‘क्युब्स इन स्पेस नासो २०२३’ आयोजना हुने

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले नेपाली विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२३’ आयोजना गर्ने भएको छ । सो कार्यक्रम अमेरिकी संस्था ‘आइडुडलीइडु’सँग सहकार्य गरी आयोजना गर्न लागिएको नासोले जनाएको छ ।

नासोका अनुसार अक्टोबर २० देखि डिसेम्बर १५ सम्म संचालन हुने कार्यक्रममा सहभागी हुन विद्यार्थीले असोज २३ गतेसम्म नाम दर्ता गराईसक्नु पर्नेछ । कार्यक्रम अनलाइन र भौतिक माध्यमबाट हुनेछ ।

सो विशेष कार्यशालामा सहभागी हुन ११ देखि २० वर्ष उमेर समूहका विद्यालयतहमा अध्ययनरत वा विद्यालयतहको पढाइ सकेको तर विश्वविद्यालयतहमा भर्ना नभएका विद्यार्थी हुन पर्नेछ ।

के हो ‘क्युब्स इन स्पेस’

‘क्युब्स इन स्पेस’ एउटा विश्वव्यापी इन्जिनियरिङ डिजाइन प्रतिस्पर्धा हो । जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरु  ‘नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साइन्टिफिक बलुन’ मार्फत् स्पेस वा नियर स्पेस ईन्भाईरोमेन्टमा पठाउन पाउनेछन् । यदि विद्यार्थी बनाएका नमूना छनोट भएमा अमेरिकाको भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को अफिस पठाइने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

नासोका अध्यक्ष भट्टराईका अनुसार नेपालमा सञ्चालन गरिने ‘क्युब्स इन स्पेस’ कार्यशालामा ५५ विद्यार्थी सहभागीता गरिन्छ । कार्यशाला अवधिभर अन्तरिक्ष विज्ञान संम्बन्धी कक्षालगायत अन्तरिक्षको वातावरण तथा विद्यार्थीहरुलाई नमुना डिजाइन बनाउन सिकाइनेछ ।

‘विद्यार्थीले बनाएका उत्कृष्ट दुई नमुना ‘क्युब्स’ अमेरिकास्थित नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) बाट अन्तरिक्षमा पठाइनेछ,’ नासोका अध्यक्ष भट्टराईले भने, ‘सन् २०२१ मा दुई परियोजनाको चार वटा क्युब अन्तरिक्ष पठाईएको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×