हिमाल युथ विज फेस्टिवल सम्पन्न

पोखरा – हिमाल कलेज अफ म्यानेजमेन्ट पोखराको आयोजनामा हिमाल युथ बिज फेस्टिवल सम्पन्न भएको छ। यो कार्यक्रमलाई विद्यालय र कलेज तहमै व्यावसायिकता र उद्यमशीलताको सुरुवात गराउने प्रयासका रूपमा लिएको बताइएको छ ।

फेस्टिवलमा मुख्य रूपमा नेपालमै सिर्जनात्मक र उत्कृष्ट कार्य गरिरहेका युवाहरू, व्यावसायिक समूहहरू तथा संस्थाहरूको सहभागिता रहेको थियो। साथै, पन्ध्र व्यापारिक स्टलहरू समावेश थिए ।

कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक अवधारणासँग परिचित गराउनुका साथै आफ्नै माटो र संस्कृतिप्रति अभिमान जगाउने अवसर पनि प्रदान गरेको कलेजले जनाएको छ। विद्यार्थीहरूले आफैँ स्टल सञ्चालन गरी आत्मनिर्भरता, उद्यमशीलता र नेतृत्व क्षमताको अभ्यास गर्ने मौका पाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री फणीन्द्र देवकोटाले मन्तव्यमा भने, “युवाहरूको सृजनशील प्रयासले मात्र देशले दिगो आर्थिक समृद्धिको यात्रा सुरु गर्न सक्छ। ” उनले कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा कलेज परिवारलाई बधाई दिए ।

क्याम्पस प्रमुख विकल रानाभाटले हाम्रो लक्ष्य केवल शिक्षा दिनु मात्र नभई व्यवहारिक ज्ञान र नेतृत्व कौशल विकास गर्नु भएको बताए । “यो फेस्टिवल त्यसैको सजीव प्रमाण हो,” उनले भने ।

साथै, मिलोडिज् ब्रान्डले साङ्गीतिक प्रस्तुतिले माहौललाई उत्साहपूर्ण बनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×