2025-09-30

बागमती नदी ६ महिनामा निर्मल गर्न सकिने: विज्ञ

ललितपुर: अमेरिकाको टेक्सस ए एण्ड एम विश्वविद्यालयका प्रा.डा. माया प्रकाश भट्टले सरकारले साथ दिएमा बागमती नदीलाई ६ महिना भित्र निर्मल गर्ने प्रविधि आफूसँग भएको दाबी गरेका छन्। 

एभरेस्ट इन्जिनियरिङ कलेज सानेपाले आयोजना गरेको गोष्ठीकाक्रममा प्रा.डा. भट्टले आफूले गरेका अनुसन्धान परिणामहरूका आधारमा विकास गरेका प्रविधिको प्रयोग गर्ने अवसर दिएमा नदीको समस्या स माधानमा योगदान गर्ने इच्छा प्रकट गरे। 

सुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदूषणको मात्रा घटाउने र त्यसपछि क्रमशः आरओ, नानो फिल्टर जस्ता प्रविधिहरू प्रयोग गरी जतिसुकै दूषित पानी पनि प्रयोग गर्न मिल्ने गरी निर्मलीकरण गर्न सकिने कुरा आफ्नो अनुसन्धानबाट आइसकेको र त्यसको व्यवहारिक प्रयोग समेत सफल भइसकेको तथ्याङ्क प्रा.डा. भट्टले प्रस्तुत गरे।

अमेरिका तथा अन्य देशहरूमा भएको अनुसन्धानमा सम्मिलित भएर विभिन्न व्यवहारिक प्रविधिहरू विकास गरिसकेका प्रा.डा. भट्टले आफ्नै व्यक्तिगत पहलमा बागमती नदीको प्रदूषणको अध्ययन गरिरहेको र के कति कारणले उक्त नदीको पानी दूषित भइरहेको भन्ने विषयमा तथ्याङ्कको विश्लेषण समेत प्रस्तुत गरे। 

कुनै समयमा अहिलेको बागमती भन्दा आठ गुणा बढी प्रदूषित फ्रान्सको सीन नदी प्रविधिकै प्रयोगबाट केही दिन अगाडि निर्मल भएको घोषणा गरी सर्वसाधारणको लागि नदीमा पौडिन खुला गरेको छ।

त्यस्तै, युरोपको राइन नदी कुनै बेला अहिलेको बागमती भन्दा कयौँ गुणा बढी प्रदूषित थियो तर अहिले निर्मल भई पौडिन योग्य भएको छ, उनले भने ।

विश्वव्यापी जलको उपलब्धता, गुणस्तर, चुनौती तथा समाधान विषयमा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरू, तथा नेपाल इन्जिनियरिङ कलेज भक्तपुर र एभरेस्ट इन्जिनियरिङ कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो। मूल प्रस्तुति पश्चात् त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरूले आआफ्नो थेसिसको विषय गोष्ठीमा प्रस्तुतिको विषयसँग सम्बन्धित भएकोले विभिन्न जिज्ञासाहरू राखेका थिए।

नेपालका विद्यार्थीहरूले विद्यावारिधि वा अनुसन्धानका प्रस्तावहरू पेस गरेमा सकारात्मक तवरले विश्वविद्यालयमा सिफारिस गर्ने तथा नेपालीहरूसँग अनुसन्धानमा सहकार्य गर्न तत्पर रहेको जानकारी दिँदै प्रा.डा. भट्टले आफ्नो ज्ञान तथा सीपको प्रयोग नेपाल गर्न सकिने बताए। 

जल तथा मौसमविद् समाज नेपालसँगको सहकार्यमा एभरेस्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको उक्त गोष्ठी कार्यक्रम पश्चात् एभरेस्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रा.डा. माया प्रकाश भट्टलाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।

प्रा.डा. माया प्रकाश भट्टले त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाका  विश्वविद्यालयबाट विद्यावारिधि तथा पोस्ट डक गरी अनुसन्धान तथा शिक्षण कार्यमा दुई दशक भन्दा बढी सेवा गरिसकेका छन् ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×