2025-08-20

महानगर यातायातले सञ्चालनमा ल्यायो ‘ठूला विद्युतीय सवारी साधन’

काठमाडौं । महानगर यातायातले ३५ सिटे ‘चेरी वान्डा इभी सिटी’ विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएको छ। महानगर यातायातले काठमाडौंमा आज आयोजित कार्यक्रममा १२ वटा सो विद्युतीय सवारीसाधन सञ्चालनको शुभारम्भ गरेको घोषणा गरेको हो ।

‘विद्युतीय सवारी साधना शुभारम्भ कार्यक्रममा सम्वोधनकोक्रममा भौतिक पूर्वाधार र यातायात मन्त्री देवेन्द्र दाहालले नेपालमा इभी युगको सुरुवात भएको बताए । “हामीले अहिले सडक पूर्वाधारमा दिगो विकास, सुरक्षा र वातावरण मैत्री बनाउन ध्यान दिएका छौं,” उनले भने, “अव बन्ने सडकको गुणस्तरमा कुनै कम्प्रमाइज गरिने छैन। कहीँ खाल्टाखुल्टी छन्, भने मलाई फोन गर्नु सक्नु हुन्छ।”

सरकारको सहयोग रहेको साझा यातायात घाटामा गएको प्रति अबदेखि कमिटमेन्ट माग्न लागेको मन्त्री दाहालले खुलाशा गरेँ । सधैँ घाटा जाने हो भने अर्को सिस्टममा जानु पर्ने उनले जिकिर गरें ।

“सार्वजनिक यातायात शतप्रतिशत निजी क्षेत्रले ओगटेको छ, त्यसको जिम्मेवारी बोध व्यवसायीले लिनु पर्नेछ,” मन्त्री दाहालले भने, “सवारी साधन बन्द गर्ने वातावरण नगरौँ, र बन्द जस्ता कुरा गर्दा विचार गर्न अनुरोध छ।”

इभी चलाउन लाइसेन्स

वाग्मती  प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका मन्त्री प्रेमभक्त महर्जनले यातायात क्षेत्रमा देखिएका समस्या कारण लगानी डुब्ने अवस्था नआउने बताए । “नितिगत समस्या हामी छलफलमा छौ, कतिपय निति संसोधन हुँदैछ,” उनले भने ।

प्रदेश मन्त्री महर्जनले इभी ड्राइभिङलाइ थप व्यवस्थित गर्न इभी लाइसेन्सको प्रक्रिया थाल्न पर्ने औल्याएका छन् । उनले भने, “इभि चलाउन कम्तिमा एक महिना ट्रायल परियड राखौ । एक महिनासम्म इभी गाडीको बारेमा चालकलाई पूर्ण जानकारी दिने ओरियन्टसन पछि इभी चलाउन अनुमति दिन पर्नेमा उनले जोड दिए।

इभी चेरी कोच नेपाल भित्रिदै

नेपालको भौगोलिक अवस्था अनुसारको गाडी सञ्चालन गर्न चेरी ग्रुपले अनुसन्धान गरेर ८.६५ साइजको स्पेशल डिजाइनको इभी बस नेपाली मार्क्रेटमा भित्र्याएको चेरी ग्रुपका डेभिड लीले बताए ।

उनले इभी कोच छिट्टै नेपाली बजारमा भित्र्याइने जनाएको छ । “चेरी ग्रुपले आफ्नो क्षेत्रमा ६७ वर्षको अनुभव छ” उनले भने ।

नेपालमा चेरीको आधिकारिक विक्रेता शशीला मोटर्सका महाप्रवन्धक अशोकराज सुवेदीले विक्री पछिको मर्मत् सेवा उत्कृष्ट हुने प्रतिबद्धता जनाए। उनले भने, “नेपाली भूगोलको अवस्था अनुसार हामीले ३५ सिटे विद्युतीय बस नेपालमा भित्र्याएका छौ, यो गुणस्तरीय तथा किफायती शहरी बस हुनेछ।”

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगले स्वदेशमा उत्पादित बिजुली यही खपत हुने बताए। “पहिले मुस्ताङ जाने बाटो थिएन, अहिले बाटो पुगेर सुविधा भैसकेको छ,” उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नेपालका अध्यक्ष बिजयकुमार स्वाँरले साझा यातायात घाटा चलिरहेको अवस्थामा पनि निजी क्षेत्रले यसरी विद्युतीय बस सञ्चालनमा ल्याउने आट गरेकोमा खुशी व्यक्त गरे।

“सरकारले रुट म्यानेज नगर्ने हो भने हामीबिच अस्वस्थ्य प्रतिस्पर्धा हुनेछ,” उनले भने, ” तेह्र खर्ब लगानी यातायात क्षेत्रमा भइसकेको अवस्थामा हामीबिच एकता हुन जरुरी छ । त्यसपछि व्यवसायीको लगानीको थप सुरक्षित हुनेछ।”

अहिलेको गाडी १ करोड २७ लाख पर्नेछ । गाडी किन्नु भन्दा मेनटेन कस्ट बढी छ। यसको मुलत कारण गाडी सहुलियतमा आउने तर त्यसको पार्टपुर्जा सहुलियतमा नहुँदा महँगो भएकोमा सरकारले त्यसमा ध्यान दिन पर्ने औँल्याए। 

महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले यातायात क्षेत्र व्यवसाय नभइ सेवा भएको बताए । उनले विभिन्न चुनौतीको स्वीकार गरेर विद्ययुतीय बस सञ्चालनको जोखिम लिएको उल्लेख गरें ।

नेपाल सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा प्रोत्साहन गरेअनुसार विद्युतीय बस सञ्चालनमा ल्याएको महानगर यातायातको सचिव धर्मराज रिमालले बताए ।

मा अद्यावधिक गरिएको

समाचार

यामाहा नेपालद्वारा ‘एमटी १५ भिटु’ र ‘एफजेट एस भी३ डिएलएक्स’ लञ्च

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री

सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

यामाहा नेपालद्वारा ‘एमटी १५ भिटु’ र ‘एफजेट एस भी३ डिएलएक्स’ लञ्च

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री

सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

×