विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताएका छन् । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो अधिवेशनलाई समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुखले आफ्नो धारणा राखेका हुन् ।

कोशी प्रदेशमा तेह्रथुम जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने किशोरचन्द्र दुलाल र कमला दर्नालको समेत उपस्थिति रहेको कार्यक्रममा लोकसेवा आयोग कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रसाद गुरागाइँ, मुख्यमन्त्री कार्यालयका प्रदेश (कानुन) सचिव राजुप्रसाद गुरागाइँ, सुरेशमान श्रेष्ठ, भीम गुरागाईलगायतलाई प्रदेश प्रमुखबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कोशी प्रदेश अध्यक्ष सुरेशमान श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका उपसचिव यादव दुलाल, जनस्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूल वहादुर पौडेल उपस्थित थिए । प्रायसबै सबै तेह्रथुममा जन्म भएका र तेह्रथुम पुख्र्यौली भएका थिए ।

त्यसरी नै तेह्थुममा पहिलो सार्वजनिक यातायात पुराउने कमल वहादुर वुढाथोकी, ओयाकजुङ गाविसका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व प्रसासक महानन्द गुरागाईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

असार १४ गते विराटनगरस्थीत मुडुला कार्की कुलायन समाजको भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

×