‘पाकाको रमाइलो र पिरलो’ पुस्तक विमोचन

काठमाडौँ । प्राणीशास्त्री प्राडा मुकेश कुमार चालिसेद्वारा लिखित पुस्तक ‘पाकाको रमाइलो र पिरलो’ विमोचन भएको छ ।

ज्ञानगुन साहित्यद्वारा प्रकाशित पुस्तक गत शनिवार इतिहासविद् तथा ज्योतिर्विद् प्रज्ञा पुरुष नयराज पन्तको स्मृति सभामा विमोचन गरिएको हो । पूर्व न्यायाधीश टोपबहादुर रायमाझी, प्राध्यापक दिनेशराज पन्त र प्राडा तीर्थ मिश्रले संयुक्त रूपमा विमोचन गरे । विमोचन पछि प्राध्यापक दिनेशराज पन्तले ‘पुस्तक’ देशकै लागि आवश्यक भएको बताए ।

त्यस्तै, नेपालमा बुढ्यौली लागेका मानिसलाई बेवास्ता गर्न थालिसकेका छन्, यो चिन्ताको विषय भएको पूर्वन्यायधीस टोपबहादुर रायमाझीले औँल्याए ।

नेपालमा ज्येष्ठ नागरिकको अवस्थामा आधारित पुस्तकमा तीन दर्जन लेख छन् । पाकाको चासो आवश्यक छ, ‘हामी ज्ञान, सिप र अनुभवका भण्डार हौँ’, पाकाको स्वभावनै दानी, पाकाले आफै सल्टाऊ जाडोको दुःख, ओझेलमा अति पाका महिलाका समस्या, पाका मान्छेमा अम्लपित्त र वाकवाकी समस्या र पाका बा-आमाको अनौठो समस्याजस्ता लेख समेटिएको छ ।

बुढ्यौली लागेसँगै पाका मानिसले विभिन्न खाले समस्या झेल्दै आएको अनुभव बटुलेपछि आफूलाई पाचौँ पुस्तक ‘पाकाको रमाइलो र पिरलो’ लेख्ने प्रेरणा मिलेको लेखक प्राडा मुकेश कुमार चालिसेले बताए । उनी भन्छन्, ‘जीवनमा विभिन्न हन्डर खाएर ज्ञान तथा अनुभव हासिल गरेर परिवार हुर्काएपछि पाका भइन्छ । तर तिनै पाका मानिसलाई नेपाली समाजमा अपमान गर्नेजस्ता गतिविधि व्याप्त बन्दै गएको छ,’ सरकारले यस्ता प्रवृत्ति रोक्न उनी जोड दिन्छन् ।

पहिले, ‘नेपाली समाज संयुक्त परिवारमा बस्ने खालका थिए । तर अहिले घट्दोक्रममा छ,’ प्राडा चालिसे भन्छन्,‘पाका उमेरमा आफूले सक्ने काम गर्दै गर्नु पर्दछ । यसले शरीर तन्दुरुस्त राख्न मात्र होइन— स्वयमलाई थप आत्मविश्वास मिल्दछ ।’ यसकै उपजको रूपमा आफू लामो समय बिरामी भएबाबजुद पनि  ‘डाँडाका उज्यालो जून’, मानिला मान्छेका धामा र पाका मान्छेका कुरा जस्ता तीन पुस्तक यसअघि प्रकाशन गरियो,’ उनले भने ।

आजकल पाका मानिसलाई मधुमेह, उच्च रक्तचाप, नशा तथा हाड जोर्नीका समस्या भएका पिरलो गरेको सुनिन्छ । त्यस्ता समस्याले केही काम नगरी बसेको देखिन्छ । तर त्यसरी बस्न नहुने उनको सुझाव छ । उनको पछिल्लो पुस्तक ‘पाकाको रमाइलो तथा पिरलो’मा पनि पाका उमेरमा गर्न पर्ने काम वर्णन गरिएको छ । उनी भन्छन्, ‘‘रिसाउने होइन मस्कने हो ।’

त्यस्तै आजकल सहरमा मात्रै वर्षको ३० जति पाका मानिसको बेवारिसे लास भेटिन थालिसकेको छ, ‘यसरी बेवारिसे हुनु पर्ने कारणको जिम्मेवारी पछिल्लो पुस्ता मात्र नभई पाकामा मानिसको पनि गल्ती देख्छन्,’ लेखक चालिसे । उनी भन्छन्, ‘आफूले कमाएको सम्पत्ति सम्पूर्ण छोराछोरीको नाममा गर्छन् अनि समस्यामा परिन्छ । यस कारण आफ्नो भागमा पनि राख्न पर्ने उनको सुझाव छ ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा चार दशक अध्ययन तथा अध्यापन गरेका उनले ‘मैले छिचोलेका कुइनेटा, आफ्नै अनुभवमा आधारित आत्म कथन प्रकाशित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

×