नेक र सोना बीच समझदारी

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालेली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यवसायिक गतिविधि सञ्चालन गर्नका लागि शैक्षिक समझदारी कायम भएको छ । नेक र सोना विचको शैक्षिक साझेदारीले नेकमा शैक्षिक तथा व्यावसायिक गतिविधिहरूलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ ।

समझदारी पत्रका कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा साेनाका अध्यक्ष इश्वर लाल जाेशीले हस्ताक्षर गरेका छन्। समझदारी अनुसार कलेजमा अनुसन्धान, वर्कशप, सेमिनार र विद्यार्थी संलग्नता कार्यक्रमहरूमा सहकार्यको ढोका खोल्ने कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए।

समझदारीमा इन्जिनियरिङ र वास्तुकलामा नविनता प्रवर्द्धन गरिने, सीप विकास कार्यक्रम, दिगो र व्यवहारिक डिजाइनको प्रवर्द्धन गरिने, उद्योग र शिक्षाक्षेत्र बीचको सम्बन्ध मजबुत पार्ने तथा र विद्यार्थीको सिकाइका लागि विज्ञ वक्ताहरू विच अन्तरकृया, गोष्टीहरू सञ्चालन गरिने उल्लेख छ ।

यो समझदारी पत्रले नेपालमा इन्जिनियरिङ र वास्तुकला शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दिशामा एउटा महत्वपूर्ण कदम चालेको बताइएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले इन्जिनियरिङ र वास्तुकलाका विद्यार्थीहरूको सिकाइका लागि विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

×