‘उमेरिँदाको कथा र व्यथा’ प्रकाशित

काठमाडौँ । प्राणीशास्त्री प्राडा मुकेशकुमार चालिसेद्वारा लिखित पुस्तक ‘उमेरिँदाको कथा र व्यथा’ प्रकाशन भएको छ ।

यस पुस्तकमा मानिसलाई बुढ्यौली लागेपछि हुने एक्लोपना र मानसिक स्वास्थ्य समस्याका बारेमा सामग्री छन् ।

पाका मानिसहरू बुढ्यौली लागेसँगै विभिन्न किसिमका समस्याहरू आउँछन्, त्यसलाई समाधान तथा उपायमाथि प्रकाश पारिएको लेखक चालिसे बताए ।

उनले भने, ‘बुढ्यौलीमा स्वास्थ्य समस्या आउँदा कतिपय मानिस निराश भइरहेका हुन्छन्। त्यस्तोमा स्वयमले कसरी आत्मबल बढाउने भन्नेमा चर्चा गरिएको छ ।’

उमेरिँदा पाकाले आफैँलाई दया गरौँ, पाका मान्छेमा छटपटीका कारण,  साइटिका थामथुमका पाँच सूत्रे उपाय,  पाका मानिसमा पिनासका समस्या र उमेरिँएकाहरूमा टाउका दुख्नाका कारणहरू लगायत २८ वटा लेख समावेश गरिएको छ ।

ज्ञानगुनद्वारा चालिसे सम्मानित

ज्ञानगुन साहित्यले प्राडा मुकेश चालिसेलाई वि.सं. २०८१ सालको धनबज्र बज्राचार्य स्मृति सोध सम्मानबाट विभूषित गरेको छ ।

उनलाई बाल साहित्यकार शान्तदास मानन्धरको संस्मरणमा आधारित उत्कृष्ट लेख लेखेबापत सम्मान गरेको हो।

प्राडा चालिसको ज्येष्ठ नागरिकसम्बन्धी सामग्रीमा आधारित पाँच वटा पुस्तक प्रकाशित छन् । उनको पछिल्लो पुस्तक ‘उमेरिँदाको कथा र व्यथा’ ज्ञानगुन साहित्यले प्रकाशन गरेको हो ।

One response to “‘उमेरिँदाको कथा र व्यथा’ प्रकाशित”

  1. Congratulations ! It’s great to publish books regularly and the great effort you put on this matter. Thanks to your supporting & loving family too.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

×