2025-10-20

इनड्राइभद्वारा उत्कृष्ट ड्राइभरहरू पुरस्कृत: रामेछापका  शुभराज सुनारले जिते इभी कार

काठमाडौं — राइड सेयरिङ सेवा प्रदायक इनड्राइभले ‘प्लाटिनियम ड्राइभर-गिभअवे’ कार्यक्रम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभरहरूलाई पुरस्कृत गरेको छ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा कम्पनीले छनोट भएका ड्राइभरहरूलाई सम्मान स्वरूप १ थान कार, १ थान मोटरसाइकल  र ५ थान स्मार्टफोन वितरण गरिएको हो।

जति धेरै राइड, उति धेरै जित्ने सम्भावना’ मापदण्ड अनुसार उनीहरूले पुरस्कार जितेको बताइएको छ । कम्पनीका क्षेत्रीय निर्देशक मार्क टलीको उपस्थितिमा ‘प्लाटिनियम ड्राइभर- गिभअवे’ उपहार प्रदान गरिएको हो।

निर्देशक मार्क टलीले ‘टाटा एक्सप्रेस-टी इभी का’ विजेता शुभराज सुनारलाई पुरस्कार प्रदान गरे । उनी रामेछाप उमाकुण्ड गाउँपालिका वडा ४ का स्थायी बासिन्दा हुन् ।

त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका वडा २ का जीत थापाले टीभीएस राइडर मोटरसाइकल प्राप्त गरे भने गुट्टु पोखरेल, समीर वैध, सन्नी बिस्ट, राजेन्द्र कुमार र धमिराम चौधरीलगायत पाँच जना प्रत्येकले स्मार्टफोन प्राप्त गरें।

पुरस्कार हस्तान्तरण कार्यक्रममा मन्तब्यकोक्रममा निर्देशक मार्क टलीले भने, “नेपालमा ड्राइभरहरूको साथ नहुँने हो भने यो सम्भव हुने थिएन।”

“यो सफलताका लागि उहाँहरूको योगदान बढी छ,” उनले भने,”इनड्राइभले दक्षिण एसियामा आफ्नो सेवा विस्तारसँगै ड्राइभरहरूप्रति कृतज्ञता प्रकट गर्न ‘गिभ अवे’ अभियान सञ्चालन गरेको हौ।”

कम्पनीका निर्देशक रीता पोखरेलले सामाजिक जिम्मेवारी बहन तथा ड्राइभरहरूको हौसला प्रदान गर्न इनड्राइभलेकोसिस गरेको बताइन्।”

उनले भनिन्,”यसले प्रयोगकर्ताहरूले ‘राइड शेयरिङ एप’ छनोट गर्दा यस्ता पक्षमा विचार गर्नेछ।”

विजयी शुभराज सुनार र जीत थापा द्वयले पुरस्कार प्राप्त गरिसकेपछि खुसी व्यक्त गरें ।

यस अभियानले ड्राइभरहरूलाई प्रेरणा प्रदान गर्नुका साथै इनड्राइभलाई राइड सेयरिङ सेवामा अझ बलियो बनाउने विश्वास गरिएको छ।

यो अभियान२३ जुन देखि १३ जुलाईसम्म सञ्चालन गरिएको थियो ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×