2025-10-17

शिक्षकलाई खगोल विज्ञानसम्बन्धी दुई दिने प्रशिक्षण

काठमाडौँ । उपत्यकाका विभिन्न विद्यालयका शिक्षकहरूलाई दुई दिने खगोल विज्ञान अध्यापन गराउन सहज हुने प्रशिक्षण दिइएको छ । प्रशिक्षण अवधिमा खगोलसम्बन्धी वैज्ञानिक तथ्यलाई विद्यार्थीमाझ कसरी प्रयोगात्मक रूपमा प्रस्तुत गराउने भन्नेमा केन्द्रित रहेको आयोजकले जनाएको छ ।

[smartslider3 slider=”4″]

अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन अफिस अफ एस्ट्रोनोमी फर एडुकेशनको सहयोगमा आयोजित ‘शिक्षक प्रशिक्षण कार्यक्रम नेपाल’ का दौरान शिक्षकहरूले विभिन्न प्रयोगात्मक अभ्यास गरेका थिए । खगोलसम्बन्धी मुख्य गतिविधि सूर्य ग्रहण, चन्द्र ग्रहण, नक्षत्र चिन्ने तरिका र आकाशीय पिण्ड (एस्ट्रोइड) खोजी जस्ता विषयमा शिक्षकहरूले अभ्यास गरेँ ।

विज्ञान, प्रविधि, शिक्षा, कला र गणितलाई कसरी प्रयोगात्मक बनाउने र मोबाइल फोनको प्रयोगमार्फत खगोलीय गतिविधि कसरी नियाल्ने जस्ता विषय समावेश गरिएको थियो । ’शिक्षामा सिक्ने र सिकाउने कुरा महत्त्वपूर्ण हुन्छ,’ नेशनल एस्ट्रोनोमी एडुकेसन कोअर्डिनेटर टिमका सदस्य रविना महर्जनले भनिन्, ‘खगोल विज्ञान अध्यापन गराउँदा विद्यार्थीले आफूसँग भएका सामग्रीको कक्षामा कसरी प्रयोग गराउनेजस्ता प्रयोगात्मक प्रशिक्षण गराइयो ।’

‘यसले ज्ञान र सिप दुवैलाई जोड्न मद्दत गर्नेछ, ’श्री सरस्वती निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेकी महर्जनले भनिन्, ‘नेपालमा यसखाले प्रशिक्षणको कमी रहेको छ ।’ यस प्रशिक्षणपश्चात् शिक्षकले गृहकार्य पनि गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘ जुन पछि फिल्ड भिजिटमा अवलोकन गरिन्छ ।’

विद्यार्थीलाई कसरी प्रश्न सोध्न सिकाउने र प्रोजेक्ट कसरी गराउनेजस्ता विषयमा शिक्षक स्वयंमले आफ्ना अनुभव प्रस्तुत गरेका थिए । अन्वेषणमा आधारित कुरालाई सरल किसिममा कसरी प्रस्तुत गर्ने तथा विद्यार्थीहरूलाई कला वा नमुना मोडल बनाउन सिकाउने विषयमा शिक्षकहरूले अभ्यास गरेका थिए । तारामण्डल हेर्न सहयोगी सामग्री ‘प्लानीस्फेर’ कसरी बनाउने तथा त्यसको सहायताले कसरी नक्षत्र चिन्ने अभ्यास नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)का परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा मनिषा द्वाले शिक्षकलाई सिकाए ।  

नासोको अध्यक्ष सुरेश भट्टराईले अनलाइनमार्फत विद्यार्थीहरूलाई कसरी सानातिना प्रोजेक्ट तथा अनुसन्धान गराउने भन्ने अभ्यास गराए । उनले कम बजेट तथा रकम नलाग्ने प्रोजेक्ट छनोट प्रक्रिया कसरी गर्ने भन्ने सिकाएका थिए ।

प्रशिक्षण पश्चात् वृहस्पति विद्यासदनका शिक्षिका इसिका पौडेलले भनिन्, ‘यस प्रशिक्षणमा हासिल गरेको ज्ञानको आधारमा अनलाइन मार्फत विद्यार्थीहरूलाई एस्ट्रोइड खोजको अभ्यास गराउनेछु ।’ त्यस्तै कीर्तिपुरस्थित क्रियटिभ एकेडेमीका शिक्षक गोविन्द आचार्यले खगोल विज्ञानलाई विद्यार्थीमाझ सृजनात्मक रूपमा सिकाउन पहल बताए ।

‘यस प्रशिक्षण भन्दा पहिले विद्यार्थीहरूलाई ग्रहणको कला र अनलाइन सामग्रीमा अध्ययन गर्न भनिन्थ्यो,’ श्री सरस्वती निकेतन माध्यामिक विद्यालय ब्रम्हटोलका शिक्षिका अनिता शाहीले भनिन्, ‘प्रोजेक्ट बेस लर्निङका सैद्धान्तिक कुरा मात्र होइन्—चन्द्रमाको आकारलाई प्रयोगात्मक रूपमा देखाउन मिल्नेजस्ता विभिन्न कुरा सिक्ने अवसर मिल्यो ।’

उनका अनुसार शिक्षकलाई समयमा पाठ्यक्रम पुरा गर्नुपर्ने चुनौती हुँदा शिक्षकले चाहेर पनि प्रयोगात्मक विधिमा आधारित अध्यास कम गराउनु पर्दछ । उनी भन्छिन्, ‘विज्ञान प्रयोगात्मक विषय हो, प्रयोगात्मक विषय अध्यापन गराउन समय बढी चाहिन्छ । तर त्यो पाठ्यक्रको ढाँचामा छैन ।’

उनी मूल्याङ्कन गर्ने तरिकामा समस्या देख्छिन्,’मूल्याङ्कन गर्ने तरिकामा सैद्धान्तिकको अंक बढी छ । त्यस आधारमा विद्यार्थीले नम्बर बढी ल्याउनमा केन्द्रित हुनु पर्नेछ ।’ त्यसकारण प्रयोगात्मक भन्दा सैद्धान्तिक शिक्षामा बढी जोड दिइन्छ, उनले भनिन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अधिकृत खेमनारायण श्रेष्ठ खगोल विज्ञानमा अनुमानको भरमा अध्ययन गर्न पर्ने पहिलेको जस्तो अवस्था नभएको कार्यक्रम समापनको अवसरमा बताए । यस खाले प्रशिक्षणले रचनात्मक विज्ञान अध्ययनमा भूमिका खेल्ने हुनुहुँदा उनले शिक्षकले अवधारणा विकास हुने प्रयोगात्मक विधि विद्यार्थीमाझ बढी गराउन सुझाव दिए ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

आन्दोलनका क्रममा बीमा दाबी रकम २३ अर्ब नाघ्यो

नोबेल शान्ति पुरस्कार २०२५: भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई प्रदान

एलर्जी अनुसन्धानमा बिरामी संलग्नता आवश्यक

×