प्रयोगात्मक विज्ञान शिक्षा विकासका लागि हरेक वर्ष प्रर्दशनी गर्दैछौं

माघ २३ र २४ गते बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा दशौं विज्ञान प्रदर्शनी तथा करिअर मेनेजमेन्ट फेर हुने भएको छ ।

कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी भन्छन्, ‘प्रर्दशनीमा उपत्यकाका विभिन्न कलेज तथा स्कुलका विद्यार्थी स्वयंमले बनाएका ड्रोन, रोबोट, इलेक्ट्रोनिक सामग्री राखिनेछ ।’

उनका अनुसार साउथवेस्टर्न कलेजसहित ४० वटा स्टल हुनेछ । करियर मेनेजमेन्ट फेरबाट विद्यार्थीहरुले भविष्यमा अध्ययन गर्ने विषय तथा अवसरका बारेमा जानकारी हासिल गर्दछन् ।’

शौं प्रदर्शनीसम्ममा विद्यार्थीको शैक्षिक तथा प्रयोगात्मक शीपमा  निखारपन आएको सहायक क्याम्पस प्रमुख केसीको बुझाइ छ । करीब ३ हजार विद्यार्थी साउथ वेस्टर्नमा अध्ययनरत छन् । उनीहरुको प्रयोगात्मक क्षमता अभिवृद्धिका लागि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने क्याम्पस प्रमुख केसी बताउँछन् ।

उनका अनुसार उपत्यकाको उत्तरी भेग बूढानीलकण्ठ, सामाखुशी, नयाँबजार, कलंकी, चाबहिल, तीनकुनेलगायत क्षेत्रका स्कुल/कलेजका विद्यार्थीहरु सहभागी हुन्छ । ‘प्रर्दशनीमा २० हजार सहभागी गराउने लक्ष्य छ,’ सहायक क्याम्पस प्रमुख केसी भन्छन् ।

विज्ञान प्रविधिको क्षेत्रमा सरकारले छुट्याएको बजेट कमी भएको सहायक क्याम्पस प्रमुख हरिसिंह केसी बुझाइ छ । जसका कारण विद्यालयमा विज्ञान प्रयोगात्मक शिक्षा कमजोर भएका छन् । यसै सेरोफेरोमा साउथ वेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीसँग रिभोसाइन्सले गरेको कुराकानीको सम्पादित अंश :

हरेक वर्ष विज्ञान प्रदर्शनीको आयोजना गर्न आवश्यक छ?
विद्यार्थीहरुको वौद्धिक क्षमता विकास गर्न हरेक वर्ष विज्ञान प्रदर्शनी गर्न आवश्यक हुन्छ । अर्को भनेको अन्य कलेजका विद्यार्थीहरुले गरेका प्रविधि प्रर्दशनीमा राखिने हुँदा हाम्रा विद्यार्थीले अवलोकन गर्ने अवसर पाउँछन् ।त्यसले उनीहरुको मनोभावनामा सकारात्मक सोच विकास हुने हामीले पाएका छौं । सोहीअनुसार हरेक वर्ष कलेजले विज्ञान प्रर्दशनी तथा करियर मेनेजमेन्ट फेर गर्दै आएका छौं ।

दशौं करियर मेनेजमेन्टसम्म आइपुग्दा विद्यार्थीहरुको सोचाइमा कस्तो अन्तर छ ?

सुरुका अवस्था विद्यार्थीले त्यती ध्यान दिएको देखिएन । जव पहिले अध्ययन गरेका विद्यार्थी करियर मेनेजमेन्टको सूचना लिएर बाहिर अध्ययन गर्न गए हाम्रा विद्यार्थीहरु । त्यसपछि सपोर्ट भएको भन्ने कुरा पूर्व विद्यार्थीहरुको सुझाव हामीले पाएका छौं । जसअनुसार करियर मेनेजमेन्ट फेरलाई महत्वपूर्ण पाटोको रुपमा हेरेका छौं ।

विज्ञान प्रविधिको क्षेत्रमा विद्यार्थीको सोच्ने तरिका कस्तो छ?

इन्टरनेट पहुँचका आधारमा विद्यार्थीहरुमाझ ज्ञानको दायरा फराकिलो भएका छन् । तर ती ज्ञानलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने अवसर पाएका छैनन् । त्यसैकारणले उनीहरुको सोच्ने र चिन्तनलाई मूर्त रुप दिन विज्ञान प्रर्दशनीले भूमिका खेल्ने हामीले महशुस गरेका छौं ।

प्रर्दशनीमा मुख्य आकर्षण के-के हुनेछ ?
विद्यार्थी स्वयंले बनाएका सामग्री हुनेछ । उनीहरुको परिकल्पना मूर्त रूप दिने खालका नयाँ सामग्री हुनेछन् । उनीहरुको वीचमा प्रतिष्पर्धा गराउने तथा पुरस्कार दिने छौं । विद्यार्थीले बनाएका ड्रोन, सोलारबाट चल्ने, वातावरण संरक्षणसम्वन्धी जानकारी दिने प्रविधिलगायत हुनेछ ।

प्रतिष्पर्धा कसरी हुन्छ ?

इन्टर कलेज, इन्टर स्कूल र इन्ट्रा कलेज अनुसारको प्रतिस्पर्धा हुन्छ। विज्ञको मुल्यांकन र भोटिङका आधारमा पुरस्कार दिइनेछ । अनुसन्धानमा लागेका संस्थाहरु पनि स्टल रहेनेछन् । उनीहरुलाई प्रतिस्पर्धामा समावेश गरिदैन ।

विज्ञान प्रदर्शनीमा सरकारी सहयोग कतिको हुन्छ ?

सरकारी निकायको सुभेच्छा छन् । हामीले गर्न नसकेका कार्य तपाईहरुले गरिरहनु भएको छ भन्नेजस्ता कुरा शिक्षा अधिकारीहरुले बताउने गरेका छन् । निजी स्रोतबाट प्रर्दशनी हुने गरेको छ । सरकारी सहयोग छैन ।

प्रर्दशनीप्रति निजीका प्रिन्सिपल र शिक्षकहरुको बुझाइ कस्तो छ ?

सकाररात्मक छन् । उहाँहरुको विद्यार्थी सहभागी हुनेहुँदा खुशी भएको हामीले पाएका छौं । प्रविधिको सूचना आदान-प्रदान हुने भएकोले उनीहरुको रुचीमा व्यापक हुँदै गएको छ ।

विद्यार्थीको रुचि कस्तो छ ?
उनीहरुको रुची झनै बढ्दो छ । विद्यार्थीले नयाँ कुरामा रुची राखेको देखिन्छ । कतिपय सामग्री उनीहरुले आफ्नै खर्चबाट बनाएर राख्ने गरेको पाएका छौं । यसबाट उनीहरुको रुची प्रष्टै हुन्छ ।

प्रर्दशनीबाहेक अन्य कार्यक्रम केके हुन्छ ?

सेमिनार हुनेछ । जसमा वौद्धिक व्यक्तित्व, अमेरिकी दुतावास र अनुसन्धानकर्ताहरुले प्रवचन दिनेछन् । करिअर म्यानेजमेन्टलाई उत्प्रेरणा जगाउने कार्यक्रम हुन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×