‘कोभिड-१९’बाट बच्न छ फिट भौतिक दूरी अपर्याप्त–अध्ययन

कोरोनाभाइरसबाट जोगिन छ फिट भौतिक दूरी पर्याप्त नहुन सक्छ—विज्ञहरूले चेतावनी दिएका छन् ।

भौतिक दूरी अवधारणाको दृष्टान्त / स्रोतः फ्रीपिक

पुस्कार थापा

भौतिक दूरी भनेको कोभिड-१९ लाई नियन्त्रण गर्ने उपायहरूमध्ये एक महत्त्वपूर्ण अंश मानिन्छ । तर कति टाढा र कति लामो समयसम्म सम्पर्क सुरक्षित छ भन्ने कुरा स्पष्ट छैन— यस विषयलाई लिएर चिकित्सा वैज्ञानिकहरु थप चिन्तित बनेका छन् ।

नोबल कोरोना भाइरस (कोभिड-१९) ले महामारीको प्रकोप फैलिनुमा भाइरसले छ फिटभन्दा बढी दुरी तय गरेको पछिल्लो अनुसन्धानले देखाएको छ । जसले गर्दा भौतिक दूरीको प्रभावकारिताका बारेमा सर्वसाधरण मानिसलाई सचेत गराउन स्वास्थ्य विशेषज्ञहरूको नेतृत्वलाई नयाँ दिशानिर्देश मस्यौदामा विचार गर्न आव्‍हान गरेको छ ।

गत हप्ता ‘बीएमजे मेडिकल जर्नल’मा प्रकाशित एक नयाँ विश्लेषणका आधार यस्तो नतिजा प्रकाशनमा ल्याएको हो ।

उक्त जर्नलअनुसार अब हामीलाई नयाँ भौतिक दूरीका नियम अनुसरण गर्न आवश्यक छ। अक्सफोर्ड युनिभर्सिटी र म्यासाच्यूट्स इन्स्च्टिट्यूट अफ टेक्नोलोजी (एमआईटी) को संक्रामक रोगका विशेषज्ञहरूको टोलीले छ फिटको नियम पुराना बिभिन्न भाइरसहरूको अनुसन्धानमा आधारित रहेको तर्क गरेको छ। जसअनुसार उक्त नियमले उचित ढंगबाट गर्न सकेन ।

सन् १८०० अन्‍तिमको शताव्दीमा जर्मनका जीवविज्ञानिक कार्ल फ्लगले गरेको परम्‍परगत अनुसन्धानबाट छ फुटको सामाजिक दुरि अतिसूक्ष्म जिवाणु (माइक्रोब) युक्त थोपाहरुले यात्रा गर्न सक्ने देखाएको थियो । दुर्भाग्यवस, कार्लको परिकल्पनाले नाङगो आँखाले अदृश्य रहेको टाढाको कणलाई छुट्‍यायो। विशेष गरी, शारीरिक तरल पदार्थ र सूक्ष्म भाइरसको समूह जुन हावामा ‘एरोसोल’को रूपमा तैरन्छन्।

अन्य अनुसन्धानकर्ताहरु पनि छ फिट एक सुरुवाति चरणका लागि मात्र भएको उल्लेख गरेको पाइन्छ । तर यसले सबै ठाउँमा सँधै उपयुक्त हुन्छन भन्ने छैन । विशेष गरी घर भित्र रहेको क्षेत्रहरुमा जाहा हावाको आवतजावत कम छ, त्यस्ता ठाँउमा बढि दुरिको आवश्यक पर्ने अनुसन्धानमा उल्लेख गरेको छ ।

हावा आवतजावत, भेन्टिलेसन प्रणाली, जोखिम अवधि, भीडको घनत्व, मानिसले नाकमुख छोप्‍ने गरि मास्क लगाएको छ कि छैन भनेर अनुसन्धान गरिएको छैन। । त्योसँगै मानिसहरुको अवस्था, शान्त वा बोलिरहेको‌, चिच्याई रहेको वा गाइरहेको जस्ता कुरामा अनुसन्धान गर्दा छ फिट भौतिक दुरी पर्याप्त छैन भन्‍ने कुरामा पुनर्विचार गर्न विज्ञहरुले जोड दिएका छन् ।

कोलोराडो विश्वविद्यालय एरोसोल विज्ञ जोसे-लुइस जिमेनेजकाअनुसार दूरीले एरोसोलको समस्यालाई कहिले पनि हल गर्न सक्दैन। उनको भनाईलाई द वाशिंगटन पोष्टले उद्धरण गर्दै “एक्लो दूरीले एरोसोल समस्या कहिले पनि हल गर्दैन। यदि तपाईं समान कोठामा हुनुहुन्छ भने तपाई संक्रमित हुन सक्नुहुन्छ”।

आजसम्म विश्वस्वास्थ्य संगठनले (डब्ल्यूएचओ)ले कोरोना भाइरसलाई हावामा तैरने (एयरबोर्न)का रूपमा वर्गीकृत गरेको छैन।  यद्यपि डब्ल्यूएचओले ‘चिकित्सा प्रक्रियाले स-साना भाइरस युक्त एरोसोल उत्पन्न गराइ प्रसारण गर्ने स्वीकार गरेको छ ।‘

कोरोनाभाइरसका हावामा तैरनसक्ने सूक्ष्म कण (माइक्रोड्रोपलेट्स) मा श्वासप्रश्वासको माध्यबाट शरीरमा प्रवेश गरी यसले मानिसहरूलाई संक्रमित गर्दा धेरै खतरनाक साबित भएको छ । विश्‍वका विभिन्‍न वैज्ञानिक खोज-अनुसन्धानले ‘सार्स-कोभ-२’ बाट माइक्रोड्रोपलेटको आकारजाँच गर्दा, पाँच माइक्रोन मूनि पाइएको छ। उक्त नतिजाको आधारमा यसको बाच्‍ने अवस्था वृद्धि हुने देखिएको छ।

वाशिंगटन राज्यमा गत मार्चमा गायकबाट ५२ जना मानिसमा कोरोनाभाइरस फैलिएको-एयरोसोल विज्ञ जिमेनेज भन्छन् । उनले संक्रमित एकजना व्यक्ति ४५ फिट टाढासम्म रहेको बताएका छन्‌।

भाइरसको कणल हावामा पाईने हुदा जब मानिसहरूले श्वास लिदा संक्रमण हुनसक्ने भनेर ३२ देश्का २ सय ३९ वैज्ञानिकले अमेरिकास्थित ‘जिनेभा-वेस्ड’ एजेन्सी खुला पत्रलेखेका थिए ।

पछि २०७७ भाद्र १५ मा उक्‍त पत्र संक्रामक क्लिनिकल रोगहरूको पत्रिकामा प्रकाशित भयो। उक्त पत्रमा वैज्ञानिकहरूले डब्ल्यूएचओलाई नयाँ प्रमाणहरूका आधारमा श्‍वासप्रश्‍वासको रोग मानिसहरुबीच एक-आपसम सर्ने बारेमा मार्गनिर्देशन आशा गरेका थिए।

डब्ल्यूएचओले उक्त कुराको जानकारी पत्रकार सम्मेलन मार्फत् विश्‍वका वैज्ञानिकहरूलाई जानकारी गराएको थियो ।