2025-09-30

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

म्युनिक, ७ साउन । विश्वभरि हरेक वर्ष करिब ३२ करोड रुख चट्याङको प्रहारबाट मर्ने गरेको तथ्य एक नयाँ वैज्ञानिक अनुसन्धानले देखाएको छ। 

टेक्निकल युनिभर्सिटी अफ म्युनिक (टियुएम) का अनुसन्धानकर्ताहरूले विकसित गरेको नवीन गणितीय मोडलले पहिलो पटक यस्तो ठूलो संख्यामा रुख क्षति हुने अनुमान गरेको हो।

अनुसन्धानको नतिजाले यो क्षतिले विश्वको कुल वनस्पतिमा २.१% देखि २.९% सम्मको नोक्सानी पुर्‍याउँछ। यसबाट उत्पन्न हुने कार्बन डाइअक्साइड उत्सर्जन ०.७७ देखि १.०९ अर्ब टन बराबर हुने अनुमान गरिएको छ, जुन वन आगोबाट हुने उत्सर्जनसँग तुलनायोग्य हुने भनिएको छ ।

अध्ययन टोलीका अनुसार, बिजुली प्रहारबाट मर्ने रुखहरूको प्रभाव पहिले कम आङ्कलन गरिएको थियो। हाल उष्ण कटिबन्धीय क्षेत्रमा यसको असर बढी देखिएको भए पनि आगामी वर्षहरूमा मध्यम र उच्च अक्षांशका वनहरूमा पनि बिजुली प्रहार बढ्ने अनुमान गरिएको छ।

अनुसन्धानका प्रमुख लेखक एन्ड्रियास क्राउजेले भने, “हामी अब कति रुख मर्छन् भन्ने मात्र होइन, कहाँ बढी असर हुन्छ र वन संरचना तथा कार्बन भण्डारणमा कस्तो प्रभाव पर्छ भन्ने पनि अनुमान गर्न सक्ने भएका छौँ।”

वैज्ञानिकहरूले वनमा हुने चटयाङ पुर्याउने क्षतिलाई वातावरणीय योजनामा समावेश गरेर नीति निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। 

“अबको चुनौती भनेको यस्तो प्राकृतिक जोखिमलाई व्यवस्थापन गरेर वन संरक्षणको दीर्घकालीन योजना बनाउनु पर्ने,” क्राउजेले भने ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×