाएको पछिल्लो संरचनामा समस्या देख्छन् । निर्देशक डा. नारायणप्रसाद पहारी भन्छन्, ‘यदि यसलाई सुधार नगरि लागू गरियो भने कक्षा ११ मा वायोलजी समूहलाई ठूलो असर पर्दछ । पछि उसले चिकित्सा विज्ञानमा एक्कासी गणित अध्ययन कसरी गर्छन्, प्रश्न गर्छन्, निर्देशक डा. पहारी ।

समस्याको ‘उद्गम’

सरकारले आफूखुशी संरचना बनाउँदा समस्या निम्तेको अधिकांश विज्ञहरुको बुझाइ छ । कही विज्ञहरु कक्षा कक्षा ११-१२ को उर्तीण कठिन विषयले उत्तीर्ण प्रतिशतमा प्रभाव परेपछि दातृनिकायबाट आएको सहयोग कटौती हुनसक्ने डरका रुपमा बुझ्छन् । यद्यपी सरकारले शिक्षाको विकासलाई विश्व व्यांकबाट अनुदानसहितको ऋण लिदै आएको छ । लगानी प्रतिफल नदिखएपछि उर्तीण प्रतिशत बढाउने संरचना बनाउँदा गुणस्तर झनै खस्कदै गएको कतिपय विज्ञहरु बुझाइ छ ।

कतिपय गणितज्ञहरु अहिलेको संरचना विदेशी सल्लाहको रुपमा बुझ्दछन् । शिक्षाविद् प्राडा विद्यानाथ कोइराला गणितिज्ञको त्यसकुरामा सहमत हुन्छन् । उनकाअनुसार अधिकतम प्रतिशत पास गरुन भनेर ल्याइएको लेटर ग्रेडिङ प्रणाली, कम्यूनिटी म्यानेजमेन्ट स्कुल, इन्डिपेन्ट (स्वायत्त) कलेज खोल्न पाउने भनेर ल्याइएको छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको बुझाइमा सरकारले हतारमा निर्णय लिदाक गडबड देखिएको हो । दीर्घकालिन समस्या समाधानका लागि निकास खोजिनु पर्ने भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले त्यसतर्फ ध्यान नदिइएको प्राडा कोइराला उल्लेख गर्छन् । प्राडा कोइराला भन्छन्,  हाम्रा विद्यालयमा समस्याले ग्रसित छन् ।

प्राडा कोइरालाअनुसार ‘अधिकांश विद्यालयमा गणित अध्यापन गराउने शिक्षक सरकारले पदपूर्ती गर्न सकेका छैन । ८ हजार माध्यामिक विद्यालयमा जम्मा ७१ विद्यालयमा मात्र सबै विषयको अध्यापन गराउन सक्ने शिक्षक छन् ।’  ‘सरकारसँग सबै विद्यालयमा शिक्षक पुर्‍याउन सक्ने तागत छैन। सबै विद्यार्थीसँग गणित अध्ययन गर्न सक्ने क्षमता छैन’ अवस्था यस्तो छ शिक्षाविद् डा. कोइराला भन्छन् ।

पाठ्यक्रम विकास केन्द्र नै समस्या बुझ्दैनन्

विज्ञहरूले गणितको महत्व नबुझी हचुवाका भरमा गरिएको निर्णय सच्याउन केन्द्रलाई आग्रह गरिसकेका छन्। दीर्घकालिन समाधान खोज्न आग्रह गरिसकेको छ तर केन्द्रले परिमार्जन गर्न नसकिने बताएको नेपाल गणित सोसाइटी सह-सचिव डा. जीवन काफ्ले बताउँछन् ।

पाठ्यक्रमकै आधारमा पनि यसरी गणित अध्ययनमा बन्चित गाराइदा स्नात्तकमा जीवसमूहका विद्यार्थीले बायोलजी बाहेक अन्य विषय सिएसआइटी वा फरेस्ट्री पढ्न चाहेमा सय पूर्णांक गणित अध्ययन गरेको हुनुपर्दछ । डा. काफ्लेका अनुसार एकातिर विद्यार्थीहरुलाई अनुसन्धानको मेरुदण्डको रुपमा रहेको गणितलाई पन्छाइएको छ भने अर्कातिर गणितको क्रेडिट आवर नपुग्दा स्नातक पनि असर गर्ने देखिएको छ । छलफल नगरि यसरी विषय छनोट गर्दा समस्या भएको देखिएको छ । यद्यपी पाठ्यक्रम बनाउन विज्ञलाई दिन्छन् । तर विषय चयन संरचनागतका बेला राजनीतिक तवरबाट मन्त्रालयमा निर्णय गर्ने गरेको विज्ञहरुको बुझाइ छ ।

केन्द्र भन्छ ‘समस्या छैन’

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल अध्ययन गर्न चाहने विद्यार्थीका लागि पढ्न पाउने व्यवस्था गरेको बताउँछन् । त्यसले खासै समस्या नपर्ने महानिर्देशक पौडेलको भनाइ छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को सदस्य-सचिवसमेत रहेका केन्द्रका महानिर्देशक डा. पौडेललाई समस्याका विषयमा रिभोसाइन्सले जानकारी राख्दा एक्कासी चिढिए ।  

मोवाइल कुराकानीक्रममा महानिर्देशक भन्छन्, ‘मैले समस्या देखेको छैन । उहाँहरुसँग सोध्नुहोस् ।’

‘गणित पहिले पनि ऐच्छिक थिए । अहिले पनि ऐच्छिक छन् । सबैलाई जवरजस्ति अध्ययन गर भन्ने कुरा आउँदैन’ महानिर्देशक पौडेल मोबाइलमै झोक्किए ।

बायो समूहले अध्ययन गर्न नपाउने भन्ने सुनिन्छ भन्दा, ‘बायोलोजी-साइलोजी म जान्दिन । पढ्न चाहने विद्यार्थीले अध्ययन गर्न पाउँछन् । कुरा त्यति हो । गणितमा समस्या देखिएको छैन ।

सुरुमा आफूलाई केही थाहा नभएको भने पनि, पछि गणितका मानिसहरुसँग कुराकानी भैरहेको बताउँदै बीचमै महानिर्नेशकले मोबाइल राखेंको थियो ।

समाधान

कक्षा ११मा नयाँ थप्दै गरेको सामाजिक शिक्षा वा गणित कुन लिने भन्ने छनोट गर्ने व्यवस्था गरेमा आंशिक समाधान निस्कन्छ । तर शिक्षाविद् विद्यानाथ कोइराला समाजको विकाससँग विज्ञानप्रविधि र गणित जोडिएका हुनाले समाजिक शिक्षासँग जोडिएको हुन्छ भन्छन् ।

‘सरकारले अहिले अंग्रिकार गरेको शिक्षा प्रणाली क्रडिट आवरसँग सम्वन्धित रहेको छ, शिक्षाविद् कोइराला भन्छन, ‘अहिले नपुग क्रेटिट आवर विश्वविद्यालयमा वा अध्ययन गरिएको कलेज वा अन्य कुनै खुला कलेजमा अध्ययन गर्न सक्ने गरि मिलाउन सकिन्छ ।

‘यदि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको आवश्यकता अनुसारको क्रेडिट कोर्स दिन सकिन्छ । क्रेडिट आवर नपुगेको ‘कोर्स’पछि अध्ययन गर्न ‘क्रेडिट थप्ने’ पश्चिमाको बुद्धि भयो । हाम्रा गणितज्ञले कतिपय कुरा बुझ्न चाहेनन्, शिक्षाविद् विद्यानाथ कोइरालाको बुझाइ छ । उनीहरुले पहिलेनै पुरै क्रेटिट अध्ययन गर्न पर्ने खालका कुरा गरेंको बुझिएको छ ।

शिक्षाविद् प्रा विद्यानाथ कोइराला अहिलेको संरचनामा समस्या नभएको भने होइनन् तर प्रणाली लचिलो हुने वा तलअध्ययन गरेअनुसार माथिल्लो कक्षामा हुनुपर्ने वा के गर्ने भन्ने कुरामा टुङगोमा पुग्नु पर्ने जरुरी देख्छन् ।