October 26, 2024

हिराबाट बनेका ग्रहहरु


विश्वराज गौतम

खगोलशास्त्रीको निरन्तर खोजका कारण सौर्य मण्डल भन्दा वाहिर अवस्थित ग्रहको नयाँ तथ्य पत्ता लाग्दै आएको छ । त्यसैको आधारमा कुनै ग्रहमा पानी, कुनै ग्रहमा अक्सिजन र कुनै ग्रहमा मानव बसोबास युक्त वातावरण रहेको हामीले सुन्दै आएका छौँ । वैज्ञानिकहरुको खोजकै आधारमा बृहस्पति र शनि ग्रह हिराले बनेको पत्ता लगाइसकेको छ ।

यसै हप्ता दी प्लानेटरी सायन्स जर्नलमा एरीजोना स्टेट युनिभर्सिटि र युनिभर्सिटि अफ सिकागोले संयुक्त रुपमा गरेको अनुसन्धानमा वैज्ञानिक लेखोट प्रकाशन भयो । त्यसले हाम्रा सौर्य मण्डल बाहिरका केही ग्रहमा हिरा र सिलिकाको बर्षा हुने गरेको रहस्य उजागर गरेको छ ।

उक्त अनुसन्धानअनुसार सौर्य मण्डल भन्दा बाहिर कार्बनको मात्रा अधिक छ । त्योसँगै उपयुक्त ताप र चापका कारणले सौर्य मण्डल बाहिरका ग्रह हिराबाट बनेको अध्ययनमा उल्लेख छ ।

यसअधि नासा, टेस र केप्लर जस्ता संस्थाले सौर्य मण्डल भन्दा बाहिरका खगोलिय पिण्डको भित्रि तथा बाहिरी बनावटको खोजी गरेका थिए । ती संस्थाहरु सौर्य मण्डल बाहिर रहेका ग्रहहरुमा जीव तथा जीवनको अवस्थामा पनि अध्ययन गर्दैछन् । तर यथेस्ट विवरण आइसकेको छैन । पछिल्लो नयाँ तथ्यले वैज्ञानिकहरु हर्सित बनेको एरिजोनास्टेट स्टेट विश्वविद्यालयले खुलासा गरेका छन् ।
एरीजोना स्टेट युनिभर्सिटि स्कुल अफ अर्थ एण्ड स्पेस एक्सप्लोरेसन (एयसयु) का प्रमुख लेखक हेरिसन एलान सटरले, ‘नयाँ तथ्यले हाम्रो सौर्य मण्डलका ग्रहहरु भन्दा बिल्कुलै फरक रहेको’ बताए ।

सिद्धान्त
नजिकको तारा मानिने सूर्यमा कार्वन र अक्सिजनको अनुपात कम हुन्छ । यी (सूर्य) ताराका ग्रहहरु मध्य पृथ्वीमा काँच बनाउन आवश्यक पदार्थ ‘सिलिकेट’ र ‘अक्साइड’ को मात्रा अधिक हुन्छ । तर हिराको मात्रा निकै कम पाइन्छ । पृथ्विमा हिराको मात्रा ०.०००१ प्रतिशत रहेको छ ।

तर सौर्यमण्डल बाहिरका तारामा कार्बन र अक्सिजनको अनुपात बढि पाइन्छ । जसले गर्दा सौर्य मण्डल बाहिरका ग्रहहरुमा कार्बन बढि मात्रामा हुन्छ र हिरा पाउने सम्भावना बढी रहन्छ ।
प्रमुख अनुसन्धानकर्ता वैज्ञानिक एलान सटर र युनिभर्सिटि अफ सिकागोका इरीन ग्रिनबर्गले भनेका छन्, ‘यदि कार्बन बढि रहेका बाहिरी ग्रहहरु पानीको सम्पर्कमा आएमा हिरा र सिलिकाले भरीपूर्ण ग्रहमा परिणत हुनेछन् ।’

परिक्षण
माथिको सिद्धान्तलाई प्रमाणित गर्न सो ग्रहको भित्री भागमा भएको जस्तै उच्च ताप र चाप युक्त प्रयोगशाला आवश्यकता पर्दथ्यो । अनुसन्धान थप निस्कर्ष पुर्‍याउन—सिद्धान्तका सह लेखक सिमको नेतृत्वमा अर्थ एण्ड प्लानेटरी मेटेरीयलस नामक प्रयोशालामा आवश्यक वातावरण निर्माण गर्न पहल गरेका थिए ।

सिद्धान्तलाई प्रमाणित गर्न प्रयोगशालामा उच्च चापयुक्त दुईवटा स्थिर हिराको बीचमा सानो खाली ठाउँ राखिएको थियो । त्यसपछि ‘सिलिकन कार्वाइड’लाई पानीको मिश्रण बनाएर दुईवटा कार्वनको बीचमा उच्च चाप दिइएको थियो ।

त्यसपस्चात् प्रयोगलाई नियन्त्रण गर्न आर्गाेन नेशनल ल्याबोरेटोरीमा लेजर हिटिङ्ग गरियो । लेजरले यसरी उच्च चापमा रहेको प्रयोगमा ताप प्रदान गर्दा ‘एक्स रे’ को मापन गरियो ।
अन्त्यमा, सिद्धान्तमा भने जस्तै उच्च चाप र तापमा सिलिकन कार्वाइड र पानीको प्रतिक्रिया भयो र यसबाट हिरा र सिलिका बनेको थियो ।

बसोबास योग्य कि अयोग्य
अहिले सम्मकै खोजअनुसार सौयमण्डल बाहिरका ग्रहमा जीव नभेटिए पनि जीवनको सम्भावना खोजी भइरहेको छ । वैज्ञानिकहरुका अनुसार यसरी कार्बनको मात्रा बढि रहेको ग्रहमा हिरा पाउने सम्भावना धेरै रहे पनी बसोवास योग्य वातावारण रहने सम्भावना कम रहेको देखिएको छ ।

जसरी पृथ्वीमा अक्सिजन, पानी, ठिक्क ताप र अन्य वातावरण बसोवास गर्न आवश्यक छ, अन्य ग्रहमा चाप र ताप बढि हुनाले पृथ्वीमा जस्तो जीवको लागि उपयुक्त वातावरण नभएकोले बसोबास अयोग्य भएको वैज्ञानिकहरुको दावी छ ।

यसबारेमा थप तथ्य उजागर गर्न ‘जेम्स वेभ स्पेस टेलिस्कोप’ र ‘नान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ले मुख्य भूमिका खेली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×