स्वयम्भू माथि ‘ह्यालोज्’ देखियो, वैज्ञानिक कारण यस्तो छ

काठमाडौं । दिउँसोको १ बजेर ५० मिनेट जाँदा स्वयम्भूको ठीक माथि सूर्यलाई कालो रेखीले घेरिएको तस्वीर सामाजिक सञ्जाल देखियो ।

यस्ताे दृश्य एक प्रकारको ‘सिरस’ बादलले गर्दा देख्न सकिने वैज्ञानिक कारण छ ।

करिब २० हजार फिटमाथि पातलो सिरस बादलले सूर्यको प्रकाशलाई अवरोध सिर्जना गर्दा सूर्यको वरिपरी रेखी देखिन्छ ।

वादलमा भएका स-साना वरफका टुक्रामा सौर्य प्रकाश अपवर्तन हुँदा रेखी पैदा हुन्छ ।

त्यस्तै रातको समयमा चन्द्र प्रकाश सिरस बादलले अवरोध गर्दा चन्द्रमाको वरिपरि ‘रिङ’ देखिन्छ ।

सिरस वादलको उत्पत्ति

समुन्द्री सतबाट ४ हजार मिटरमाथि जलवाष्फ जम्मा हुँदा सिरस बादल बन्ने गर्दछ । योक्रम १२ हजार मिटरसम्म कायम हुन्छ ।

विभिन्न वैज्ञानिक अनुसन्धानअनुसार सिरस बादल पृथ्वीको वायुमण्डल बाहेक मंगल,  वृहस्पति र शनि ग्रहमा पैदा हुन्छ।

घुर्मीएको कपालजस्ता देखिने यस्ता वादल, जव पातलो अल्पपारदर्शी काँचजस्तो रुपमा परिवर्तन हुन्छन् त्यस वेला सूर्यबाट आएको प्रकाशलाई कम परावर्तन गर्ने र पृथ्वीबाट परावर्तन भएका विकिरण बढी सोस्ने काम गर्दछ ।

यो वादल तीनसय मिटर चाक्लो हुँदा करिब ९ प्रतिशत सौर्य प्रकाश परावर्तन गर्नेछ । त्यस्तै यसले पृथ्वीबाट परावर्तन भएको करिब ५० प्रतिशत विकिरण रोक्ने काम गर्दछ । त्यतिबेला पृथ्वीको तल्लो वायुमण्लीय तापक्रम औसत १० डिग्रि सेल्सियस हुने वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×