2025-07-29

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

तसबिर: जेनिफर अल्भारेज

अर्बाना, इलिनोइ — इलिनोइ विश्वविद्यालयका शोधकर्ताहरूले ९६ वर्षको वनको तथ्यांक अध्ययन गरी पारिस्थितिक प्रणालीमा आएका परिवर्तन र व्यवस्थापन विधिहरूको बारेमा गहिरो जानकारी पाएका छन्।

‘फरेस्ट इकोलजी एण्ड म्यानेजमेन्ट’मा प्रकाशित पछिल्लो अध्ययनले जङ्गलमा विविधता घट्दै गएको गम्भीर प्रवृत्ति देखाएको छ । जसले पारिस्थितिककीमा महत्त्वपूर्ण भूमिका खेलेका रूखहरूको ह्रास भएको जनाइएको छ।

कुन जङ्गलमा के भयो?

शोधकर्ताहरूले सन् १९१७ मा विश्वविद्यालयले ‘ट्रेलिज वुड्स’ नामक जंगलको तथ्यांक विश्लेषण गरेका थिए । रूखको विविधता कम हुनुका कारणहरूमा  एक आक्रमणकारी किराको प्रजाति ‘एमराल्ड एश बोरर’ भन्ने कीरा र एक प्रकारको धमिराको प्रभाव मुख्य देखिएको उल्लेख गरेको छ।

जंगल किन एकरूप हुँदैछ?

प्रकृति स्रोत तथा वातावरण विज्ञानकी प्रोफेसर जेनिफर फ्राटेरिगोका अनुसार, ‘ट्रेलिज वुड्स’ लगायतका पातझर्ने वनहरूमा रूखको विविधता गुमाउँदै जानु चिन्ताजनक छ। डच एल्म डिजिज र ‘एमराल्ड एश बोररले ‘एल्म’ र ‘एश’ रूखको संख्या घटाएको हो। तर रोग र किराहरू मात्र कारण होइनन्। जङ्गलमा आगो कम भएपनि सेता पुच्छर भएका मृगको अत्याधिक संख्या र आक्रमणकारी वनस्पतिहरूले पनि एकरूपता बढाएका छन्।

सहायक सोधकर्ता जेनिफर अल्भारेज भन्छिन्, “हामीले जीवजन्य अवरोध (जस्तै रोग, कीरा र आक्रमणकारी प्रजाति) मा ध्यान केन्द्रित गर्‍यौं किनभने हाम्रो तथ्यांक तिनको आगमनभन्दा पहिलाको थियो। तर कुनै एक मात्र कारणले छुट्याउन सकिँदैन।”

ओक रूखहरू घटेका छन्, जबकि ‘सुगर मेपल’ र ओहायो बकआईज जस्ता केही प्रजातिहरू मात्र फैलिरहेका छन्। आगो नलाग्दा वन क्षेत्र गहिरो र ओसिलो बनिन्छ, जसलाई ‘मेसोफिकेटिजम’ भनिन्छ — यो प्रक्रिया पनि विविधता घटाउने प्रमुख कारण मानिएको छ।

रूख मरेपछि के हुन्छ?

‘एश’ र ‘एल्म’ रूखहरूको मृत्युले जङ्गलमा खाली ठाउँ बनाउँछ, जसलाई अन्य प्रजातिहरूले भर्ने प्रयास गर्छन्। तर ती ठाउँहरूमा सीमित प्रजातिहरू मात्र सफल हुने भएकाले विविधता झनै घट्नेछ। फराटेरिगो भन्छन्, “यदि एउटा प्रजातिले ७० प्रतिशत वन ओगटेको छ र उसलाई लक्षित गरेर रोग वा किराको आक्रमण भयो भने त्यो वन कार्यात्मक रूपले ध्वस्त हुन सक्छ।”

विश्वव्यापी प्रभाव

‘ट्रेलिज वुड्स’ अध्ययन विशेष मानिएको छ, किनभने यो एकै जङ्गलमा लामो समयको डेटा सङ्कलनमा आधारित छ। यहाँ एक सताब्दी भन्दा लामो समयदेखि तथ्यांक संकलन हुँदै आएको थियो। सन् २०१८ मा यो स्थललाई फरेस्ट ग्लोबल अर्थ अब्जभेटरी नेटवर्क (फरेस्टजिइओ) मा समावेश गरिएको थियो । जसले विश्वभरका वनहरूबारे जानकारी सङ्कलन र विश्लेषण गर्न मद्दत पुर्‍याउँने बताइएको छ ।

यो नेटवर्कले वैज्ञानिकहरूलाई डेटा समरूप बनाउन र व्यापक अनुसन्धान गर्न सहयोग पुर्‍याउँनेछ। हालसम्म ७० लाख रूख र १३,००० प्रजातिहरूको निगरानी गरिँदैछ।

 निष्कर्ष

‘ट्रेलिज वुड्स’ जस्तो मानव हस्तक्षेप न्यून भएको जङ्गलमा पनि मेसोफिकेटिजमदेखिएको छ। त्यसैले, फराटेरिगोले निष्कर्ष निकालेका छन्: “कम मानव गतिविधि भएका स्थानहरूमा पनि प्रजाति जोगाउन सक्रिय व्यवस्थापन आवश्यक हुन सक्छ।”

यस अध्ययनमा प्रकृति स्रोत तथा वातावरण विज्ञानकी प्रोफेसर जेनिफर फ्राटेरिगो सहित उनको पूर्व विद्यार्थी जेनिफर अल्भारेज (अहिले इलिनोइस राज्य भूगर्भीय सर्वेक्षणमा अनुसन्धानकर्ता), जेम्स ड्यालिङ (जीवविज्ञानका प्रोफेसर) र जोहन एजिङ्टन (पूर्व वन पारिस्थितिकीविद्) सहभागी थिए।

मा अद्यावधिक गरिएको

समाचार

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

९१ प्रतिशत नयाँ नवीकरणीय परियोजनाहरू जीवाश्म इन्धनको नयाँ विकल्पभन्दा ‘सस्तो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

९१ प्रतिशत नयाँ नवीकरणीय परियोजनाहरू जीवाश्म इन्धनको नयाँ विकल्पभन्दा ‘सस्तो’

×