सुनामी अनुसन्धानमा सहयोग पुग्ने नयाँ गणितीय सिमुलेसन पद्धतिको विकास

जापान— तोहोकु विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कम्प्यूटर सिमुलेसन मार्फत् समुन्द्री सतहमा हुने भूस्खलन सुनामी अनुसन्धानमा सहयोग पुग्ने नयाँ गणितीय तरिका विकास गरेका छन् ।

समुन्द्री सतहमा हुने भूस्खलनका कारणले खतनाक समुन्द्री आँधी ‘सुनामी’ पैदा हुन्छ। यस्ता आँधीले समुन्द्रमुनी भएका पाइपलाईन पनि अतिनै जोखिम हुन्छन् ।

तर अझैसम्म समुन्द्रमुनी हुने भूस्खलनका बारेमा वैज्ञानिकहरुलाई पर्र्‍याप्त जानकारी छैन । उनीहरुलाई त्यसबारे केही मात्र तथ्य जानकारी छन्, जुन समुन्द्रीसतहका माटो र पानीको टकरावले समुन्द्री भूस्खलन हुने ।

त्सकारण समुन्द्रीसतहमा हुने त्यस विसिमको व्यवहारको आंकलन गर्ने र सही तथ्य थाहा पाउन वैज्ञानिकहरुलाई अत्यन्तै कठिन हुन्थ्यो ।

तर अहिले अनुसन्धानकर्ताहरुले थप सूचना दिने मिश्रितखालका नयाँ कम्प्यूटर सिमुलेसन गर्ने तरिका प्रस्ताव गरेका छन् । जसले समुन्द्री सतहको माटोको जटिल अवस्थिति बताउन मद्दत गर्ने उनीहरुको भनाइ छ । यस अनुसन्धानको लेखोट वैज्ञानिकहरुले कम्प्यूटर मेकानिक्स भन्ने वैज्ञानिक जर्नलमामा हालै प्रकाशन गरेका छन् ।

’तोहोकु विश्वविद्यालय इन्स्च्टियूट अफ डिजास्टर साइन्सका अनुसन्धानकर्ता प्राध्यापक केन्जिरो तेराडा भन्छन्, ‘हामीले माटो र पानीबीचको टकराबको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्ने उत्कृष्ट कम्प्यूटर गणितीय पद्धति विकास गरेका छौं ।’

समुन्द्रको भिरालो जमिनमा सूक्ष्म माटाको भूस्खलन र त्यसबाट उत्पन्नहुने तरङ्को गणितिय कम्प्यूटर सिमुलेसन गर्ने कोड पनि निर्माण गरेको उनी बताउँछन् । उनले अहिले विकास गरेको सिमुलेसन विधि गणनापद्धतिको मापनसँग पूर्णरुपमा मिलान हुने बताए ।

अधिक गणितिय उदाहरणबाट अहिले प्रस्ताव गरिएको प्रणालीले हावाहुरी, पानी र माटोबाट हुने विपतका अनुसन्धानमा काम लाग्न सक्दछ ।

थप विश्वसनीय वनाउन अहिलेको पद्धतिलाई ठूला आकारका तथ्यांकमा परिक्षण गर्नेछन् । त्यसबाट आएको नतिजा र प्रयोगात्मक विधिद्वारा आएको नतिजा पूर्णरुपमा मिलान भएमा अहिले कम्प्यूटरमा विकास गरिएका भूस्खलन सुनामी प्रणाली भविष्यमा अनुसन्धान गर्न मद्दत मिल्ने प्राध्यापक केन्जिरो तेराडा बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×